नेफ्स्कून के हो ? सुदूरपश्चिममा यसको अवस्था के छ ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून के हो ? सुदूरपश्चिममा यसको अवस्था के छ ?

धनगढीः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक सदस्य एवम् सुदूरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गर्नुभएको कुराकानीको सम्पादित अंशः 

के हो नेफ्स्कून ?

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको छोटकरी नाम हो नेफ्स्कून ।  नेफ्स्कून देशभरीका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । म सहकारी क्षेत्रमा कार्यरत थिए । त्यतिबेला सहकारीको क्षेत्रमा काम गर्ने एउटा संघ छ भन्ने जान्नमा आयो, जसले सहकारीका कर्मचारीहरुलाई तालिम दिने, प्रविधिक रुपमा पनि स्तरीकरण गराउने आदि कुरामा क्रियाशिल रहेको भन्ने थाहा पाएँ । आफूले पनि प्रत्यक्ष रुपमा सहकारी क्षेत्रमा योगदान गर्नको लागि नेफ्स्कूनमार्फत सकिन्छ भन्ने लाग्यो र म संघमा आवद्ध भएँ । सञ्चालकको नाताले भन्ने हो भने यो मेरो दोस्रो कार्यकाल हो । तीन वर्षको कार्यकाल पूरा गरेर अहिले दोस्रो पटकको लागि ४ वर्षीय कार्यकालका लागि सञ्चालक समितिमा छु । यो कार्यकालको  दुई वर्ष बाँकी छ ।

नेफ्स्कून सुदूरपश्चिमको अवस्था के छ ?

नेफ्स्कूनमा सुदूरपश्चिमका सबै सहकारी संस्थाहरु आवद्ध भइसकेका भने छैनन् । प्रदेश भरिमा लगभग ८ सय जति बचत तथा ऋण सहकारी संस्थाहरू छन् । विभिन्न जिल्लामा दर्ता भएका ती संस्थाहरु कतिपय त सक्रिय छैनन् तर पनि लगभग साढे ४ सय जति संस्थाहरु सक्रिय रहेको देख्न सकिन्छ । यसरी ती मध्ये नेफ्स्कूनमा १७६ संस्था र  संघहरु आवद्ध छन् ।  आवद्धता र सक्रियतालाई आधार बनाउने हो भने हामी प्रदेशभरी ५० प्रतिशत भन्दा बढी नै छौं । कञ्चनपुर र डडेल्धुरामा फिल्ड कार्यालय र धनगढीमा एउटा सेवा कार्यालय गरी नेफ्स्कूनका प्रदेश भरि जम्मा ३ वटा कार्यकालहरु छन् ।

सबै संस्थाहरू नेफ्स्कूनमा आवद्ध हुन नसक्नुको कारण के हो ?

आवद्ध नरहेका संस्थाहरू आवद्ध हुन् नचाहेर आवद्ध नभएका होइनन् । नेफ्स्कूनको स्थापना वि.सं. २०४५ सालतिर भएको भए पनि दर्ता भने २०५० सालमा भएको थियो । सुदूरपश्चिमको हकमा भने लगभग ५ वर्ष जति मात्रै भयो संघ सक्रिय रुपले लागेको । 

पछिल्लो ५ वर्षमा पनि संस्थाहरु आवद्ध हुन न खोजेका होइनन् तर नेफ्स्कूनको नियम छ कि नेफ्स्कूनले कम्तीमा पनि १२५ सदस्यहरु नभएको संस्थालाई आवद्धता नै दिदैन । फेरि आफ्नो ठाउँमा सक्रिय नरहेको संस्थालाई नेफ्स्कूनमा आवद्ध नगराउने भन्ने संघको नियमावलीमै छ । त्यसैले विभिन्न संस्थाहरू नेफ्स्कूनमा आवद्ध हुन सकिरहेका छैनन् । 

स्रोतः 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप