तनहुँमा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तनहुँमा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

तनहुँ । नेफ्स्कूनको आयोजनामा आज तनहुँको दुलेगौँडामा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । एक दिवसीय कार्यक्रममा १९ वटा बचत तथा ऋण सहकारी संस्थाका २६ जनाको सहभागिता थियो । नेफ्स्कून सञ्चालक सदस्य कमला देवी गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले स्तरीकरण कार्यक्रमको परिचय, महत्व, नेफ्स्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रमहरु, त्यस्ता कार्यक्रमले संस्थाको वित्तीय सुशासन, विकास एवम् प्रवर्धनमा खेल्ने भूमिका बारे सहजीकरण गर्नुभएको थियो । नेफ्स्कून सञ्चालक गिरीले संघको स्तरीकरण कार्यक्रमले साकोसहरुलाई सुरक्षित, दिगो र सदस्यमैत्री बनाउने भन्दै सहभागी सबैलाई सहभागिताका लागि आग्रह गर्नुभयो ।

नेफ्स्कून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघको तनहुँ सेवा केन्द्र प्रमुख दिपक आचार्यले गर्नुभएको थियो । स्तरीकरण कार्यक्रमसम्बन्धी प्रस्तुति पछि सहभागीहरुले नेफ्स्कूनले ल्याउने गुणस्तर प्रमाणीकरणसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुने प्रतिबद्धता जनाएको संघको तनहुँ सेवा कार्यालय प्रमुख दिपक आचार्यले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप