‘प्रथम साकोस शिखर गोष्ठी सुनसरी–२०७८’ ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘प्रथम साकोस शिखर गोष्ठी सुनसरी–२०७८’ ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

काठमाडौं । बचत तथा ऋण सहकारी संघ लि.सुनसरीको आयोजनामा ‘प्रथम साकोस शिखर गोष्ठी सुनसरी–२०७८’ ११ बुँदे घोषणा पत्र जारी गर्दै हिजो धरानमा सम्पन्न भएको छ । सञ्चालकहरुको क्षमता अभिवृद्धि गरी समुदायमा आधारित तथा सदस्य केन्द्रीत सहकारी व्यवसाय सञ्चालन गर्दै सहकारीका मुल्य, मान्यता र सिद्धान्तमा आधारित बचत तथा ऋण सहकारीहरु सञ्चालनको प्रमुख प्रतिबद्धता घोषणापत्रमार्फत व्यक्त गरिएको छ । मंसिर १८ र १९ गते आयोजित दुई दिने गोष्ठीमा जिल्ला भरका २८७ बचत तथा ऋण सहकारी संस्था (साकोस) का ३ सय जनाको सहभागिता थियो ।

प्रदेश नं १ का प्रदेशसभा सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम तथा संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम आयोजना गरिएको थियो । 

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो भने अतिथिहरुमा महासंघ सञ्चालक डीबी बस्नेत तथा अमृता सुब्बा, नेफ्स्कून सञ्चालक घनश्याम अधिकारी, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं १ का रजिष्ट्रार बलराम निरौला लगायत रहनुभएको थियो ।

गोष्ठीका सहभागीहरुले आन्तरिक नियन्त्रण प्रणाली स्थापित गर्दै संस्थागत तथा वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसैगरी, यस्तै हाल देखापरेको वित्तीय संकटको अवस्थालाई केन्द्रमा राखेर सम्भावित संकटहरुको एकताबद्ध सामनाका लागि विपत व्यवस्थापन कोष स्थापनाका लागि सहमति जनाएका छन् ।

यस्तै, साकोसहरुलाई नीति, विधि र प्रविधिका आधारमा सञ्चालन गरी  गुणस्तरीयता कायम गर्दै स्तरीकरण कार्यक्रम तथा साकोसहरुको सुरक्षा कवच स्थिरीकरण कोषमा आबद्ध हुने, जिल्ला भरका सहकारीहरुको प्रवर्धन र विकासका लागि जिल्ला बचत संघ सुनसरीसँग हातेमालो गर्दै अघि बढ्ने, वित्तीय पहुँच कम भएका वर्ग, समुदाय र क्षेत्रमा सहकारीहरुको पहुँच विस्तार गरी उद्यमशिलता, स्वरोजगार र बचतमार्फत जीवनस्तर परिवर्तन गराउने, वित्तीय क्षेत्रमा भित्रिएका नवीन प्रविधि अवलम्बन गर्दै उच्चस्तरको विद्युतीय सेवा प्रवाह गर्ने लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा अटाएका छन् ।

गोष्ठीमा आधा दर्जन कार्यपत्र प्रस्तुत गरिनुका साथै तिनीहरु उपर टीप्पणी समेत गरिएको बचत संघ सुनसरीका लेखापाल खगेन्द्रप्रसाद अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । ‘नेपालमा साकोस अभियानः प्रवर्धन र विकास’ विषयमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको कार्यपत्रमाथि संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले टीप्पणी गर्नुभएको थियो ।

यस्तै, नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले ‘साकोसमा सञ्चालकहरुको भूमिका तथा उत्तरदायित्व’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि संघका पूर्व अध्यक्ष एवम् महासंघ सञ्चालक डीबी बस्नेतले टीप्पणी गर्नुभएको थियो भने ‘साकोसमा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा प्रदेश नं १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि महासंघ अध्यक्ष मिनराज कडेलले, ‘सहकारीमा कर्मचारी व्यवस्थापनः चुनौती र सम्भावना’ विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले, ‘स्थिरताका लागि वित्तीय व्यवस्थापन’ विषयमा नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेलले गरेको प्रस्तुतिमाथि आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्द राज आचार्यले र ‘कोष बाँडफाँड एवम् सदस्य केन्द्रीयता गणना’ विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद गुरागाईको कार्यपत्रमाथि महासंघका उपाध्यक्ष रमेश पोखरेलले टीप्पणी गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप