‘नविनतम सेवा शुभारम्भसँगै आस्थामा नयाँ समिति निर्वाचित’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नविनतम सेवा शुभारम्भसँगै आस्थामा नयाँ समिति निर्वाचित’

पोखरा । ‘आस्था स्मार्ट मोवाइल बैंकिङ सेवा’ शुभारम्भ गर्दै ११औं बार्षिक साधारणसभा सम्पन्न गरेको पोखरास्थित आस्था बचत तथा ऋण सहकारी संस्थाले आचार्यको अध्यक्षतामा नवनिर्वाचित सञ्चालक समिति समेत चयन गरेको छ । प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक सदस्य कमलादेवी गिरीले आस्था स्मार्ट मोवाइल बैंकिङ सेवाको शुभारम्भसहित मंसिर १८ गते साधारणसभाको उद्घाटन गर्नुभएको थियो । 

सभाले चार वर्षे कार्यकालका लागि कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बसन्तकुमार आचार्य, सचिवमा ज्ञानेश्वर सुवेदी, कोषाध्यक्षमा बद्रीराज गौतम र सञ्चालक सदस्यहरुमा युवराज आचार्य, प्रभा बास्तोला पौडेल, पुनम गुरुङ श्रेष्ठ, रमिला पौडेल सापकोटा र नरेन्द्रप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । त्यसैगरी भीमप्रसाद आचार्यको संयोजकत्वमा भेषराज आचार्य र मौषम तिमिल्सिना सदस्य रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । 

सभा उद्घाटनका अवसरमा प्रमुख अतिथि गिरीले नेपाली अर्थतन्त्रमा सहकारीको अहम् भूमिका भएको र आस्था साकोसले आफ्ना सदस्यहरुलाई मोवाइल बैंकिङ लगायतका प्रविधियुक्त सुविधा सहित कास्कीको सहकारी अभियानमा अग्रणी भुमिका निर्वाह गरेको बताउनुभएको थियो । त्यसैगरी जिल्ला सहकारी संघ लि. कास्कीका बरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले आस्था साकोसले छोटो समयमा फड्को मार्न सफल भएको बताउनुभएको थियो । त्यसैगरी कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले संस्थाको प्रगति लोभलाग्दो भएको र आस्था साकोसले सहकारी अभियानमा  नेतृत्व गर्न सक्ने लिडर समेत उत्पादन गरेको बताउनुभयो । 

कार्यक्रममा पोखरा महानगर सहकारी संघ लि. कास्कीका अध्यक्ष बलराम गौतमले आस्था साकोसमा बौद्धिक नेतृत्व र खारिएको व्यवस्थापन भएकै कारणले संस्थाले छोटो समयमा ठूलो फड्को मारेको बताउँदै आगामी कार्यकालका लागि पनि सक्षम नेतृत्व चयन हुनुपर्ने वताउनुभएको थियो ।  कार्यक्रममा पोखरा महानगर पालिका वडा नंं. १ का जनप्रतिनिधि प्रेमकुमारी थापा, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका अमृत श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

संस्थाले वार्षिक साधारण सभाको अवसरमा उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले आफ्ना पिता स्व. पुर्णाखर आचार्यको स्मृतिमा स्थापना गरेको आस्था सहकारिता पुरस्कारबाट गण्डकी प्रदेशको तर्फबाट नेफ्स्कूनमा प्रतिनिधित्व गर्ने उक्त संघकी सञ्चालक कमलादेवी गिरीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । सो अवसरमा सम्मानीत गिरिले यस किसिमका सहकारी अभियान्ताहरुको सम्मानले सहकारी क्षेत्रको उचाइ अझ बढ्ने विश्वास सहित आफ्नो जिम्मेवारी अझै थप भएको बताउनुभएको थियो । आस्था साकोसले २०७२ सालबाट सदस्यहरुद्वारा स्वेच्छिक रुपमा अक्षय कोषको स्थापना गरी संस्था र उक्त सदस्यको निर्णय बमोजिम विभिन्न पुरस्कारको गठन गरी सहकारी क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याएको हो । 

त्यसैगरी संस्थाका सञ्चालक बसन्त कुमार आचार्यले स्थापना गरेको संस्था प्रवर्धन तथा विकास पुरस्कारबाट संस्थाका स्थापनाकालिन सञ्चालक यशोदा अधिकारी पुरस्कृत हुनुभएको थियो भने सदस्य शिवप्रसाद पौडेलबाट स्थापित संस्था प्रवद्र्धन तथा विकास पुरस्कार २ बाट संस्था स्थापनाकालिन सञ्चालक स्व. बाबुराम बास्तोला पुरस्कृत हुनुभएको थियो । संस्थाले यस वर्षदेखि आस्था उद्यमशिलता पुरस्कारको गठन गरीे उक्त पुरस्कारबाट कृषि क्षेत्रमा लगानी गरी रोजगारी तथा स्वरोजगारी सृजना गरेको भन्दै सदस्य मोहन भण्डारीलाई पुरस्कृत गरेको थियो । त्यसैगरी, जेष्ठ सदस्यको रुपमा सदस्य बेलमति गुरुङ र उत्कृष्ठ कर्मचारीको रुपमा बजार सहायक अम्विका गौतम, वर्ष असल सदस्यको रुपमा मोहन प्रसाद पौडेल सम्मानित हुनुभएको थियो । संस्थाले आस्था प्रतिभा सम्मान अन्तर्गत ९ जना र विद्यालय तह उत्र्तीण सम्मान अन्तर्गत १५ जना, उत्कृष्ठ ऋण कारोवार गर्ने सदस्य २ जना र उत्कृष्ठ बचत कारोवार गर्ने ६ जना सदस्यलाई समेत सम्मान गरेको संस्थाका नवनिर्वाचित सचिव ज्ञानेश्वर सुवेदीले जानकारी गराउनुभयो । 

नवनिर्वाचित समितिलाई साकोस आवाजको तर्फबाट हार्दिक बधाई एवम शुभकामना ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१५ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१५ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप