हाम्रो चित्रवन साकोसको एकीकरणपछिको पहिलो साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको एकीकरणपछिको पहिलो साधारणसभा सम्पन्न

भरतपुर । चितवनको भरतपुर–११ स्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको पहिलो साधारण सभा तथा एकाइ प्रतिनिधि भेला वर्तमान सञ्चालक समितिलाई निरन्तरता दिदै हिजो सम्पन्न भएको  छ ।  कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले एकीकरण मार्फत सदस्यलाई अझ दीगो र सुरक्षित कारोवारका लागि अग्रसर बनाएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा दिन संस्था सफल हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । 

कार्यक्रममा बिशिष्ठ अतिथि चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थाका पुर्व अध्यक्ष भोला शिवाकोटी, बिष्णु प्रसाद अधिकारी, राजेन्द्रमणी काफ्ल,े जिल्ला बचत संघका सचिव तथा संस्थाका पूर्व अध्यक्ष रामराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थीक बर्ष २०७७।७८ को प्रगति र २०७८।७९को प्रस्ताबित नीति तथा कार्यक्रम, आ.व. २०७७।७८ को यथार्थ र २०७८।७९ को अनुमानित बजेट बिबरण र २०७७।७८को  लेखापरीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष नारायणप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो भने आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्यवदना हमालले प्रस्तुत गर्नुभएको थियो । गत मसिंर २९ गते दीपज्योति, हाम्रो माईति, भानुचोक, गौरवमय सेवा केन्द्रका एकाई भेला सम्पन्न भएको थियो । त्यसैगरी पौष १ गते चित्रवन सेवाकेन्द्रका साविक २९०० शेयर सदस्य सम्म, पटिहानी सेवा केन्द्रका सबै शेयर सदस्य र  पौष २ गते चित्रवन सेवा केन्द्रका २९०० भन्दा माथिका शेयर सदस्य तथा मोेडल सेवा केन्द्रका शेयर सदस्यहरुको उपस्थितिमा  सम्पन्न एकाई भेलामा साधारणसभाका बिषयसुचिहरु माथी छलफल गरी पारित गर्नुका साथै सो एकाई भेला बाट एकाइ प्रतिनिधि छनौट गरिएको थियो । छनौट भएका एकाइ प्रतिनिधिहरुको भेला पौष ७ गते बसी एकाइ भेलाबाट पारित निर्णयहरु सभाले अनुमोदन गरेको हो ।

भरतपुर ११ बाईपासरोडमा मुख्य कार्यालय रहेको सस्ंथाको दीपज्योति, चित्रवन, हाम्रो माईति ,अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेकाछन् । संस्थामा हाल १० हजार ४ सय ६६ शेयर सदस्य रहेको र कुल पँुजी १ अर्ब २० करोड  भन्दामाथि  रहेको छ । संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा एकीकरण भैआएका संस्थाका अध्यक्षहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप