नयाँपाटी साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न, गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँपाटी साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न, गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । गोकर्णेश्वर नपा २, नयाँपाटी स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गर्दै पौष ३ गते शनिवार सम्पन्न भएको छ । सभाले खनालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र बालकृष्ण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।  

समितिको उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ, सचिवमा चिरञ्जीवी सिंखडा, कोषाध्यक्षमा बसन्तकुमार पण्डित र सदस्यहरुमा राजेन्द्र भण्डारी, लक्ष्मी चालिसे, कल्पना श्रेष्ठ, गमान तामाङ्ग, जीवन श्रेष्ठ र लक्ष्मण कुईंकेल निर्वाचित हुनुभएको छ । त्यसैगरी बालकृष्ण श्रेष्ठको संयोजकत्वमा विष्णुहरि फुयाल र प्रतिमा लामा सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन भएको छ । 

सभामा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले २०५४ सालमा स्थापना भएको नयाँपाटी साकोसको हालसम्म आइपुग्दा ७ करोड रुपैया वितरण गर्नु नपर्ने रकम विभिन्न कोषमा जम्मा भएको जानकारी गराउनुभयो ।  सदस्यहरुको सामाजिक उन्नति, व्यक्तित्व विकास र पारिवारिक जीवनस्तर उकास्नका लागि संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले बचत ऋणका अलावा सदस्यहरुलाई कोभिड १९ को महामारी, दैवी प्रकोप, भुकम्प, दुर्घटना, मृत्यु जस्ता सबै अवस्थामा घरदैलोमा नै गएर सेवा प्रदान गर्दैै आएको छ भने  संस्थाले सेवालाई गुणस्तरीय र प्रविधिमैत्रि बनाउन, एटीएम मेसिन, स्मार्ट बैंकिङ, इ–पे मेसिन र स्मार्ट काउण्टर जस्ता थुप्रै सुविधा सञ्चलनमा ल्याइसकेको छ ।

त्यसैगरी संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, सदस्य शिक्षा, रक्तदान, कृषि तालिम जस्ता कार्यक्रम सञ्चलान गरी सदस्य र समुदायलाई लाभान्वित तुल्याउँदै आएको जानकारी सभामार्फत गराएको छ । 

संस्थाका सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष उत्तम खड्काले आ. व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असारमसान्तसम्म संस्थाको शेयरपुँजी ११ करोड ६७ लाख ६२ हजार, बचत संकलन ७४ करोड ४० लाख, ऋण लगानी ७६ करोड ८७ लाख गरी खुद नाफा २ करोड ८० लाख ११ हजार गर्न सफल भएको जानकारी गराउनुभयो । संस्थाले सदस्यहरुलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ भने असारमसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४ करोड १३ लाख पुर्याउन सफल भएको छ । 

संस्थाले यस आ.व.मा कार्यक्षेत्रभित्र सदस्यता वृद्धि गर्ने, कृषि तथा सहकारी उपसमितिमार्फत कृषि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने र उपयुक्त थप एटिएम मेशिन जडान गर्ने जनाएको छ । त्यसैगरी कृषि व्यवसायमा ८ प्रतिशत ब्याजदरमा २ करोड ५० लाख लगानी गर्ने, पर्यटन क्षेत्रमा ११ प्रतिशत ब्याजदरमा १ करोड ५० लाख, प्राविधिक शिक्षा अध्ययन गर्नेका लागि १० प्रतिशत ब्याजरदमा १ करोड, व्यापार व्यवसायमा १० प्रतिशत ब्याजदरमा १० करोड, डाक्टर, इन्जिनिय, वकिल, प्रधानाध्यापकहरु मध्ये १० जनालाई ९.५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म अटोलोन सुविधा दिने भएको छ । 

त्यसैगरी आर्थिक अवस्थाका कमजोर भएका शेयरसदस्यका छोराछोरीलाई ल्यापटपका लागि ७५ हजारसम्म र स्मार्ट मोबाइल खरिद गर्न २५ हजारसम्म ऋण दिने भएको छ । 

काठमाण्डौ जिल्लाभर कार्यक्षेत्र रहेको उक्त संस्थाले लघुवित्त समुहमार्फत समुदायमा पछाडि परेका महिलाहरुको आर्थिक तथा सामाजिक उत्थानमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप