ललितपुर जिल्ला बचत संघको २७ औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला बचत संघको २७ औं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको सभाका बिशिष्ट अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेती प्रारम्भिक संस्था, जिल्ला संघ र केन्द्रीय संघहरुले वाणिज्य बैंकहरुमा पैसा राख्दा सहकारी क्षेत्रमा तरलता समस्या भएको बताउनुभयो । सहकारीको पैसा सहकारी क्षेत्रमा नै भनेपनि पैसा निजी बैंकहरुमा जाँदा अहिलेको अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाई थियो । 

सहकारीमा ब्याजदर कम भएका कारण सदस्यको पैसा अन्यत्र नजाओस् भनेर सन्दर्भ ब्याजदर परिमार्जनका लागि आफुहरु लागिपरेको समेत उहाँले बताउनुभयो ।  पुस १५ गने सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी बैठक बस्ने र अभियानको भावनालाई सम्बोधन हुनेगरी ब्याजदर पुनरावलोकन हुने विश्वास उहाँले दिलाउनुभयो । 

कार्यक्रममा विशिष्ट अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि राष्टिय सहकारी महासंघले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै उहाँले त्यसका लागि अभियानकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो । अभियानभित्रका साथीहरुले सिङ्गो अभियानको हितका लागि सोच्नुपर्नेमा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले जोड दिनुभयो । 

कार्यक्रममा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनाले संस्थाहरुले सदस्यलाई सेवा र ब्याजदरमा विश्वास दिलाउनुका साथै सदस्य भेटघाट कार्यक्रम गरे हाल देखिएको तरलता समस्या  हल गर्न सकिने धारणा राख्नुभयो । 

कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बैंकहरुले सीमित समयका लागि १२ प्रतिशतसम्म ब्याज आव्हान गरिराखेको अवस्थामा सहकारीहरुले पनि त्यस्ता प्रडक्ट ल्याउन सके तरलता अभावलाई न्यून गर्न सकिने बताउनुभयो ।  नेफ्स्कून र  सहकारी बैंकले सीमित अवधिका लागि भएपनि विशेष बचत योजना ल्याएर सदस्यहरुको पैसा अभियानभित्र आउने वाताबरण बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 

संघका सल्लाहकार रामशरण घिमिरेले सहकारीभित्र रहेको पैसा यहिँ रहने बातावरण नबन्दासम्म तरलता समस्या झन् जटिल बन्ने बताउनुभयो । व्यापार घाटा चुलिएको, कृषि उपजमा परनिर्भरता बढेको र डिजेलपेट्रोलको आयात बढ्दा मुलुकको पैसा बाहिरिँदा समस्या आएको उहाँको भनाई थियो । 

सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईले स्थपनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवर्धन र संवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको जानकारी गराउनुभयो । आन्तरिक रुपमा संस्थागत विकास, सुशासन एवं क्षमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उहाँको धारणा थियो । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उहाँले दाबी गर्नुभयो । संघमा ५२६ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ६ करोड १९ लाख, बचत १ अर्ब ८० करोड र ऋण लगानी १ अर्ब १७ करोड गरी सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । 

संघले कोरोना महामारीका बेला सदस्य संस्थालाई सघाउन तरलता व्यवस्थापन कोष खडा गरेको र त्यस अवधिमा २३ वटा संस्थलाई सहयोग गरेको जनाएको छ । संघले आफ्नै घरजग्गा खरिद गर्ने, आवद्ध सबै संस्थाहरुमा अन्तरलगानी विस्तार गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने भएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसार सशुल्क र निःशुल्क तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित सहकारीलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका संस्थाहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ । 

सभामा कोषाध्यक्ष दिपक घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अशोक महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नपाबाट गणपति साकोस, महालक्ष्मी नपाबाट सहारा साकोस र ललितपुर महानगरपालिकाबाट अनमोल साकोस रहेका छन् । त्यसैगरी उत्कृष्ट सहकारी कारोबार गर्नेमा गौरव साकोस धापाखेल, समता साकोस नःटोल, आदिनाथ साकोस ग्वार्को, श्रीकृष्ण प्रणामी साकोस इमाडोल र अभियान साकोस गोदावरी रहेका छन् । सभामा सहकारी एकिकरणतर्फ मंगलदीप साकोस र हेलो नयन साकोसलाई पनि सम्मान गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप