नेफ्स्कून-सीएमसी कास्कीबीच समसामयिक विषयमा पोखरामा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-सीएमसी कास्कीबीच समसामयिक विषयमा पोखरामा अन्तरक्रिया

नेफ्स्कून र कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) कास्कीबीच आज पोखरामा सहकारी तथा साकोस अभियानका समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेफ्स्कून सञ्चालक कमलादेवी गिरीको बिशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममको अध्यक्षता सीएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव मोहन प्रसाद अधिकारीले गर्नुभएको थियो । क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल लगायत सीएमसी कास्कीको कार्यसमिति सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदीसँगै अन्य कर्मचारीहरु समेत सहभागी हुनुभएको थियो ।

नेफ्स्कून फिल्ड कार्यालयमा आयोजित अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले सीएमसी कास्कीका तर्फबाट अहिलेको सन्दर्भमा उठाइएका साकोस अभियानका विभिन्न सवालहरुलाई स्पष्ट पार्नुभएको थियो । नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका ढकालले तरलता चाप, सहकारीको सन्दर्भ ब्याजदर, स्थिरीकरण कोष, प्रविधिकरण, साकोस एकरुपता प्रणाली, स्तरीकरण कार्यक्रम लगायत समसामयिक विषयहरुमा नेफ्स्कूनको औपचारिक धारणासहित सीएमसी कास्की लगायत जिल्लाको साकोस अभियानबाट संघले गरेको अपेक्षा राख्नुभएको थियो । उहाँले सीएमसी कास्कीको अगुवाइमा क्षमता विकासका कार्यक्रमहरुमा नेफ्स्कूनको निरन्तर सहयोग रहने भन्दै साकोस अभियानको विकासमा क्लबको महत्वपूर्ण भूमिका रहने भन्दै थप सहकार्यको आवश्यकता औंल्याउनुभएको थियो । सो अवसरमा सीएमसी कास्कीकातर्फबाट पनि नेफ्स्कूनसँग सहकार्य आगामी दिनमा थप मजबूत हुँदै जानेमा आश्वस्त तुल्याइएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप