रामेछाप जिल्ला बचत संघको १४ औं साधारण सभा सम्पन्न, अरु २ कार्यक्रम पनि आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्ला बचत संघको १४ औं साधारण सभा सम्पन्न, अरु २ कार्यक्रम पनि आयोजना

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १४ औं बार्षिक साधारण सभा बिहिबार मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य डि.बि. बस्नेतले छरिएर रहेका सहकारी संस्थाहरुको समग्र विकासका लागि अहिले एकिकरणको आवश्यकता भएको बताउनुभयो । सहकारी संस्थाहरुले नेपालको आर्थिक विकासमा ठुलो योगदान गरेको बताउँदै बस्नेतले अब सहकारी संस्थाहरुको ध्यान उत्पादन क्षेत्रमा बढी केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले सहकारी संस्थाहरु सरकारको घेरा भित्र नआउँदा अनुगमन तथा नियमनका लागि समस्या भएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेलले तिन खम्बे अर्थनिति मध्येको एउटा खम्बाका रुपमा रहेको सहकारी संस्थाको विकासका लागि सरकारको ध्यान जान नसकेको गुनासो गनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, रामेछाप जिल्ला  वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष गोविन्द प्रसाद घिमिरे लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका महासचिव नविन के.सी. द्धारा प्रस्तुत कार्यक्रम प्रतिवेदन तथा कोषाध्यक्ष पार्वति पाठकद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।  उक्त साधारण सभामा तिन फरक क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ वटा  सहकारी संस्थालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने सहकारी संस्थाहरुमा मन्थली बचत तथा ऋण सहकारी संस्था, नवजागरण वचत तथा ऋण सहकारी संस्था र सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । 

यसैगरी बिहिबार  नै नेफस्कुन फिल्ड कार्यालय, दोलखाको आयोजनामा “साकोससँग नेफस्कून सेवा तथा सञ्जाल समन्वय ” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहजीकरण संघका दोलखा फिल्ड इन्चार्ज राजेश खड्काले गर्नुभएको थियो । उक्त कार्यक्रममा रामेछाप स्थित ४० साकोसका ५० भन्दा बढीको सहभागिता थियो । 

यसैगरी राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी एकिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महासंघका संचालक सदस्य डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल र नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे लगायतका बक्ताहरुले सहकारी संस्था एकिकरणका विषयमा आ आफ्नो धारणा राख्नु भएको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण राष्टिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नु भएको थियो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले गर्नुभएको हो । 
    
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप