मार्खुका महिलाहरुलाई सहकारीमा जोड्दै सृजना महिला साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मार्खुका महिलाहरुलाई सहकारीमा जोड्दै सृजना महिला साकोस

मकवानपुरको मार्खुस्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.२२ वर्षमा यात्रारत छ । २०५६ भदौ ४ गते बहुउद्देश्यीयका रुपमा स्थापना भएको साकोस २०६१ सालदेखि बचत ऋण सहकारीमा परिणत भएको हो । २५ जना सदस्यको २५ सय सेयर पुँजीबाट सुरु भएको संस्थाले हाल ८ करोड ५१ लाखको कारोबार गरिरहेको छ । 

इन्द्रसरोवर गाउँपालिका साविकको मार्खु गाविस कार्यक्षेत्र रहेको साकोसमा हाल १०३७ सदस्य छन् । बाल बचतकर्ता ३ सय ७१ जना छन् । कुल बचत ६ करोड ५१ लाख बचत रहेको छ भने ऋण लगानी ६ करोड १० लाख छ । त्यस्तै, सेयर पुँजी ७६ लाख छ र संस्थागत पुँजी ८५ लाख छ । साकोसमा ११ वटा बचत र १० ऋणका सेवाहरु छन् भने कर्मचारी संख्या ४ छ । सानो कार्यक्षेत्र भित्र त्यसमा पनि महिलाहरु मात्र सदस्य रहेको संस्थाको संस्थागत पुँजी बलियो भएको भन्दै संयोगबश पुस २० गते त्यहाँ पुग्नुभएका नेफ्स्कूनका प्रशासन तथा सामान्य सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले प्रसन्नता व्यक्त गर्नुभयो । 

प्लान इन्टरनेशनलको सहयोगमा सहमति र फरवार्ड संस्थाले स्थानीय महिला समूह गठन, समूहको आवश्यकता र प्रक्रियाबारे जानकारी, बचत संकलन, ऋण लगानी, ऋण असुली आदि विविध विषयमा सहयोग गरी संस्थाको आधारशिला निर्माणमा भूमिका खेलेको इतिहास अध्यक्ष विमला श्रेष्ठ अध्यक्ष स्मरण गर्नुहुन्छ ।  विगतमा सहकारीले डिभिजन सहकारी कार्यालयको १ लाख रुपैयाँको ससर्त अनुदान सहयोगमा सुपथ मुल्य पसल पनि सञ्चालन गरेको थियो ।

स्थानीय परिवेश अनुसार बढी ऋण कृषि क्षेत्रमा प्रवाह गरेको अध्यक्षले सुनाउनुभयो । हाल संस्थाले १५ लाख रुपैयाँसम्म धितो सुरक्षणमा र सामुहिक जमानीमा २ लाखसम्म लगानी गर्दै आएको छ । व्यापारको सीमितता भएपनि होटल व्यवसायमा थोरै र अधिकांश कृषि क्षेत्रमा ऋण लगानी भएको अवस्था छ । 

भाखा नाघेको ऋण र तरलता चुनौती
कोभिडका कारण संस्थाको वर्तमान चुनौती भाखा नाघेको ऋण भएको व्यवस्थापक सुनीता कार्कीले जानकारी गराउनुभयो । उहाँ संस्थामा करिब १२ वर्षदेखि कार्यरत हुनुहुन्छ । त्यसबाहेक केही समयअघि सम्म साकोसमा तरलता पनि बढी थियो । तर गत महिनाबाट ऋण लगानी हुन थालेकोले उक्त समस्या भने समाधान उन्मुख भएको व्यवस्थापक कार्कीले बताउनुभयो । लकडाउन अघि वित्तीय साक्षरता, पाठेघर शिविर, बाटो, मन्दिर सरसफाई, नारी दिवस, आदि कार्यक्रमहरु सञ्चालन गरेपनि त्यसयता सामाजिक उत्तरदायित्वका काम गर्न नसकिएको अध्यक्षले बताउनुभयो ।

नेफ्स्कूनका विभागीय प्रमुख तिमिल्सिनाले भाखा नाघेको ऋणबाट आत्तिहाल्नुपर्ने स्थिति नभएको बताउनुभयो । भाखा नाघेको ऋण सकेसम्म नभएको राम्रो भएपनि कोभिडका कारणले उब्जिएको उक्त समस्या हाल घट्दो क्रममा रहेको भए त्यसलाई सकारात्मक रुपमै लिनुपर्ने बताउनुभयो । ‘घट्दो ट्रेन्ड हुनुपर्यो, त्यसो भएमा आत्तिनुपर्दैन’ उहाँले भन्नुभयो । त्यसैगरी, उहाँले ऋण उपसमितिको बैठक निरन्तर बस्न र उसमितिको सिफारिशमा मात्र ऋण लगानी गर्ने नीतिगत वातावरण मिलाउन पनि सुझाउनुभयो । साकोसमा हाल ५३४ ऋणी सदस्य सदस्य छन् ।

प्रोबेसनले धेरै सिकायो
सृजना महिला साकोस २०७५ सालबाट नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको हो । प्रोबेसनले धेरै कुरा सिकाएको व्यवस्थापक बताउनुहुन्छ । ‘प्रोबेसन अघि हामीसँग जम्मा ३ वटा नीति थियो, अहिले २१ वटा नीति, ९ वटा कार्यविधि बनाएका छौं । यो सबै प्रोबेसन कार्यक्रमको देन हो । सदस्य शिक्षा शिविर सञ्चालन गर्ने, कार्यालय व्यवस्थापन गर्ने, कार्यालयको व्यवस्थापकीय संरचना बलियो बनाउँदै लाने आदि काममा प्रोबेसनले सहयोग गरेको हो ।’ प्रोबेसन कार्यक्रम हाल नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदूर खड्काले हेरिरहनुभएको छ । २ वर्ष अघि निर्वाचित वर्तमान संञ्चालक समितिले संस्थागत विकास तालिम लिइसकेको छ । सञ्चालक समितिका ३ जनालाई भने तालिमको आवश्यकता भएको व्यवस्थापकले जानकारी गराउनुभएको थियो । नेफ्स्कूनका विभागीय प्रमुख तिमिल्सिनाले संस्थागत विकास तालिम नलिएका ३ जनालाई समेत हुने गरी २ दिने बोर्ड अभिमुखीकरण तालिम आयोजना गर्न सुझाव दिनुभयो । त्यस्तै, उहाँले विनियम पुनर्लेखन गर्न पनि सुझाव दिनुभयो । संस्थाले जिल्ला संघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक लगायतको छहारी प्राप्त गरेको छ ।

संस्थाकी अध्यक्ष श्रेष्ठले महिला हिंसा विरुद्ध सचेतना अभियान सञ्चालन गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको भन्दै स्थानीय तहसँग पनि समन्वयमा कार्यक्रमहरु आयोजना गरिएको र भविष्यमा पनि त्यस किसिमको पहल गरिने सुनाउनुभयो । साकोसले विद्युत प्राधिकरणको जग्गामा भवन बनाएको छ । २०६१ मा पहिलो तल्ला र केही बर्ष पछि माथिल्लो तल्ला थपेको संस्थाले एउटा कोठा भाडामा लगाएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप