जोरपाटीस्थित सक्षम सञ्जाल साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोरपाटीस्थित सक्षम सञ्जाल साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

काठमाडौं । गोकर्णेश्वर-८, अत्तरखेल, जोरपाटीस्थित सक्षम सञ्जाल बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ । आज उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा प्रोबेसन कार्यक्रम सम्झौता भएको हो । नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण मिलन श्रेष्ठ, संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने, संस्थाका अध्यक्ष नवराज पौड्याल, प्रमुख कार्यकारी अधिकृत राजकुमार कार्की लगायत सहभागी कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

संस्थालाई वित्तीय रुपमा सुरक्षित, सवल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्वन्धी कार्यक्रम प्रोबेसनमा सहभागी भएको साकोसले जनाएको छ । सहकारी ऐन २०४८ बमोजिम २०६५ साल माघ २७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६६ साल बैशाख २७ गतेदेखि कार्यालय स्थापना गरी सञ्चालनरत सक्षम सञ्जाल साकोसको गोकर्णेश्वर नगरपालिकाका सबै वडा तथा बुढानिलकण्ठ नगरपालिकाको कपन कार्यक्षेत्र रहेको छ । साकोसमा हाल १३ सय बढी सदस्य छन् भने कुल कारोबार ४४ करोड बढीको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप