बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण  

काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर ८ मुख्य कार्यालय रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. र कटहरी गाउँपालिका वडा नम्बर २ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था लि. बीच एकीकरण भएको छ । दुई भिन्न प्रकृतिका सहकारीहरुबीच यही माघ ९ गते एकीकरण कार्य सम्पन्न भई प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीबाट संस्था एकीकरण प्रमाणपत्र समेत प्राप्त भएको छ ।

एकीकरण पश्चात् संस्थाको नाम ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर-८ हाटखोला कायम भएको छ भने अध्यक्ष धर्म लाल सिंह कोइरी र अनिरुद्र प्रसाद राजबंशी सहित २० जनाको सञ्चालक समिति कायम भएको छ । कानुनतः ९० दिनभित्र एकीकृत साधारणसभा आयोना गरी नयाँ सञ्चालक समिति गठन गरिने तयारीमा संस्था जुटेको व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी गराउनुभयो । विगतमा पनि ईश्वर साकोस र सपोर्ट नेपाल बचत तथा ऋण सहकारी संस्था लि. कटहरी ४ बीच एकीकरण भएको थियो । ईश्वर साकोसले सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौंबाट २०७६ साल फागुन २२ गते एकीकरणको स्वीकृति प्राप्त गरेको थियो ।

पछिल्लो एकीकरणसँगै अब ईश्वर साकोसको कुल सम्पत्ति १० करोड २८ लाख रुपैयाँ र सदस्य संख्या साढे १२ सय पुगेको व्यवस्थापक घिमिरेले साकोस आवाजलाई बताउनुभयो । एकीकृत कारोबार सुरु भैसकेको बताउँदै उहाँले अब सदस्यहरुको कृषि उपज उत्पादनको बजारीकरणका लागि साकोसले काम गर्ने बताउनुभयो । साकोसको कार्यक्षेत्र विराटनगर महानगरपालिकासँगै कटहरी, जहदा र ग्रामथान गरी ३ वटा गाउँपालिका पुगेको छ भने हाल २ सेवा केन्द्र सञ्चालनमा छ । ईश्वर साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध छ । २०७८ साल कार्तिक २६ गते सम्पन्न दुबै संस्थाका सञ्चालक तथा लेखा समिति, उपसमिति, सक्रिय सदस्यहरुको भेलाले एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप