टुगा आस्था विकास साकोसको अर्धवार्षिक समिक्षा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकास साकोसको अर्धवार्षिक समिक्षा सम्पन्न 

रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१ रुपन्देहीले आ.व.२०७८/०७९ को अर्धवार्षिक समिक्षा तथा आवधिक योजना (२०७७/२०७९) को पाँचौ समिक्षा बैठक संस्थाका अध्यक्ष डी.बी.थापाको अध्यक्षतामा, तिलोत्तमा नगरपालिका वडा न. १ वडाध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यतामा कोटिहवामा सम्पन्न भएको छ ।

सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति र व्यवस्थापनको सहभागितामा सम्पन्न कार्यक्रममा ६७ करोड बराबरको वासलात, समग्र वित्तीय विश्लेक्षण साथै मौजुदा कोभिड तेस्रो भेरियन्टको कारण स्मार्ट लकडाउनको अवस्थामा सहकारी संस्थाको व्यावसायिक विश्लेक्षण समेत गरिएको थियो । आवधिक त्रिबर्षीय रणनीति योजनाको उत्तरार्धमा रहेकोले हासिल प्रगति र बाँकी लक्ष्यप्राप्तिको बारेमा समेत समिक्षा गरिएको थियो ।

संस्थालाई नीति, बिधि र प्रबिधिले सञ्चालन गर्दा सदस्य सेवा सहजतामा केही अवरोध स्वभाविक रहेपनि दिगो, सुलभ र सिघ्र सदस्यसेवा तर्फ ध्यान दिँदै वर्तमान अवस्थामा वित्तीय बजारमा वित्तीय तरलताको अपठ्यारोपनको कारण ऋण फिर्ती गतिमा पारेको प्रभाव बारे समिक्षा गरिएको थियो । 
 
प्रमुख अतिथि गुरुङले टुगा सहकारी एकीकरण भए पछी अझै सशक्त रुपमा आफ्नो क्रियाकलाप अगाडि बढाउन सफल भएको, आफ्नो कार्यक्षेत्रमा सहकारी अभियानलाई अगाडि बढाएको देख्न सुन्न पाएकोमा आफुलाई खुसी लागेको बताउदै आगामी दिनहरुमा अझै प्रगतिउन्मुख बनुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । 

६२ जना सहभागी रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोला, कार्यक्रम सञ्चालन सचिव जित बहादुर रास्कोटी र समिक्षागत सामग्री प्रस्तुति मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाको रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप