सदस्यको सुख दुःखमा सूदुरपश्चिमको सृजना साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको सुख दुःखमा सूदुरपश्चिमको सृजना साकोस 

नेपालको सुदूर पश्चिमको कञ्चनपुरमा अवस्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि.समुदायमा आधारित भई सदस्यमुखी सेवा प्रभावमा प्रयासरत छ ।  

लामो इतिहास बोकेको सृजना बचत तथा ऋण सहकारी संस्था लि. २०५८ असोज २३ गते स्थानीय २७ जना सेयर सदस्यहरुबाट २७ सय पुँजी संकलन गर्दै विधिवत दर्ता भएको थियो ।  

रुखको छाँयामुनी बसेर स्थानीय २७ जनाको समुहले सहकारी संस्था दर्ता गर्ने विषयमा गरिएको छलफल र बचत संकलनको प्रयास गर्दा सदस्य हुन आवश्यक प्रति सेयर रु.१०० संकलन गर्न सुरुमा निकै समस्या भएको संस्थाका संस्थापक अध्यक्ष दमन बहादुर सिंह स्मरण गर्नुहुन्छ । अध्यक्ष सिंह स्थापनाकालदेखि निरन्तर संस्थाको नेतृत्व गर्दै आउनुभएको छ ।

तत्कालिन समूदायमा गठन भएका समूहहरुलाई एकिकृत गरि आर्थिक कारोवार व्यवस्थित, पारदर्शि वनाउने र साहुहरुको चर्को व्याजवाट स्थानीयहरुलाई उन्मुक्त गराई बचत गर्ने वानीको विकास गदै समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको थियो । बचत गर्ने, ऋण लगानी गर्ने, सदस्यका आवश्यक माग अनुसार सामाजिक आर्थिक गतिविधि सञ्चालन गर्ने मुल उद्देश्य संस्थाले अगाडि सारेको थियो । 

स्थापनाकाल (आ.व. २०५८ ०५९) मा ८७ जना सेयर सदस्य मार्फत ४८ हजार ५ सय सेयर पुँजी, ५५ हजार ३ सय ३८ बचत संकलन र करिब १ लाख ऋण लगानी गर्न सफल भएको थियो । 
सहकारीले स्थापनाको पहिलो बर्ष नै १२ सय ३३ रुपैंया मुनाफा समेत आर्जन गरेको इतिहास संस्थाका अध्यक्ष दमन बहादुर सिंहले सुनाउनुभयो । संस्था स्थापनाको २१ बर्षको अनवरत यात्रामा साना ठूला वित्तीय उतारचडावहरु आइरहे । करिब दुई दशक पुरा गर्दा संस्थामा हाल ३ हजार ८ सय ६९ सेयर सदस्य मार्फत १ करोड ८० लाख सेयर पुँजी, ९ करोड १५ लाख बचत संकलन, १ करोड १६ लाख ऋण लगानी गरी करिब ४४ लाख मुनाफा आर्जन गर्न सफल भएको संस्थाका व्यवस्थापक नयनसिंह ठगुन्नाले जानकारी गराउनुभयो । 

सहकारीका सेवाहरु 

सहकारीले घरदैलो वचत कार्यक्रम मार्फत आफ्ना विभिन्न सेवाहरुमा बचत संकलनको काम गरिरहेको छ भने सेवामा ४ प्रतिशतदेखि १२ प्रतिशत सम्म व्याजदर कायम गरेको छ । वार्षिक ८ देखि १४ दशमलब ५ प्रतिशत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको छ भने अधिकतम ऋण सीमा १२ लाख कायम गरेको छ । त्यसैगरी संस्थाले पशुहरुमा निशुल्क महामारी विरुद्ध भ्याक्सिन सेवा, अति आकस्मिक कर्जा रु.१ लाख सम्म २४सै घण्टा सेवा उपलब्ध गराएको छ । पशुधन सुरक्षण (निशुल्क पशु विमा ) कार्यक्रम लागु गरेको छ भने सदस्यहरुको उत्पादन बजारीकरणका लागि सहजीकरण गर्दै घरदैलो दुग्ध संकलन तथा विक्री वितरणको कार्यमा समेत सघाउ पु¥याउँदै आएको छ । त्यसै गरी कृषि उद्यम गर्ने सदस्यहरुका लागि निशुल्क घासको विउ वितरण, सदस्य राहत सहयोग कार्यक्रम अन्तर्गत सदस्यहरुमा परेको दुःख सुखमा सद्भावपूर्ण सहयोग प्रदान गर्दै आइरहेको छ । त्यसैगरी वित्तीय सेवामा प्रविधि प्रयोगलाई बढावा दिन निशुल्क मोवाईल बैकिङ सेवा सञ्चालन गरिरहेको छ । 

११ जनाको सञ्चालक समितिले संस्थामा आवश्यक नीति, कार्यविधिहरु, साधन स्रोतका व्यवस्थाका साथै कर्मचारीहरुको हौसला वढाउने र काममा प्रेरित गर्न उपयुक्त मूल्यांकन गरी असल सम्बन्ध कायम रहेको छ । व्यवस्थापक नयनसिंह ठगुन्नाले भन्नुभयो, “असल सम्बन्ध कायम नहँुदा संस्थाको विकासमा र सदस्य सेवाग्राहीहरुको मानसिकता नकारात्मक असर गरि संस्था दिगो हुन नसक्ने अवस्था आउन सक्छ । सो प्रति व्यवस्थापन र संचालक सचेत रही सोही अनुसार तालमेल मिलाई कार्य योजना अगाडी बढाइएको छ ।”

सदस्य सशक्तिकरणका कार्यक्रमहरु 

साकोसले सदस्य नै संस्थाका मालिक भएकोले संकलित पुँजी परिचालनका लागि सदस्य सशक्तिकरण आवश्यक भएको भन्दै विभिन्न कार्यक्रमहरु ल्याएको छ । जस्तैः 

  • सदस्यहरुलाई प्राविधिक पक्षको जानकारी सहित व्यवसाय सञ्चालनका लागि सहज ऋण लगानी गर्ने, 
  • ८ प्रतिशत व्याजदरमा राहत कर्जा लगानी
  • घरदैलो बचतवाट शेयरधनी र वाल वचतकर्ताको घरायसी खर्च कटौति गरि बचत गर्ने वानीको सुधार
  • सहयोगी निकायवाट सहयोग जुटाई दुग्ध उत्पादन वोनश वितरण तथा प्रोत्साहन 
  • सदस्यलाई युवा स्वरोजगार कर्जा मार्फत स्वरोजगारी सृजना
  • सदस्यको मृत्युमा, सुत्केरी हुंदा र विपदमा राहत सहयोग भुक्तानी 
  • कोरोना महामारीमा ऋणको व्याजमा २५ प्रतिशत सम्म छुट सुविधा उपलब्ध गराइएको । 
  • साकोसले सञ्चालक एमव् कर्मचारीहरुको क्षमता विकासका लागि तालिम आयोजना तथा सहभागिता, योजनाहरु निर्माण तथा गोष्ठीमा सहभागिताको व्यवस्था र वजेट विनियोजन गरि क्षमता विकासमा जोड दिएको छ । 

सृजना साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध छ । स्तरीकरण आबद्धता कार्यक्रमले साकोसमा सिकाई आदान प्रदान, नीति नियमको परिपालना र सुशासनमा सहयोग पुगेको छ ।  

सहकारीको वित्तीय पक्षमा गरिने सूक्ष्म अनुगमनको कार्यले संस्थालाई सुशासित र सबल बनाउने अपेक्षा गरिएको साकोस आवाजसँगको कुराकानीका क्रममा व्यवस्थापक ठगुन्नाले जानकारी गराउनुभयो । 

सहकारी सेवाका चुनौतीहरु

अनुगमन तथा निरीक्षण गर्ने निकायको सक्रियता नरहेकाले ऐन कानुन परिपालनाको अवस्था कमजोर रहेको छ ।
कानुनी मान्यताको कमि, प्राविधिक तथा उच्च तहको कार्यदक्षता वृद्धि हुने अवसरहरुको कमी रहेकाले भाविष्यमा समय सापेक्ष सेवा दिन नसक्ने अवस्थामा सहकारी क्षेत्र कमजोर रहेको छ ।

साकोससँग सदस्यको अपेक्षा

सदस्यको अपेक्षा अन्य वित्तिय संस्थाको जस्तै घरमै आएर सेवा दिनु पर्छ, विना धितो धेरै ऋण जतिवेला पनि पाउनु पर्छ, काउन्टर सेवा छिटो छरितो दिनुपर्छ भन्ने अपेक्षा रहेको छ । वास्तवमा सहकारीले प्रतिस्पर्धामा आउनका लागि सोही प्रकृतिको सेवा सुविधा दिन दैनिक बचत, ववि वचत ऋण आदि कार्यक्रम संचालनमा ल्याएको छ भने टोल टोलमा पुगेर मासिक रुपमा बचत लिने सेवाका लागि मानव संसाधन व्यवस्थापन तथा सुधार गर्ने प्रक्रियामा क्रियाशिल छ ।

रणनीतिक योजना 

आवश्यक कार्यक्षेत्र विस्तार, 
सबै कार्यालयवाट ए.टी.एम.सहितको प्रविधिमैत्रि सेवा प्रवाह, 
दोधारा चांदनी नगरपालिकामा एक घर एक सदस्य अभियान सञ्चालन,
प्रोबेसन तथा अन्य गुणस्तर सुधारका कार्यक्रममा सहभागी भई सुशासन कायम गर्ने र 
चुस्त दुरुस्त सदस्य सेवा पहुँच विस्तार गर्ने योजना अगाडि सारेको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप