सहकारी क्षेत्रमा आवश्यक उच्च शिक्षा हासिल गरेका जनशक्ति पहिचान गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रमा आवश्यक उच्च शिक्षा हासिल गरेका जनशक्ति पहिचान गरिने

काठमाडौं । सहकारी क्षेत्रमा आवश्यक उच्चशिक्षा हासिल गरेको जनशक्ति पहिचानको लागि सर्वेक्षण गरिने भएको छ । सहकारी क्षेत्रमा उच्चशिक्षा हासिल गरेको जनशक्ति ठूलो संख्यामा आवश्यक रहेको निष्कर्षसहित त्यस विषयमा प्रारम्भिक सहकारी तहमा सर्वेक्षण गरिन लागेको हो । 

देशभरका बचत ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कून र पोखरा विश्वविद्यालयको अग्रसरतमा सहकारी क्षेत्रका लागि अत्यावश्यकीय कामहरुको सुरुवात हुन लागेको हो । त्यसका लागि नेफ्स्कून र पोखरा विश्वविद्यालयबीच समन्वय एवम् सामुहिक निर्णयमा सहजीकरण गर्न दुबै पक्ष सम्मिलित नेफ्स्कून–पोखरा विश्वविद्यालय समन्वय कार्यदल गठन गरिने सहमति भएको छ । उक्त कार्यदलमार्फत सर्वेक्षण पश्चात खोज अनुसन्धान र पाठ्यक्रम विकास लगायतका कार्य तत्काल प्रारम्भ गर्ने, सहकारी सम्बन्धी पाठ्यक्रम विकासका क्रममा सहकारी क्षेत्रका सरोकारवालाहरुको पृष्ठपोषणलाई प्राथमिकता दिने लगायतका काम गरिने विषयमा द्धिपक्षीय सहमति भएको छ ।

हिजो नेफ्स्कूनमा आयोजित कार्यक्रममा सहकारी क्षेत्रमा जनशक्ति आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रमका क्रममा उक्त सहमति भएको हो । कार्यक्रमले विश्वविद्यालय मार्फत उत्पादित जनशक्ति नेफ्स्कून मानव स्रोत बैंक (Human Resource Bank) मार्फत बजारीकरण एवम् व्यवस्थापन गर्ने, अध्ययन अध्यापनको लागि नेपाल सरकार र प्रदेश सरकार अन्तर्गतका सहकारी प्रशिक्षण केन्द्र एवम् प्रशिक्षालयहरुको भौतिक पूर्वाधार उपयोग गर्ने निश्कर्ष निकालेको छ । त्यसैगरी विभिन्न देशमा सञ्चालित सहकारी कलेज र सम्बन्धित विश्वविद्यालय तहमा दुबै पक्षबाट आवश्यक समन्वय र सहकार्य गर्ने, नेफ्स्कून–पोखरा विश्वविद्यालय समन्वय कार्यदलले सहकार्यका सन्दर्भमा विस्तृत कार्ययोजना बनाई दुवै पक्षबाट नीतिगत एवम् सैद्धान्तिक सहमति प्राप्त गर्ने लगायतका निश्कर्ष निकालेको छ । 

नेफ्स्कूनकी उपाध्यक्ष एवम् सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक शान्ति अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालय विषय समितिका अध्यक्ष प्रा.डा. महानन्द चालिसे, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रकी प्राचार्य पार्वती अर्याल, विश्वविद्यालयका डिन डा. दया राज ढकाल उपस्थित हुनुहुन्थ्यो ।  

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम प्रसाद पाठक, लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक गोमा नेपाल, मन्दरा मिश्र, जिवसराज खड्का, राष्ट्रिय सहकारी बैकका प्रमुख जोखिम अधिकृत भरत चिमरिया, विश्वविद्यालयका सहायक प्राध्यापक रविन्द्र घिमिरे, संघका विभागीय प्रमुख र व्यवस्थापन कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप