बोर्डको भूमिका ‘भाइटल’ छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बोर्डको भूमिका ‘भाइटल’ छ 

बोर्डमा नियुक्ति, यसको अवस्था, भूमिका र सम्भावना बारे केही बताइदिनुहुन्छ कि ? 
सहकारी ऐन हेरेर बोर्ड सह–अध्यक्ष भएर 'केही गर्न सक्छु' भनेर आएको हुँ । बोर्ड र यसको सामान्य काम बारे संक्षिप्त जानकारी भएपनि 'पद खाली छ, सह–अध्यक्षको भूमिका यो हुन्छ' भन्ने विस्तृत जानकारी थिएन । बोर्डमा नियुक्तिको प्रस्ताव आएपछि सहकारी ऐन हेरेर ‘हुन्छ’ भनेको हुँ । 'गर्न सकिने ठाउँ छ' भनेर आएको हुँ । आफु प्रारम्भिक संस्थामा काम गर्दा झेलेका अवरोधहरु थुप्रै छन्, ती सबैको अनुभवबाट बोर्डमा बसेर केही काम गर्न सक्छु भन्ने ठानेँ । तर यहाँ त पहिलो कुरा आन्तरिक व्यवस्थापन हो । त्यो नगरी अन्य मुद्दाहरुमा ध्यान केन्द्रीत गर्न कठिन देख्दैछु । 

बोर्डको निवर्तमान सञ्चालक समिति र तालुकदार मन्त्रालयबीच टकराव थियो । मेरो नियुक्तिसँगै बोर्डले पुनर्जीवन पाएको छ । सहकारी ऐनलाई हेर्ने हो भने बोर्डको काम सल्लाहकारको हो । सुरुमा बोर्डले सहकारी अभियानलाई सहयोग गर्ने काम गरेपनि पछिल्लो समय बढी राजनीतिकरण भयो । सहकारीलाई त्यति धेरै ‘पोलिटिसाइज्’ गर्न नहुने । सहकारी विकास, प्रवर्धन र नीतिगत सहजीकरणका निम्ति बोर्ड गठन भएको हो र विकास कार्यक्रममा राजनीतिक सहयोग हुनुहुँदैन भनेर कसैले भन्न सक्दैन । ‘सपोर्ट’ को नाममा ‘इन्टरफेरेन्स’ बढी भयो भने राम्रो होइन । सहयोग गर्ने र हस्तक्षेप फरक कुरा हुन् । हस्तक्षेप भएपछि काम गर्नेहरुले बाटो बिराउँछन् । जसले गर्दा उद्देश्यबाट बिमुख हुन जान्छ, विगतमा त्यही भयो । बोर्डको बारेमा बिगतमा बाहिर आएका टिकाटिप्पणी त्यसैको परिणाम हो ।

बोर्डमा प्रदेशबाट प्रतिनिधित्व हुने ५ जना खाली छ, केन्द्रीय दुई वटा अध्यक्षहरुमध्येबाट चुनिएर आउने व्यक्तिहरु खाली छ, । धेरै चीज अड्केको छ । कर्मचारीको तलब अड्किएको छ । हामी त जेनतेन अभियानबाट आएका छौं, हामीलाई दिने सेवासुविधा दुई चार महिना ढिलो वा नदिएपनि केही छैन । 

अहिले बोर्ड बचेको छ । बौरिएको छ, यसलाई हिड्न सक्ने बनाउनुपर्यो । अर्को वर्षभित्र हिजोको बलियो स्थितिमा बोर्डलाई पुर्याउन सकियो भने अनि बाँकी कुराहरु निर्माण गर्दै जााउला भन्ने हो । ४ वर्षलाई भनेर आएको हो तर 'ट्युनिङ' मिलेन भने काम हुँदैन । स्पष्ट छ, 'ट्युनिङ' मिलेन र काम नहुने भयो भने यहाँ जागिर खान बसिरहने कुरा आउँदैन । त्यसैले ठूला कुरा पनि नगरौं भन्ने लाग्छ । साना-साना कामहरुले ठूलो ‘इम्प्याक्ट’ पार्छ । स–साना कुराहरु सरकारले ‘करेक्सन’ गरिदियो भनेपनि सहकारी अभियानमा निक्कै ठूलो टेवा पुग्छ ।

महोत्तरीमा गौशाला सञ्चालन बोर्डका लागि भार भएको हो ?
महोत्तरीस्थित गौशाला व्यवस्थापन बोर्डका लागि चुनौतीको विषय बनेको छ । जग्गाको समेत गरेर वार्षिक २ करोड रुपैयाँ जति आम्दानी छ खर्च ५/७ करोड छ । त्यो कसरी थेग्ने ? त्यसमाथि गौशाला व्यवस्थापनको काम गर्न बोर्ड गठन भएकै होइन । गाई गोठ र गौ संरक्षण, अनुसन्धान केन्द्र सञ्चालन गर्ने काम बोर्डको होइन । त्यो गर्ने ‘म्यान्डेट’ पनि छैन । कताबाट कसरी व्यबस्थित गर्ने हो ‘सेफल्याण्डिङ’ गर्नुपर्छ । हुनसक्छ विश्वविद्यालय, नार्क, प्रादेशिक अनुसन्धान प्रतिष्ठान वा कसैले चलाउला, तर बोर्डबाट अलग पार्नुपर्छ । यो काम पहिल्यै गर्नुपथ्र्यो भन्ने लाग्छ । त्यहाँ गर्नुपर्ने अनुसन्धान, प्रवर्धन र व्यवस्थापनको काम एउटा शिक्षण संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र आदिले गर्नुपर्ने हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) या विश्वविद्यालय अन्तर्गत राखिनुपर्छ ।

 

सहकारी ऐन र नीति परिमार्जनका विषयमा बोर्डको धारणा के हो ? 
सहकारी ऐन संशोधन गर्नुपर्छ, यदि अभियानको लागि अवरोध खडा गरेको छ भने । ऐन संशोधन गर्नुछ भने त्यसका निम्ति प्रस्ताव पेश गर्ने, त्यसका लागि सल्लाह दिने भनेर नै बोर्ड गठन गरिएको हो । अहिले बोर्डले केही काम गर्न पाइरहेको छैन । बोर्डको काम विभागले गरेको छ  । विभाग आफैले कार्यान्वयनमा लानुपर्छ । नियम कानुनको परिपालना र अनुगमन पनि विभागले गर्ने हो भने उसले बनाएको ऐन कानुन विरुद्धमा गएकाहरुको आवाज कसले सुन्छ ? त्यो ऐनको आवाज सुन्ने, ऐन ठीक भएन भनेर सुन्ने त अभियान हो । उनीहरुसँगको सहकार्य विना ऐन संशोधन भए ‘हाम्रो माग अनुसारको ऐन आयो’ भनेर सहकारीकर्मीहरुले भन्न सक्दैनन् । सहकारीकर्मीहरुले नै ‘इनपुट’ दिन नपाइसकेपछि उनीहरुको समस्या जस्ताको तस्तै रहन्छ । 

४७ वटा ऐनहरु बाँझिएका छन् भन्ने कुरा छन् । ती ऐनहरुले सहकारी चिन्दै चिन्दैनन । सरकारले संविधानमै समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ र त्यसलाई सहयोग गर्ने ३ वटा स्तम्भ मध्ये आम जनता छेउ पुगेको अर्थतन्त्रको स्तम्भ सहकारी हो । त्यो बोध सरकारलाई भैरहेको छैन कि भन्ने लाग्छ । यो त्यति चमकधमकको क्षेत्र पनि होइन । बरु यसैमाथि बेलाबेलामा आक्रमण भैरहेको छ । 

यसलाई कसरी सुशासित बनाउने, कसरी किसानहरुको आवश्यकता परिपूर्ति गर्ने संस्थाको रुपमा विकास गराउने भन्ने चिन्तन सरकारका अधिकारीहरुको नीतिनिर्माताहरुको देखिदैन । त्यसैकारण नै बोर्डको भूमिका ‘भाइटल’ छ भन्ने लाग्छ । तर काम गर्ने वातावरण, स्रोत, साधन र सहयोग आवश्यक छ ।

विगतको बोर्डले सहकारी नीति २०६९ परिमार्जन गर्ने भनेर सातवटै प्रदेशबाट पृष्ठपोषण लिएर मस्यौदा बनाएको छ । मन्त्रिस्तरीय निणर्यबाट नीति परिमार्जन गर्न मुल्याङ्कन गर्नुपर्यो भन्ने विषय आएको छ । हामी त्यसमा सहजीकरण गर्छौ ।

बोर्डको प्राथमिकता के हो ?
नढाँटी भन्नुपर्छ । हामीसँग अहिले सहकारी तथ्याङ्क नै छैन । भएको तथ्याङ्क अपुरो छ । यद्यपि, जे छ त्यसैलाई आधार मान्ने कुरा त आयो तर सहकारीको यथार्थपरक तथ्याङ्क आवश्यक छ । भर्खर भएको जनगणनाबाट सबै विवरण स्पष्ट आउन ६ महिना लाग्छ । तर त्यो तथ्याङ्कले सहकारीलाई पुग्दैन । अहिले हामीले सक्रिय सहकारीको तथ्याङ्क लिनुपर्छ । पहिलो काम वास्तविक तथ्याङ्क संकलन गरेपछि मात्र सहकारीले कति जनसंख्यालाई सम्बोधन गर्छ ? कति पुँजी परिचालन गर्छ ? कति बचत छ, कति सेयर छ ? कुल ग्राहस्र्थ उत्पादनमा कति योगदान छ ? भन्ने यकिन हुन्छ । त्यसपछि मात्र बोर्डले बोलेको कुरा आधिकारिक हुन्छ र हाम्रा कुराहरु सुनिन्छन् भन्ने लाग्छ । त्यसैकारण पहिलो काम तथ्याङ्क लिने हो । बोर्डको काम त्यो पनि हो । नीतिगत कुराहरुमा अघि बढ्न, छलफल चलाउन प्रारम्भिक कुरा नै सही तथ्याङ्क हो । सँगै सहकारी संस्थाहरुलाई प्रवर्धन गर्ने, सहकारी ऐन नियमहरुलाई गाइड गर्ने, सरकारलाई सल्लाह सुझाव दिने कुराहरु त छदैछन् । सहकारीको तथ्याङ्क संकलनका लागि लाग्छु, तथ्याङ्क विना केही काम गर्न सकिदैन ।

प्रदेशबाट सही तथ्याङ्क आउछ भन्ने लाग्दैन । हामीले स्थानीय निकायलाई तत्तत् स्थानमा भएका विभिन्न प्रकृतिका सहकारीहरुको सीधै चिठ्ठी लेख्ने र सूची सहितको आवश्यक जानकारी लिने । उक्त विषयमा सबै स्थानीय तहसँग फलो अप गर्न यहाँ कर्मचारीलाई जिम्मेवारी दिने । फलो अप नगरे त डाटा आउदैन ।

सहकारी विभागसँग कुरा मिल्यो, बोर्ड ले नै गर्छ, कुरा मिलेन भने उहाँहरुले हिजोदेखि नै गरिरहेको काम हो, निरन्तर हुन्छ, तर बोर्डले संकलन गरेको तथ्याङ्क ‘अथेन्टिक’ बनाउँछु । बोर्ड थिङ्कट्याङक पनि हो । बिशेषज्ञ, सल्लाहकारहरु राख्न पाइन्छ । गर्न चाहनेलाई थुप्रै काम छ । हुन सकिरहेको छैन । मैले सुरु गर्न सक्छु सक्दिन भन्ने कुरा हो । ‘आइ विल ट्राई माइ लेवल बेस्ट’ ।

विगतमा बोर्ड र अभियानबीच सम्बन्ध हार्दिक हुन सकेन नि ?
त्यसको कारण व्यक्तित्व टकराव होला । मलाई भने ‘म ठूलो हुँ, राज्यमन्त्री सरह हैसियत छ’ भन्ने सोच्दिन । म अभियानबाट आएको हुँ । अभियानसँग हात जोडेर आग्रह गरँे भने सहयोग प्राप्त हुन्छ भन्ने विश्वास छ । किनभने उहाँहरु पनि सहकारी अभियानकै मान्छे हो । मलाई पदको धाक देखाउनु जरुरी छैन । पद आफ्नो ठाउँमा छ । काम गर्ने सन्दर्भमा सबैसित मिलेर गर्ने कुरामा ठूलो सानो भन्नुपर्दैन । जसले त्यस्तो कुरा गर्छ, त्यो वहाँ सँगै रहोस् मलाई कनिष्ठ नै भएर काम गर्छु । मलाई सफल हुनु छ । आफु सफल हुनका निम्ति बुढापाकाले मलाई सिकाएका छन्, ‘कोरीको पनि पाउ मोल्नुपर्छ ।’ केही फरक पर्दैन ।

सहकारी सुशासनको विषय कस्तो पाउनुभएको छ ?
बहुउद्देश्यीय भन्ने तर बचत ऋणको कारोबार गर्ने समस्या छ । बचत ऋण सहकारीहरु दोकान चलाउने, व्यवसाय गर्ने, आदि क्रियाकलापमा फसे । सुशासनका विषयहरु छन् । वार्षिक रुपमा रिपोर्टिङ गर्ने ठाउँहरुमा त्यसको मुल्याङ्कन गर्ने संयन्त्र बनेको भए त अहिले देखिएका दुर्घटनाहरु हुँदैनथे । अहिले पनि सरकारका तीन वटै निकायबाट सहकारी दर्ता हुन्छ । स्थानीय तहले सैयौं सहकारी दर्ता गर्ने तर अनुगमन गर्ने संयन्त्र छैन । कर्मचारी अभाव छ । आफुले दर्ता गरेकोलाई अनुगमन नियमन गर्न सक्ने क्षमता छैन भने कसरी सुशासन हुन्छ ? चुरो कुरा सुशासन हो । सहकारीहरुलाई सुशासित बनाउन ऐनमा थुप्रै चीजहरु परिवर्तन गर्न जरुरी छ ।

त्यस्तै, सहकारीहरुले उद्देश्य अनुरुप काम गर्नुपर्छ । दोहोरो सदस्यताको विषय पनि गम्भीर छ । ऋण अपचलनको सम्भावना छ । एउटा व्यक्तिले पाँच वटा सहकारीबाट ५ लाखका दरले २५ लाख लियो र दुरुपयोग गर्यो भने ५ वटा सहकारीलाई मर्का पर्छ । एउटै व्यक्ति बिगर्दा ५ वटा संस्था बिग्रन सक्छन् । एउटै प्रकृतिका एकै स्थानीय तहका एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुनुहुँदैन । कर्जा सूचना केन्द्रको आवश्यकता खट्किएको छ । यो जाजय विषय हो । सहकारीमा ‘मालप्राक्टिस’ हरु छन् तिनलाई हटाउनु जरुरी छ । मन्त्रीको जोड पनि यही बिषयमा छ । 

अन्य के कस्ता काम गर्न सकिन्छ ?  
बोर्डमा कोष छ । सरकारसँग ४ अर्ब रुपैयाँ मागको छु । सरकारले रकम हाल्न पर्छ । अहिले नै आउला, अर्को बजेटमा आउला, तर आउनुपर्छ ।  दुर्गम ठाउँमा सम्भावना भएका सहकारीहरुलाई बीउ पुँजी उपलब्ध गराउनका निम्ति त्यो रकम खर्च गर्छौ । २ प्रतिशत ब्याजमा सहकारी प्रवर्धनका कामहरु भएका छन् र अब पनि गर्नुपर्छ । बोर्डले शीत भण्डारलाई पैसा लगानी गरेको छ । माथि उठ्न नसकेका क्षेत्रका सहकारीहरुलाई प्रवर्धन गर्नुपर्छ बोर्डले । नेपाल अधिराज्यभरका ३० हजार सहकारी संस्थाहरुमध्ये कति प्रतिशतलाई हामीले सम्बोधन गर्ने ? हामीले सम्बोधन गर्ने भनेको पुँजी नभएका सहकारीहरुलाई हो । म कृषिको पनि विद्यार्थी भएकोले मध्यपहाडी भागदेखि माथिल्ला भागहरु सबै यदि हामीले हराभरा बनाउन सक्ने हो भने हाम्रो जीडीपी धेरै माथि जान्थ्यो । व्यक्तिहरुबाट केही काम सुरु भएका छन् त्यसको सिको सहकारीहरुले गर्नुपर्छ । अब मुलुकको माग अनुसार सहकारीहरु उत्पादन केन्द्रीत हुनुपर्छ ।


 

भर्खरै
आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।
आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

४ घण्टा अगाडि

Notice
Notice

८ घण्टा अगाडि

साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन
साकोसका सदस्यहरूलाई निर्वाहमुखी खेतीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्न खेल तालिम सञ्चालन

२१ घण्टा अगाडि

नेपालगंजमा हाम्रो मध्यवर्ती साकोसको ४ वर्षे रणनीतिक कार्यशाला सम्पन्न
नेपालगंजमा हाम्रो मध्यवर्ती साकोसको ४ वर्षे रणनीतिक कार्यशाला सम्पन्न

२२ घण्टा अगाडि

माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन निर्देशन
माडीका ४० सहकारीमा नेफ्स्कूनको ‘आधारशिला  कार्यक्रमको पहिलो चरण सम्पन्न, सुशासन र कानुनी दायरामा आउन...

२३ घण्टा अगाडि

वित्तीय अनुशासन र सुशासनका लागि नेत्रगंज महिला साकोसको अनुगमन
वित्तीय अनुशासन र सुशासनका लागि नेत्रगंज महिला साकोसको अनुगमन

२३ घण्टा अगाडि

रामकोट साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
रामकोट साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

शुभेच्छा साकोसको स्क्यान कार्यक्रम अन्तर्गत  स्थलगत सुपरिवेक्षण सम्पन्न
शुभेच्छा साकोसको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
Notice
Notice

८ घण्टा अगाडि

आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।
आवाशिय तालिम संचालनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

४ घण्टा अगाडि

स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 
स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 

९ दिन अगाडि

परिवर्तित कानुनी वातावरणमा सहकारी अनुकूलन योजना तालिम हेटौँडामा सम्पन्न
परिवर्तित कानुनी वातावरणमा सहकारी अनुकूलन योजना तालिम हेटौँडामा सम्पन्न

६ दिन अगाडि

पाँचपोखरी थाङपालमा लघु व्यवसाय खेल तालिम सञ्चालन
पाँचपोखरी थाङपालमा लघु व्यवसाय खेल तालिम सञ्चालन

३५ दिन अगाडि

वित्तीय अनुशासन र सुशासनका लागि नेत्रगंज महिला साकोसको अनुगमन
वित्तीय अनुशासन र सुशासनका लागि नेत्रगंज महिला साकोसको अनुगमन

२३ घण्टा अगाडि

रौतहट बचत संघको आयोजनामा सहकारीका उद्यमी सदस्यहरुलाई बचत खेल तालिम सञ्चालन
रौतहट बचत संघको आयोजनामा सहकारीका उद्यमी सदस्यहरुलाई बचत खेल तालिम सञ्चालन

८ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत मिलिजुली साकोसमा  स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत मिलिजुली साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

पाठकबाट थप