महासंघको महाप्रबन्धकमा थापा
‘सहकारी क्षेत्रमा परिवर्तित व्यवस्थापन अभ्यास सुरु गर्नेछु’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी क्षेत्रमा परिवर्तित व्यवस्थापन अभ्यास सुरु गर्नेछु’

मुलुकको सहकारी अभियानको सुप्रिम निकाय राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा सुरेश थापा नियुक्त हुनुभएको छ । थापाले माघ २ गते एक कार्यक्रमबीच व्यवस्थापन प्रमुखको रुपमा पदबहाली समेत गर्नुभएको छ । सन् २०१४ नोभेम्वरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गर्नुभएका काभ्रे पनौतीका थापा सन् २०२२ मा नायव महाप्रबन्धकमा उक्लिनुभएको थियो । महासंघ सञ्चालक समितिले उहाँलाई माघ १ गते महाप्रबन्धक नियुक्त गरेको थियो ।
सहकारी क्षेत्रमा विद्यमान थुप्रै चुनौतीसँगै थुप्रै अवसरहरु बीच अभियानको उपल्लो निकायको व्यवस्थापकीय बागडोर सम्हाल्नुभएका थापासँग विविध विषयमा केन्द्रीत भई साकोस आवाजले सम्वाद गरेको छ । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंशः  

अबको तपाईको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्राथमिकता के छन् ?
स्वाभाविक रुपमा मेरा प्राथमिकताहरु अयियानमा देखिएका जल्दोवल्दो विषयमा नै केन्द्रित रहने छन् । सहकारी क्षेत्रलाई मजबुत बनाउन दिलोज्यानसहित भूमिका निर्वाह गर्ने वचनवद्धता व्यक्त गर्न चाहन्छु । महासंघलाई साधन सम्पन्न बनाई नेतृत्वदायी महासंघको रुपमा स्थापित गर्नु मेरो प्राथमिकता हुनेछ । 

नेपाल सरकारले हालै जारी गरेको नीति तथा कानूनलाई वस्तुपरक बनाउन सरोकारवालाहरुसँगको समन्वयमा साझा धारणा तय गर्न फोकल पर्सनको भूमिका खेल्नु पर्ने परिस्थितिजन्य परिवेश छ भने महासंघका पूर्व निर्धारित नीति तथा कार्यक्रमहरुलाई यथा समयमा सम्पन्न गर्ने, सहकारी क्षेत्रमा “परिवर्तित व्यवस्थापन अभ्यास” को सुरुवात गर्ने मेरो अल्पकालीन प्राथमिकता हुन् ।

मध्यकालीन प्राथमिकताको कुरा गर्दा, अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ ले तय गरेका उद्देश्य तथा दिगो विकास लक्ष्यहरुको कार्यान्वयन गर्न महासंघको वेबसाइट मार्फत आवश्यक प्रबन्ध मिलाउने, विषयगत सहकारी संघ संस्थाहरुको प्रवर्धनका लागि विषयगत रुपमा क्षेत्र निर्धारण गरी आवधिक रुपमा अन्तरक्रिया संचालन गर्ने र त्यसबाट प्राप्त सुझाव कार्यन्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने, केन्द्रिय सहकारी संघहरु समेतका व्यवस्थापन प्रमूख सहभागी व्यवस्थापन गुणस्तर संजाल गठन गर्ने योजना छ ।

यसअन्तर्गत सहकारी अभियानको व्यवस्थापकीय प्रभावकारीता सुनिश्चित गर्ने कार्यक्रमहरुको पहिचानगरी कार्यन्वयन गर्न संयोजनकारी भूमिका खेल्ने, सहकारी संघ संस्थामा कार्यरत रही आफ्नो अध्ययन समेतलाई निरन्तरता दिई रहनु भएका व्यवस्थापनका साथीहरुलाई शैक्षिक रिपोर्ट, प्रतिवेदन एवं थेसिस तयार गर्दा सहकारीसँग सम्बन्धित विषयवस्तुहरुमा गर्न प्रोत्साहन गर्ने र सोको केन्द्रिकृत अभिलेख राख्ने व्यवस्था गर्ने योजना छ भने सहकारीको स्तरीकरणलाई राष्ट्रिय स्तरमा संचालन गर्न आवश्यक पहलकदमी गर्ने तथा महासंघलाई वित्तीय रुपमा आत्मनिर्भर बनाउन सञ्जालीकरणमा जोड दिने पनि योजना छ ।

यस्तै, दीर्घकालीन प्राथमिकता भित्र सहकारी अभियानलाई डिजिटल रुपान्तरण गर्ने साझाप्लेटफर्म तयार गर्ने, मुलुकका कुलग्राहस्थ उत्पादनमा सहकारी अभियानको योगदान मापनको लागि सम्बन्धित निकाय मार्फत के.पि.आई.तयार गर्न पहलकदमी गर्ने, सहकारी अभियानको आफ्नै संचार गृह संचालन गरी अभियानको प्रर्बद्धनमा प्रयोग गर्ने, महासंघलाई दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघको रुपमा स्थापित गर्ने विषयहरु अटाएको छु 

महासंघलाई साँच्चिकै अभियानको सुप्रिम संघ कसरी बनाउन सकिएला?
त्यसको लागि अभियान भित्र विश्वासको वातावरण कायम हुनुपर्दछ । बहस पैरवी तथा सञ्जालीकरण प्रक्रियामा एकद्वार प्रणालीमा विश्वास गर्नुपर्छ । महासंघले सबै प्रकृतिका सहकारीहरुलाई सुशासनमा राख्न आधारभुत सूचक तयार गरी अनिवार्य परिपालनको प्रवन्ध मिलाउनु पर्छ । यसका अतिरिक्त अभियानलाई मर्यादित र व्यावसायिक वनाउन उपचारात्मक विधि तय गर्नुपर्र्छ जुन पहलकदमी महासंघले अब गर्नेछ । 

महासंघको व्यवस्थापनलाई कसरी मिलाएर लानुहुन्छ ? फेरि, महासंघको मानव संशाधनको शिल्पमा निखार ल्याउने रणनीतिक योजना तपाईसँग के छन् ?
महासंघको व्यवस्थापनमा कुनै समस्याहरु छैनन् । केही विषयहरु र भुमिकामा  छलफल हुँदा आ–आफ्नो दृष्टिकोण राख्नु व्यवस्थापनको प्रमुख गुण हो, सोही आधारमा कर्मचारीहरु बीचच टिम वर्कको वातावरण निर्धारण हुने हो । तथापि, महासंघमा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको पूर्ण क्षमताको उपयोग गर्ने विधि प्रयोग गरिने छ  । महासंघको व्यवस्थापनमा रहनु भएका सम्पूर्ण सहकर्मीहरु योग्य, क्षमतावान र उर्जाशील हुनुहुन्छ । तथापि, व्यवस्थापन र प्राविधिक नविन आयामहरु बारे जानकार हुन, तिनबारे व्यवहारिक ज्ञान हासिल गर्ने र परिवर्तन प्रति सकारात्मक रहन निरन्तर उत्पे्ररित गर्दै बद्लिदो व्यवस्थापन पद्घतिलाई प्रयोग गर्ने नीति अवलम्बन गरिने विश्वास दिलाउन चाहन्छु ।  

सहकारी अभियान अहिले जत्तिको चुनौतीपूर्ण अवस्थाबाट सायदै गुज्रिएको थियो होला? यो बेलामा सर्वोच्च निकायको व्यवस्थापकीय बागडोर सम्हालेको व्यक्तिको जिम्मेवारी र भूमिका के होला ? त्यसमा खरो उत्रिन तपाईको योजना के छ ?
यति मात्र भनौ, अभियानमा संलग्न व्यवस्थापकीय तथा नेतृत्व पंक्तिबीच सेवारत कर्मचारीहरुको कार्यशैलीमा न्यूनतम एकरुपता ल्याउनु आवश्यक छ । यसका लागि एकिकृत क्षमता अभिवृद्घिको फ्रेमवर्क तयार गर्नुपर्छ । तपाइ हामी सबै त्यसका लागि प्रयास गरौं । सदस्य तथा समुदाय केन्द्रित कार्ययोजना सार्वजनिक गरौं । हालै अन्तर्राष्ट्रिय सहकारी महासंघको महासभाले समुदाय केन्द्रित क्रियाकलापलाई सहकारी पहिचानको एउटा एजेन्डा वनाएको छ । हामी जुन जुन निकाय जे जे को लागि स्थापित भएका हौं त्यही गर्नुपर्छ । यो सन्देश मार्फत म आगामी योजना अघि बढाउन चाहेको छु । यसै प्रसंगमा मैले चाँडै अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छु ।

चित्रा म्याडम लगायतको महासंघ व्यवस्थापन प्रमुखको ‘रिच लेगेसी’ लाई कसरी ‘अपहोल्ड’ गर्नुहुन्छ ?
पूर्व महाप्रवन्धकज्यूहरुले महासंघ केन्द्रित भई कार्यसम्पादन गर्ने पद्धति विकास गर्नुभएको छ । त्यसको लागि उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । भर्खरै सेवा निवृत्त हुनुभएकी चित्रा म्याडमसँग नजिक रहेर १० वर्ष कार्य गर्ने अवसर पाएको छु । उहाँले धेरै पेशागत ज्ञान र सीप हस्तातरण गरेर जानु भएको छ, साथै उहाँले व्यवस्थापकीय संस्कार स्थापित गरेर जानु भएको हँुदा मैले उँहाको लेगेसीको भार बोक्नु पर्दैन । त्यसमा अझ नवीनता र परिवर्तित व्यवस्थापन अभ्यासलाई स्थापित गर्न आवश्यक कार्य गर्ने हो ।  

अन्त्यमा अभियान, सरोकारवाला र सञ्चारकर्मीहरुलाई तपाईको केही अनुरोध ?
सहकारी अभियानमा अनगिन्ती सवालहरु उठेका छन् । सहकारी क्षेत्रको थप विश्वास आर्जन गर्न सिलसिलेवार र योजनावद्घ रुपमा अघि बढौं । सहकार्य गर्दा पुँजी निर्माण हुने गरी कार्यक्रम अघि सारौं । सहकारीमार्फत व्यावसायिक क्रियाकलाप र परियोजना सञ्चालन गर्न देखिएका नीतिगत र कानूनी बाधाहरु फुकाउन सम्पूर्ण सरोकारवाला निकाय, अभियान र संचारकर्मीहरुलाई अनुरोध गर्न चाहन्छु ।    

र अन्त्यमा, साकोस आवाजलाई धन्यवाद ।


 

भर्खरै
मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 
मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 

२ घण्टा अगाडि

“साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला भक्तपुरमा सञ्चालन
“साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला भक्तपुरमा सञ्चालन

२ घण्टा अगाडि

नेफ्स्कून र विराटेश्वर साकोसबीच ‘स्क्यान’ कार्यान्वयनका लागि सम्झौता
नेफ्स्कून र विराटेश्वर साकोसबीच ‘स्क्यान’ कार्यान्वयनका लागि सम्झौता

४ घण्टा अगाडि

स्क्यान कार्यक्रममा स्वरोजगार भवानी साकोस र नेफ्स्कून विच सहकार्य, सुशासन र सुपरिवेक्षणमा जोड
स्क्यान कार्यक्रममा स्वरोजगार भवानी साकोस र नेफ्स्कून विच सहकार्य, सुशासन र सुपरिवेक्षणमा जोड

११ घण्टा अगाडि

काठमाडौंमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
काठमाडौंमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२४ घण्टा अगाडि

ऋण उपसमितिलाई सक्षम बनाउन नेफ्स्कूनद्वारा क्षमता विकास तालिम सञ्चालन
ऋण उपसमितिलाई सक्षम बनाउन नेफ्स्कूनद्वारा क्षमता विकास तालिम सञ्चालन

१ दिन अगाडि

वारा स्थित घण्टीमाई साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित घण्टीमाई साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा
नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम पोखरामा

१ दिन अगाडि

लोकप्रिय
 चितवनमा ऋण उप–समितिको क्षमता विकास तालिम सम्पन्न
 चितवनमा ऋण उप–समितिको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 
मोहना लालझाडी क्षेत्र साकोस स्क्यान कार्यक्रममा आबद्ध साथै स्थलगत सुपरिवेक्षण 

२ घण्टा अगाडि

नेपाल भूतपूर्व सैनिक साकोसका सञ्चालक तथा कर्मचारीका लागि क्षमता विकास तालिम 
नेपाल भूतपूर्व सैनिक साकोसका सञ्चालक तथा कर्मचारीका लागि क्षमता विकास तालिम 

२ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

९ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

पाठकबाट थप