सदस्य संस्थाहरुको सबलीकरण लुम्बिनी प्रोस्कूनको पहिलो प्राथमिकता: नवनिर्वाचित अध्यक्ष नेपाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संस्थाहरुको सबलीकरण लुम्बिनी प्रोस्कूनको पहिलो प्राथमिकता: नवनिर्वाचित अध्यक्ष नेपाल

२०७७ साल कार्तिक २३ गते विधिवत् स्थापना भएको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कून) ले २०८१ पुस २६ र २७ गते आफ्नो चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभाले अग्रज सहकारी अभियन्ता कृष्ण नेपाललाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । नेपालको नेतृत्वमा १९ सदस्यीय सञ्चालक समिति तथा कृष्ण चौहान क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सभाले चुनेको छ । 

मोफसलमा बसेर पनि सहकारी अभियानमा सफल भइन्छ भन्ने गतिलो उदाहरण पस्कन सफल सहकारी अभियन्ता हुनुहुन्छ कृष्ण नेपाल । उमेरले ७१ वर्ष पुग्नुभएका नेपालसँग लोभलाग्दो उर्जा छ । चिन्नेजान्ने र सहकारी अभियानका अग्रज तथा अनुजहरु उहाँको सक्रियता, लगन सँगसँगै उर्जाबाट उत्प्रेरणा लिइरहन्छन् । उमेर उकालो लाग्दै जाँदा पनि उर्जा भने ओरालो झर्ने नामनै लिदैन । सबैसँग मिल्न सक्ने, सबैलाई माया र सद्भाव बाँढ्न सक्ने उहाँसँग गजबको क्षमता छ । सहकारी क्षेत्र भनेपछि हुरुक्कै हुने उहाँसँग यो क्षेत्रको ४८ वर्ष लामो अनुभव छ । साथीभाइहरुसँग रमाइलो पनि उहाँ उत्तिकै गर्नुहुन्छ । क्रियाशीलताका धनी नवनिर्वाचित अध्यक्ष नेपालसँग लुम्बिनी प्रोस्कूनको निर्वाचन, संघको अवस्था र योजना सँगै व्यक्तिगत उर्जा र सक्रियता आदि विषयमा केन्द्रीत रही साकोस आवाजले गरेको सम्वादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ: 

लुम्बिनी प्रोस्कूनको नवनिर्वाचित सञ्चालक समिति कस्तो बनेको छ ?
एकदम राम्रो बनेको छ । जुझारु र सहकारी क्षेत्रको शुद्धीकरण र सबलीकरणका लागि आफूहरुले सक्दो योगदान गरौं भन्ने टीम बनेको छ । मिसन र भिजन बोकेको समूह छ । अध्यक्षको हिसाबले म खुसी छु  । दाङ र प्युठानबाहेक अरु सबै जिल्लाबाट समितिमा प्रतिनिधित्व भएको छ ।

अबको तपाईहरुको प्राथमिकता के के छन् ?
साधारणसभाले सदस्य संस्था अनुगमन निर्देशिका २०८१ पास गरेको छ । त्यसको कार्यान्वयन अबको हाम्रो पहिलो प्राथमिकता हो । सदस्य संस्थाहरुलाई सबल, सुशासित र सदस्यमैत्री बनाउने हाम्रो मुख्य ध्येय हो । सदस्यहरुको सशक्तिकरण हाम्रो उद्देश्य हो । निर्देशिकाले गरेको व्यवस्थाहरु कार्यान्वयमा लान्छौं । यो काममा प्रदेश मन्त्रालयसँग समन्वय भयो भने व्यापकता हुन्छ अन्यथा हाम्रा सदस्य संस्थाहरुमा यो सीमित हुन्छ । अर्को भनेको, रोल्पा र पूर्वी रुकुम लाई पनि समेट्ने हाम्रो योजना छ । प्रदेश संघमा अहिलेसम्म नअटाएको रोल्पालाई हामी अब समेट्छौं ।

प्रदेश संघको पछिल्लो अवस्था कस्तो छ ?
हामीसँग अहिले ९४ सदस्य छन् । तीमध्ये ९२ जना नवीकृत छन् । साधारणसभामा ७६ को उपस्थिति रह्यो । रुपन्देही जिल्लास्थित बुटवल उपमहानगरपालिका ६ मा संघको कार्यालय रहेको छ । एक जना कर्मचारी हुनुहुन्छ । संघको कूल सम्पत्ति ५ करोड ४८ लाख बढी छ । साधारणसभाले ९.८१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सँगै कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम पनि उपलब्ध गराउने निर्णय गरेको छ । 

संघले तालिम, शिक्षाका कार्यक्रमहरु चलाउँदै आएको छ । प्रदेश संघको उपस्थिति क्रमशः बलियो हुँदै गएको छ । प्रदेश संघहरुमध्ये बागमती पछि सबै हिसाबले हामी अगाडि छौं । यो टीमको सफलता हो । प्रदेशभित्रका सहकारी संस्था र जिल्ला संघहरुको सहयोगको बलमा सम्भव भएको हो । अनि विषयगत केन्द्रीय संघ नेफ्स्कूनको पनि राम्रो साथ सहयोग हामीलाई प्राप्त छ ।

असल सहकारी नेतृत्व कसरी स्थापित गर्न सकिन्छ ? सहकारी नेतृत्वको अहिलेको मुख्य चुनौती के हो ?
सहकारीका सञ्चालकहरु स्वयंसेवी हुन भन्ने विषय जोगाइराख्न धौधौ परेको महशूस सर्वत्र गरिएको छ । मेरो  हकमा भने यो विषयमा आजसम्म कसैले औंला ठड्याउन र प्रश्न गर्न सकेको छैन । बस् यही स्वयंसवी भूमिकालाई पूर्णतः न्याय गर्न सकौं भन्ने मूल ध्येय रहनेछ । म यसप्रति आफ्नो प्रतिवद्धता पुनः व्यक्त गर्न चाहन्छु ।

व्यक्तिगत जीवन यसो फर्केर हेर्नुस् त ?
२०२४ सालमा स्थापित जनविकास कृषि सहकारी संस्था (पछि साझा भनियो) को ११ वर्ष अध्यक्ष त्यसपछि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकालको सदस्यसँगै लेखा समिति हुँदै अध्यक्ष भएँ । सक्रिय रुपमा भने म २०३३ सालदेखि सहकारी क्षेत्रमा आवद्ध छु । २०५१ सालसम्म कपिलवस्तु, रुपन्देही जिल्ला बचत संघको व्यवस्थापक पनि भएर अनुभव बटुलेँ । २०५१ पछि सहकारी क्षेत्रमा स्वयंसेवी भूमिकामा छु । प्रारम्भिक संस्था, जिल्ला, प्रदेश संघको नेतृत्वसँगै नेफ्स्कूनमा पनि सञ्चालक भएर जिम्मेवारी निर्वाह गरेँ । 

रेडियो लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाको पूर्व अध्यक्ष (सञ्चार क्षेत्रको एक दशकको अनुभव), रुपन्देही बचत तथा ऋण सहकारी संघको स्थापनाकालको सचिव हुँदै २ कार्यकाल अध्यक्ष, नेफ्स्कूनको २ कार्यकाल (६ वर्ष) सञ्चालक हुँदै अहिले लुम्बिनी प्रोस्कूनको अध्यक्ष छु । आफूलाई प्राप्त जिम्मेवारीलाई हलुका रुपमा नलिई दक्षता र अनुभवले भ्याएसम्म निष्ठापूर्वक न्याय गरेँ भन्ने लाग्छ ।

म सहकारीप्रेमी हुँ । सहकारी भावना निक्कै पहिलेदेखिनै देखि मनमा थियो । बाबूबाजेबाटै सिकेर आएँ सहकारिताको मर्म । उहाँहरुले जोडिदिएको जग्गाजमीन पुग्दो छ । व्यक्तिगत लोभलालचा केही छैन । मलाई लिनु केही छैन । बस् सहकारी क्षेत्रमार्फत समाज रुपान्तरित भएको, सीमान्तकृत, भूमिहीन, रोजगारीविहिन, उपेक्षित वर्ग र समुदायको वास्तविक सामाजिक आर्थिक अवस्था उत्थान भएको हेर्ने रहर छ । यसकाममा आफूले सक्दो सहयोगी बन्ने प्रण गरेर लागेको छु । मलाई कमाउनु छैन केवल योगदान दिनुछ ।

तपाईलाई सबै सहकारीकर्मीहरुको श्रद्धाभाव प्राप्त हुनुको कारण के हो जस्तो लाग्छ ?
म सबैसँग मिल्छु । सबै भन्छन्–‘तपाई मिलनसार हुनुहुन्छ । सहयोगी हुनुहुन्छ । सहकारी भनेपछि मरिहत्ते गर्नुहुन्छ । सहकार्य, समन्वय र सामूहिकताको शक्तिमा विश्वास गर्नुहुन्छ ।’ मलाई लाग्छ यही मेरो सबल पक्ष हो । शरिर रोगहरुको घर छ तर रोगलाई जित्ने शक्ति पनि यही सहकारी क्षेत्रले दिएको छ ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप