प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण (कर्ब्स) कार्यक्रममा प्युठान जिल्लाका ४ वटा साकोस आवद्ध भएका छन् । चिरायु बचत तथा ऋण सहकारी संस्था लि., झिमरुक गाउँपालिका–६, चिसाबाङ्ग, धर्मावती महिला बचत तथा ऋण सहकारी संस्था लि., प्यूठान–८, खपे्रङ्गखोला, जुम्री बाहाँजोरी बचत तथा ऋण सहकारी संस्था लि., प्यूठान–४, टारी र कालीमाटी बचत तथा ऋण सहकारीसंस्था लि., ऐरावती गाउँपालिका–५, सराङ्गबेसी प्यूठान आबद्ध भई द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र चिरायु साकोसका अध्यक्ष ध्रुब बहादुर जि.सी. लेखासुपरीवेक्षण समिति संयोजक उमानन्द पोख्रेल, व्यवस्थापक बसन्ता के.सी., धर्मावती महिला साकोसबाट साकोसका अध्यक्ष पवित्रा जि.सी., सचिव सीता पण्डित, लेखा सुपरीवेक्षण समिति संयोजक नारायणी केसी, व्यवस्थापक सीता भट्टराई., जुम्री बाहाँजोरी साकोसबाट साकोसका अध्यक्ष हिमाल पौडेल, सचिव प्रदिप गौतम, कोषाध्यक्ष चिरञ्जिवी भण्डारी, ऋण उपसमिति संयोजक प्रकाश सुवेदी र व्यवस्थापक एकराज सुवेदी र कालीमाटी साकोसबाट अध्यक्ष बेगम घर्तिमगर, कोषाध्यक्ष भरत बहादुर थापा, व्यवस्थापक राधा पुन जि.एम्.को सहभागिता रहेको थियो ।
१४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१४ घण्टा अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
२४ दिन अगाडि