रोजगारीको अवसर
सिको साकोसमा प्रमुख कार्यकारी अधिकृत पदमा रोजगारीको अवसर 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था लि. ले प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ । बचत ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम एक्सेस तथा प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल ३१ वर्षको गौरवमय इतिहास बोकेको सिको साकोसले व्यवस्थापन प्रमुखकको आवश्यकतासहितको विज्ञापन आज प्रकाशित गरेको हो । सिको साकोसको  माघ ५ गते बसेको साकोसको सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त विज्ञापन प्रकाशित गरिएको हो ।

सिको साकासले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक एवम् योग्य नेपाली नागरिकहरुबाट रितपूर्वक आवेदन माग गरेको छ । सातौ तहको व्यवस्थापन प्रमुखका लागि साकोसले आकर्षक तलब सामाजिक सुरक्षा कोषमा आवद्धता, आवास लगायतका सेवा सुविधा उपलब्ध गराउने सूचनामा जनाएको छ । साकोसले उक्त पदका लागि कार्यविवरण र कार्य विशिष्टीकरण सहित आवदेन प्रक्रियाहरुबारे सूचनामा विस्तृत उल्लेख गरेको छ । साकोसका महासचिव प्रकाश कुमार आचार्यद्वारा हस्ताक्षर गरिएको सूचनामा संस्थाको प्रभावकारी सञ्चालन तथा रणनीतिक नेतृत्व प्रदान गर्न सक्षम सहकारी अभियान बुझेको प्रमुख कार्यकारी अधिकृत आवश्यकत भएको उल्लेख गरिएको छ ।

ठाकुरबाबा नगरपालिका १, भुरिगाउँ मुख्य कार्यालय रहेको सिको साकोसमा हाल १० हजार ८ सय बढी सदस्य तथा २१ सय बढी बालबचतकर्ता आवद्ध छन् ।  साकोसको कुल सम्पत्ति ५२ करोड ८१ लाख बढी छ । समुदायमा आधारित सदस्य केन्द्रीत सिको साकोस नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी प्रतिनिधि रहनुभएको प्रारम्भिक संस्था हो । 


भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

८ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप