अर्को समाचार

Notice
१४३ दिन अगाडि
परिवर्तित कानुनी वातावरणमा सहकारी अनुकूलन योजना तालिम हेटौँडामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
परिवर्तित कानुनी वातावरणमा सहकारी अनुकूलन योजना तालिम हेटौँडामा सम्पन्न

मकवानपुर । सहकारी क्षेत्रमा विकसित हुँदै गएको कानुनी तथा नियामकीय व्यवस्थासँग संस्थाहरूलाई समयानुकूल बनाउने उद्देश्यले “सहकारीको परिवर्तित कानुनी वातावरणमा अनुकूलन योजना” विषयक तालिम कार्यक्रम हेटौँडामा जेठ १३ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय मकवानपुरको आयोजनामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको तालिम हल, हेटौँडा–२ मा कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा विभिन्न सहकारी संस्थाबाट ३६ जनाको सहभागिता रहेको थियो ।  सहकारी संस्थामा नियामकीय अनुकूलन, आन्तरिक नियन्त्रण प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया गरिएको थियो । आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना अन्तर्गत नियामकीय अनुकूलन कार्ययोजनाको विकास तथा कार्यान्वयन, सफ्टवेयरमा आधारित आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी प्रयोग तथा नियामकीय प्रतिवेदन प्रणाली सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।तालिमका प्रशिक्षक नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले सहकारी संस्थाले बदलिँदो कानुनी तथा नियामकीय व्यवस्थालाई समयमै आत्मसात् गर्न नसके संस्थागत जोखिम बढ्न सक्ने बताउँदै नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिमका क्रममा नियामकीय परिभाषा, व्याख्या तथा सीमासम्बन्धी साविक अभ्यासहरूको समीक्षा गर्दै आवश्यक समायोजनका उपायहरूबारे सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो । आगामी साधारणसभाअघि नीतिगत विषयहरू समायोजन गर्ने तथा २०८३ असारभित्र कार्यान्वयन गर्न सकिने क्षेत्रहरूको पहिचान गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा सहकारी विभागद्वारा जारी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन २०८१ का व्यवस्थाबारे समेत जानकारी गराइएको थियो । उच्च पदस्थ व्यक्तिको विवरण १० वर्षसम्म अभिलेख राख्नुपर्ने व्यवस्था, जोखिम मूल्यांकन प्रतिवेदन नियामक निकायमा पठाउनुपर्ने प्रावधान तथा सदस्य जोखिम वर्गीकरण प्रतिवेदन एमआईएस प्रणालीमा अद्यावधिक गर्नुपर्ने विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।

आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र गोएमएल सम्बन्धी सम्पूर्ण कार्यहरूको नीतिगत तथा कार्यगत प्रतिवेदन तयार गरी बुझाउनुपर्ने व्यवस्थाबारे समेत छलफल गरिएको थियो ।

कार्यक्रमको व्यवस्थापन सदस्य सेवा कार्यालय मकवानपुरका इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।सहभागीहरूले नियामकीय अनुपालन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन यस्ता तालिम कार्यक्रम सहकारी संस्थाका लागि उपयोगी र समयसापेक्ष भएको धारणा व्यक्त गरेका थिए ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप