हाम्रो चित्रवन साकोसको एकीकरण पछिको पहिलो बार्षिकोत्सव सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको एकीकरण पछिको पहिलो बार्षिकोत्सव सम्पन्न

भरतपुर । हाम्रो चित्रवन साकोस भरतपुर-११ चितवनको एकीकरण पछिको पहिलो बार्षिकोत्सव फागुन ९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एकीकरण मार्फत हाम्रो चित्रवन साकोसले सदस्यलाई अझ दिगो र सुरक्षित कारोबारका लागि अग्रसर बनाएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा दिन संस्था सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि चितवन जिल्ला त्रचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थापक अध्यक्ष सोमराज खनिया, पुर्व अध्यक्षहरु नयनराज शर्मा नेपाल, बिनोद मिश्र सन्तबहादुर गुरुङ, सल्लाहकार रमाकान्त सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नुभएको ।

बार्षिकोत्सवको अवसरमा संस्था एकीकरणमा महत्वपुर्ण भुमिका निभाउनुहुने पूर्व अध्यक्ष, निर्वतमान संचालक तथा लेखा सुपरिवेक्षण समिति ,पूर्व सल्लाहकार, एकीकरण बिवाद समाधान उपसमिति , एकीकरण सहजीकरण उप समितिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो साथै सोही अवसरमा संस्थाका ७० बर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यहरु, बिद्यावारिधि गर्नुभएका सदस्य तथा सदस्यका परिवार, सामुदायिक र संस्थागत बिद्यालयबाट एस.इ.इं परिक्षामा उत्कृष्ट अंक ल्याई पास गर्नु भएका सदस्यका छोरा छोरिहरुलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

भरतपुर ११ बाईपासरोडमा मुख्य कार्यालय रहेको सस्ंथाको दीपज्योति, चित्रवन, हाम्रो माईति , अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेका छन् । संस्थामा हाल १०५३० शेयर सदस्य रहेको र कुल पुँजी १ अर्ब २० करोड भन्दामाथि  रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप