एक्सेस प्रथम व्याचमा आबद्ध साकोसहरुको कार्यकुशलता तथा सिकाई व्यवस्थापन गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस प्रथम व्याचमा आबद्ध साकोसहरुको कार्यकुशलता तथा सिकाई व्यवस्थापन गोष्ठी सम्पन्न

काठमाडौं । भक्तपुरस्थित सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक्सेस पहिलो व्याचको २३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी फागुन १५ गते सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सहकारीहरु नाफा, पुरस्कार र सम्मानको लागि नभई सहकारीको वास्तविक मूल्य मान्यता अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सबैले आ–आफ्नो स्वार्थ तथा उद्देश्य अनुकुल बिषयहरुलाई परिभाषित गर्दा संस्था सञ्चालनमा अनुशासनहिनता देखिन सक्नेप्रति सचेत गराउनुभयो । गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस आवद्धताले बास्तविक उद्देश्य पहिल्याएर संस्था सञ्चालन गर्न सहयोग पुर्याउने भएकोले सबैले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनभुयो । उहाँले भनपाले आफ्नो कार्यक्षेत्र भित्रको सहकारीरुको निरन्तर अनुगमन गरिरहेको, सर्वसाधारणको रकम सुरक्षाको लागि भनपाको स्वीकृती विना प्रदेशमा मात्र दर्ता गरी सञ्चालनमा रहेको सहकारीहरु र नीति नियम पुरा नगरेका सहकारीहरुलाई स्पष्टिकरण, चेतावनी र कार्वाही गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) की सञ्चालक मन्दिरा मिश्रले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको रुपान्तरणमा सहकारीहरु अग्रणी स्थानमा रहेको विचार व्यक्त गर्नुहुँदै कार्यक्रमले सहकारी अभियानमा देखा परेका समस्याहरुसँगै समाधानका उपायहरु पहिचान गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

एक्सेस पहिलो समुहको तर्फबाट जनसचेतन साकोस, दोलखाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले एक्सेस पहिलो व्याचका सहकारीहरुले ब्राण्ड तथा नामको लागि नभई समुदायको हित र सहकारी अभियानलाई सकारात्मक दिशामा लान सहकार्य गर्दै आइरहेको र कार्यक्रमले एक्सेस ब्राण्डिङ्गमा रहेको अस्पष्टता तथा गुनासाहरुको सम्बोधन हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

संस्थाका कोषाध्यक्ष इश्वरमान दुमरुले स्वागत मन्तव्य दिनुहु“दै एक्सेस ब्राण्ड प्राप्त संस्थाहरु अन्तर्राष्ट्रिय रुपमा राम्रा संस्थाहरुमा गनिएको र यी सहकारीहरुले गैह्र समुदायमा आधारित संस्थाहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । 

सभापतिको आसनबाट आयोजक संस्थाका अध्यक्ष राजन लाखाजुले एक्सेसको सूचक, नीति नियमहरुको कार्यान्वयनमा दुविधा तथा चुनौति भएता पनि सहकारी अभियानलाई गुणस्तरियता तथा सुरक्षा दिने उद्देश्यकासाथ कार्यक्रममा आवद्ध भएको जानकारी दिनुहुँदै कार्यक्रममा संलग्न संस्थाहरुलाई वर्तमान समयमा समकालीन संस्थाको तुलनामा सञ्चालनमा समस्या भएको, एक्सेस कार्यक्रमको वैधानिकतामा प्रश्न खडा भएको लगायतका बिषयहरुमा स्पष्ट भई अगाडि बढ्न कार्यक्रम सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

एक्सेस पहिलो समुह अन्र्तगत भक्तपुरका सिद्धी गणेश, श्री बाराही, उपकार, काभे्रका विन्धवासिनी, सामुदायिक, बुडोल सामुदायिक, र दोलखाको जनसचेतन साकोसहरुले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न मुद्दाहरुमाथि छलफल र असल अभ्यासहरु आदान प्रदान गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप