वित्तीय परामर्श तालिम भक्तपुरमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय परामर्श तालिम भक्तपुरमा सम्पन्न 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सिद्धि गणेश तालिम खंचा, भक्तपुरमा दुई दिवसिय वित्तीय परामर्श तालिम फागुन १४ गते सम्पन्न भएको छ । 

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वित्तीय परामर्श तालिम वृहत विषय भएकोले यसमा निरन्तर अद्यावधिक हुनुपर्ने विचार राख्नुभयो । सहकारीमा सन्दर्भ व्याजदर हचुवामा तोक्न नमिल्ने भन्दै तथ्यांकका आधारमा तोक्नुपर्नेमा जोड दिदैं उहाँले हाल वित्तीय बजार बढ्दो व्याजदरलाई ध्यानमा राखी सन्दर्भ व्याजदर १६ प्रतिशत निर्धारण गर्नु ठिक रहेको बताउनुभयो । उहाँले कानुन विपरित सञ्चालित बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५००। बाट रु.८०००। सम्म बृद्धि गरेकोमा विरोध जनाउदैं सोको संशोधनका लागि वागमती प्रदेश सरकार समक्ष संघले ज्ञापन पत्र बुझाउने तयारीमा रहेको बताउनुभयो ।

संघका संचालक एंव उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले वितीय क्षेत्रमा वित्तीय परामर्शको महत्व बताउदैं तालिमबाट सिकेका कुराहरु व्यक्तिगत जिवनमा व्यहारमा उतार्न र संस्थाका सदस्यहरुलाई निरन्तर वित्तीय परामर्श दिनुपर्ने विचार राख्नुभयो । उपसमितिका सदस्य निर्जला ढुंगेलले स्वागत मन्तव्य राख्दै संस्थामा वित्तीय परामर्शका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले संघले वित्तीय परामर्श तालिममो आयोजाना गरेको वताउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । तालिमको समापन समारोह सञ्चालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा वित्तीय परामर्श कक्ष स्थापना गरी वित्तीय साक्षरताको अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसले सहकारीमा सहकारीताको विकासमा मद्दत पुग्नुको साथै सदस्यको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने विचार राख्नुभयो । 

तालिमका सहभागीहरुले तालिम अरु तालिम भन्दा फरक र व्यवहारिक रहेकोमा खुशी व्यक्त गर्दे तालिमबाट बचत बृद्धिका उपाय, ऋण परिचालन, परिवारिक बजेट, वित्तीय परामर्श गराउने उपायहरु लगायत ज्ञान आर्जन गरेको बताउनुभयो । तालिममा संस्थाका शिक्षा उपसमितिका संयोजक र कर्मचारी गरी ३७ जनाको सहभागिता रह्यो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप