अर्घाखाँचीमा अभियान र स्थानीय सरकारको सहभागितामा विभिन्न कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अर्घाखाँचीमा अभियान र स्थानीय सरकारको सहभागितामा विभिन्न कार्यक्रम सम्पन्न 

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको छैठौं वार्षिक साधारण सभा, जिल्ला सहकारी संघका नव निर्वाचित संञ्चालक समितिको प्रमाण पत्र वितरण तथा नेफ्स्कूनको अभिमुखीकरण अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला बचत संघका अध्यक्ष द्रोण प्रसाद भुषालको अध्यक्षता आयोजित कार्यक्रमका प्रमुख अथिति नेफ्स्कूनका अध्यक्ष परितौष पौड्याल रहनुभएको थियो भने विशेष अतिथिमा संघका महासचिव दामोदर अधिकारी, सन्धीखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, मालारानी गाउँपालिकाका प्रमुख बालकृण आचार्य, छत्रदेवा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल रहनुभएको थियो ।

कार्यक्रमको अतिथिहरुमा जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुषाल, ४ वटा पालिकाका सहकारी शाखा प्रमुखहरु, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कडेल, नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमला आदि रहुनभएको थियो भने कार्यक्रममा जिल्ला सहकारी संघका संञ्चालक एव सदस्यहरु, जिल्ला बचत संघका संञ्चालक एवं सदस्यहरु, विभिन्न साकोसका अध्यक्ष एवं व्यवस्थापक गरी ६५ जनाभन्दा बढीको सहभागिता थियो ।

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितौष पौड्यालले कोभिड १९ को समय सहकारी सञ्चालनमा अन्योल भएको बेला केन्द्रीय संघले १९ बुदे मापदण्ड जारी गरेर सहज बनाएको बताउँदै  सबै क्षेत्र बन्दा हुँदा जोखिमको बीचबाट सहकारी संस्थाहरुले नेफ्स्कूनले जारी गरेको त्यही मापदण्डका आधारमा सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले कोभिडले सदस्यको जीवन, सदस्यको व्यवसाय र तेस्रो आर्थिक मन्दीको अवस्था गरी ३ चरणमा प्रभाव पारेको जानकारी गराउँदे अहिले आर्थिक मन्दीको सामना गर्नु परिरहेका धारण राख्नुभयो ।

सदस्यको जीवन स्तर परिर्वतन गर्न नसके सहकारीको आवश्यकता कमजोर भएर जाने भएकाले उच्च मनोबलका साथ नेफ्स्कूनको अगुवाइमा कानुनको परिपालन गरी उत्प्रेरित भएर काम गर्न अध्यक्ष पौड्यालले सबैलाई अपिल गर्नु भयो । सदस्यको जीवनस्तर परिर्वन गर्नु नै साकोसको मुख्य लक्ष्य र उद्देश्य हुनुपर्ने भन्दै उहाँले साकोसको संस्थागत विकासको लागि संञ्जालमा आवद्ध भई नेफ्स्कूनका उत्पादन तथा सेवाहरुको अधिकतम उपभोग गर्न र उत्साहका साथ संघमा आवद्ध हुन पनि आग्रह गर्नुभयो । जिल्लाका सहकारी संस्थाहरुको संस्थागत विकासका लागि जिल्ला संघ साझेदारी र आधारशिला मार्फत नेफ्स्कून स्थानीय तहसँग सहकार्य गर्न उत्साहित भएको समेत अध्यक्ष पौड्यालले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारी व्यवस्थापन, सदस्य तथा सम्भावित सदस्य अभिुखिकरण, अभियानका जोखिमहरु, आधारशिला कार्यक्रमको परिचय, नियामक निकायको भूमिका लगायतका विषयमा गहनतम प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रकाश भुसालको अध्यक्षतामा मिति २०७८ फागुन १४ गते निवार्चित ११ सदस्यीय संञ्चालक समिति र बालकृष्ण आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिलाई उक्त अवसरमा प्रमाण पत्र प्रदान गरिएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष भुसालले समग्र जिल्लाको सहकारीको अवस्था तथा अभियानको समन्वयमा राखिएको कार्यक्रमको उद्देश्य बारे चर्चा गर्नुभएको थियो ।

छत्रदेवा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले सहकारी संस्थाहरुले साहुहरुको चर्केको ब्याजको अन्य गरेको र पालिका सहकारीको प्रर्वद्धन र विकासको लागि प्रतिवद्ध रहेको धारण राख्नुभयो । जिल्ला सहकारी संघका पुर्व अध्यक्ष एव मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जिल्लामा पहिलो पटक जिल्ला संघको संघको साधारण सभाको अवसरमा विभिन्न कार्यक्रम गरिएको भन्दै सबैलाई हार्दिक बधाई ज्ञापन गर्नु भयो ।

समग्र कार्यक्रमको अध्यक्षता गर्नु भएका जिल्ला बचत संघका अध्यक्ष द्रोण प्रसाद भुुसालले कार्यक्रम सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने र सहभागी हुने सबैलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमबाट थप उत्साहित भएको बताउँदै उहाँले नेफ्स्कूनसँग उच्च स्तरको सहकार्य रहने विश्वास दिलाउनुभयो । सन्धिखर्क नगरपालिकाका प्रमुख, कार्यक्रममा प्रत्रकार महासंघका जिल्ला अध्यक्ष, सन्धीखर्क नगरपालिकाका सहकारी शाखा प्रमुखले पनि मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला बचत संघकी उपाध्यक्ष पार्वती भुषालले स्वागत मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रम संञ्चालन सचिव धर्मराज भुसालले गर्नुभएको थियो ।

सो अवसरमा नेफ्स्कून अध्यक्ष पौड्याल, महासचिव अधिकारी र फिल्ड कार्यालय इन्चार्ज धमलाले संघमा आवद्ध जिल्लाका अगुवा साकोसहरुकोको स्थलगत भ्रमण गर्नु भएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप