विरेन्द्रनगर साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विरेन्द्रनगर साकोसको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं । विरेन्द्रनगर साकोस पथरी शनिश्चरेको अयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसको संस्थागत विकास तालिम झापाको बुधबारेमा शनिवार सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष देवी प्रसाद दंगालको अध्यक्षतामा सुरु तालिमको समापन समारोह प्रमुख व्यक्ति नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । तीन दिवसीय तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति, पूर्वसञ्चालक र व्यवस्थापनको गरी २८ जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि घनश्याम अधिकारीले समुदायमा आधारित भएर सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाहमा सफल विरेन्द्रनगर साकोस बचत ऋण अभियानमा गर्व गर्न लायक रहेकोप्रति खुसी व्यक्त गर्नुभएको थियो । साकोसले  सहकारीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुल्य मान्यता सिद्दान्त अनुसार सञ्चालन गर्न सफल भएको र यसलाई अझ परिस्कृत गर्दे निरन्तरता दिनुपर्नेमा उहाँले सुझाव समेत दिनुभएको थियो । 

आज भन्दा झण्डै दुई सय वर्ष पहिले एफ.डब्लु.राईफाईसनको विचार स्व-सहयोग, स्व-उत्तरदायित्व र स्व-शासनको विषय आज पनि सञ्चालकहरुले सदस्यहरुको विचमा लानुपर्ने उहाँले बताउनुभयो । साकोस सञ्चालनमा देशको संरचना अनुसार कानुनी दुविदाहरु रहेको र त्यसलाई समाधान गर्नको निम्ती अभियान निरन्तर राज्यसँग बहस पैरवी गरिरहेको छ, उहाँले भन्नुभयो, “नेफ्स्कूनले साकोस अभियानलाई सुद्धढिकरण गर्दै बलियो बनाउन र आम सदस्यहरुको वचतको सुरक्षा गर्नको लागि स्तरिकरण र स्थिरीकरण कार्यक्रमलाई दुई पाङग्राको रुपमा सँगसँगै अगाडि बढाएको छ ।” समयअनुरुप युग प्रविधिमा रुपान्तरित भइरहेको हुँदा अब साकोसहरु पनि प्रविधिमैत्री हुनुपर्ने र नेफ्स्कूनले यस विषयलाई निकै महत्व दिदै अबको केही समयमा साकोसहरुलाई पूर्णरुपमा प्रविधिमैत्री गराउनको लागि कार्य गरिरहेको र  त्यसका लागि साकोसहरु तयार हुनुपर्नेमा समेत उहाँले प्रष्ट पार्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमलराज अधिकारी र रामकृष्ण भट्टराईले गर्नुभएको थियो ।
 
तालिमका सहभागीहरुले तालिम समापनका अवसरमा प्रतिक्रिया दिँदै संस्थागत विकास तालिम आफैमा उत्कृष्ट रहेको र प्राप्त सिकाइ उपलब्धिहरुलाई पूर्ण कार्यान्वयनमा लान प्रतिबद्धताका साथ लाग्ने हो भने अवश्य सफल भइने विश्वास व्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप