नेफ्स्कूनको न्यूरोड फिल्ड कार्यालय अन्तर्गतका साकोसहरुबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको न्यूरोड फिल्ड कार्यालय अन्तर्गतका साकोसहरुबीच अन्तरक्रिया 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को न्यूरोड फिल्ड कार्यालय अन्तर्गतका सदस्य संस्थाहरुबीच अन्तरलगानी प्रवर्धन विषयक अन्तरक्रिया हिजो साँझ राजधानीमा सम्पन्न भएको छ । नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् न्यूरोड फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक रिना आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । आइएमइ लाइफको सहकार्यमा आयोजित कार्यक्रममा संघका कोषाध्यक्ष दिपक पनेरु, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरले, आइएमइ लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि भूषाल, न्यूरोड फिल्ड व्यवस्थापन उपसमिति सदस्य ठाकुर आचार्य, नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका व्यवस्थापन समूहका प्रतिनिधिहरु लगायत सदस्य संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन प्रणाली प्रभावकारी बनाउन वित्तीय सक्षमताका रणनीति अवलम्बन गर्नुपर्ने चर्चा गर्नुभयो । सहकारी क्षेत्रका समसामयिक विषयहरुको उठान सँगै अध्यक्ष पौड्यालले सहकारीको भविष्य सुनिश्चित गर्ने सवालमा अब सदस्यहरुबीच कसरी जागरण ल्याउन सकिन्छ भन्ने विषयमा घनिभूत छलफल आवश्यक रहेको बताउनुभयो । 

नेफ्स्कूनमा आबद्ध सदस्य संस्था वित्तीय रुपमा सक्षम र सुरक्षित बन्ने दिशामा के कस्ता समस्या छन् तिनलाई प्रष्टसँग छलफलमा ल्याउन र समाधानको स्वरुप खोज्न सहभागीहरुलाई आग्रह गर्नुभयो, उहाँले भन्नुभयो, सदस्यहरुमा छरिएर रहेको पैसा सहकारीमा कसरी ल्याउने हो त्यसको रणनीति विकासतर्फ लाग्नुहोस् । 

संस्थालाई सुरक्षित बनाउन र पर्नसक्ने सम्भावित दुर्घटनाबाट बँच्न स्तरीकरण कार्यक्रमको अनिवार्यता सँगै दिगो संरक्षणका लागि स्थिरीकरण कोषको उपयोगितामाथी चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, अब सहकारी संस्था दुइवटा मापदण्डमा जानुपर्छ, एक स्तरीकरण जसले वित्तीय ढंगले संस्था सुरक्षित र सन्तुलित बन्छ, भने यसबाहेक पर्न सक्ने सम्भावित दुर्घटनाबाट स्थिरीकरण कोषले सुरक्षा प्रदान गर्दछ । सहकारी ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनको तयारी पुरा गरी यहि चैत्रबाट कोषको औपचारिक सुरुवात गर्न गइरहेको जानकारी गराउँदै बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा पनि स्थिरीकरण कोषमा योगदान रकम जम्मा गर्न आव्हान गर्दै सोमबार सूचना जारी गरेको विषय प्रष्ट पार्नुभयो । 

त्यसैगरी साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम अगाडि बढाएको र अब एउटै सफ्ट्वेयर मार्फत ‘ह्यूज रेन्ज’ मा एकीकृत सेवाको उपलब्धता सहज हुने पनि उहाँले जानकारी गराउनुभयो । 
 
नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले विद्यमान तरलता संकट समाधानका लागि हालसम्म नेफ्स्कूनमा आबद्ध कुनैपनि संस्था समस्यामा नपरेको बताउँदै अब यसबाट पर्न सक्ने प्रभावमा गम्भिरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले एक पछि अर्को गरी देखिएका चुनौतीहरु जस्तैः लगातारको कोभिड प्रभाव, राजनीतिक अस्थिरता, रेमिट्यान्समा कमी, आर्थिक क्षेत्रमा परेको यूरोप युद्धको प्रभाव लगायतका विषयहरुले आर्थिक क्षेत्र गम्भिर समस्यामा परेकोप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले सहकारी क्षेत्रमा वित्तीय सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हार्दिकता, विश्वास, समन्वय र आवश्यक छलफलको माध्यमबाट समस्याको समाधान निकाल्न र सहकारी क्षेत्रको आन्तरिक व्यवस्थापन, सुशासन सँगै गुणस्तर सुधारको प्रक्रियामा अगाडि बड्न स्तरीकरण र स्थिरीकरणमा जोडिन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । 

कार्यक्रममा स्वागत गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कोभिड प्रभावका कारण संघ र सदस्य संस्थाबीच पातलिएको भेटघाटमा पुनर्ताजगी ल्याउँदै अभियानका समसामयिक विषयहरुमाथी छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले साकोस सञ्चालन प्रक्रियामा देखिएका जटिलताहरुलाई समाधान गर्दै सुशासन कायम गर्ने दिशामा मितव्ययिता र कुशलता प्रदर्शन गर्न सद्भावपूर्ण सहकार्यका लागि अनुरोध गर्नुभयो ।  

आइएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि भूषालले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान रहेको सहकारी क्षेत्रलाई प्रविधि विकास मार्फत सदस्य केन्द्रीत सेवाप्रवाहमा मूल्य श्रृंखला अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभयो । उहाँले आइएमी गु्रपका सेवाहरुको अपनत्व ग्रहण गरी सदस्य जीवन सुरक्षा योजनामार्फत साकोसले सदस्य केन्द्रीत सेवामा जोडदिन अनुरोध गर्नुभयो । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी नेफ्स्कूनसँग विगत केही बर्षदेखि रणनीतिक साझेदारीको रुपमा काम गर्दै आइरहेको छ । 

कार्यक्रममा नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले नेफ्स्कूनका सेवा तथा व्यवसाय र रणनीतिक मार्गचित्र प्रस्तुतीकरण गर्नुभएको थियो । 

त्यसैगरी आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीका माइक्रो इन्स्योरेन्स प्रमुख ऋषिभक्त ढकालले जीवन विमा योजना र यसमा संलग्न सेवा सुविधासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 
कार्यक्रमको सञ्चालन न्यूरोड फिल्ड कार्यालय इन्चार्ज मनोज कार्कीले गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरुको जिज्ञासालाई संघका अध्यक्ष परितोष पौड्याल र कोषाध्यक्ष दिपक पनेरुले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रिना आचार्यले सहकारी सञ्चालनमा देखिएका समस्याबीच आपसी छलफल र सहकार्यका माध्यमबाट समाधानको नजिक पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “सहकारीका समसामयिक सबाल ठाउँ, परिवेश र परिस्थिति अनुरु सहजीकरण गर्न सहकार्य र सहयात्रा नै सहकारी अभियानबीचको अपरिहार्यता हो, एकका लागि सबै र सबैका लागि एकको सहकारी भावनालाई एउटै टेवलमा बसेर अन्तरंग छलफलबाट पहिचान र समाधान खोज्न सकिन्छ ।”

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप