सुदूरका जिल्ला संघहरुसँग सिकाइ आदान प्रदान कास्कूनको प्राथमिकताः अध्यक्ष पनेरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरका जिल्ला संघहरुसँग सिकाइ आदान प्रदान कास्कूनको प्राथमिकताः अध्यक्ष पनेरु

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का अध्यक्ष दिपक पनेरु नेतृत्वको टोली हालै मोफसलका ३ जिल्ला बचत संघहरु र केही साकोसको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरी फर्किएको छ । सुदूरका जिल्ला संघहरुको अध्ययन अवलोकनसँगै सिकाइ आदान प्रदानको उद्देश्यसहित कास्कून पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति, सञ्चालक सदस्यहरु र व्यवस्थापन गरी १७ जनाको टोली चैत ३ गते भ्रमणमा गई चैत ६ गते फर्किएको हो । देशैभरका बचत संघहरुलाई व्यावसायिक बनाउँदै दिगोपनाको आधार तय गर्न कास्कूनले अवलम्बन गरेका सफल रणनीतिक लक्ष्य, योजना र कार्यक्रमहरु सहयोग, समन्वय र सहकारिता अनुरुप हस्तान्तरण र आन्तरिकीकरणमा भूमिका खेल्न यो भ्रमण आयोजना गरिएको अध्यक्ष पनेरुले बताउनुभयो । 

पहिलो ‘स्टप’ कञ्चनपुर

‘हाम्रो पहिलो स्टप सुदूर पश्चिम प्रदेशको कञ्चनपुर थियो,’ कास्कून अध्यक्ष पनेरुले आज अपरान्ह साकोस आवाजलाई सुनाउनुभयो, ‘त्यसपछि लुम्बिनी प्रदेशका बर्दिया र बाँके जिल्ला बचत संघहरुको भ्रमण गर्यौं । समग्रमा यो भ्रमण ऐतिहासिक र उपलब्धिमूलक रह्यो । कास्कूनलाई मात्र नभई ३ वटै जिल्ला संघका लागि पनि यो भ्रमणले उर्जा, उत्साह र उमंग सञ्चार गरेको ठानेका छौं ।’

हुन पनि हो । भौतिक भेटघाटले भावनात्मक साइनो दरिलो बनाउँदछ । त्यसमा पनि काठमाडौंबाट टाढा सञ्चालित बचत ऋण सहकारीका जिल्लास्तरीय अभिभावक संघहरुसँग यहाँको जिल्ला बचत संघको झण्डै डेढ दर्जन संख्याको सहभागितामा भएको व्यावसायिक अन्तरक्रिया पक्कै पनि फलदायी हुने विश्वास गर्न सकिन्छ ।

'काठमाडौंबाट जाने कतिपयका लागि ती जिल्ला र जिल्ला संघको गतिविधि सम्पूर्णतः नौलो थियो, 'अध्यक्ष पनेरुको प्रतिक्रिया थियो, ‘उहाँहरुले ती ठाउँको भौगोलिक अवस्थिति, सहकारीहरुको अवस्था र जिल्ला संघहरुले गरेका कामकारबाहीबारे स्थलगत अध्ययन अवलोकन गर्ने अवसर पाउनुभयो, भुगोलका कठिनाईहरु बुझ्नुभयो र आफ्नो अनुभवहरु सुनाउनुभयो ।'

संघीय राजधानीबाट भूगोलका दृष्टिले टाढा र धेरै सहकारीकर्मीहरुको अपेक्षित भ्रमणबाट ओझेलमा परेका जिल्लाहरुलाई नै कास्कूनले भ्रमणको प्राथमिकतामा पारेको हो,’ अध्यक्ष पनेरुले भन्नुभयो, ‘यो भ्रमणले कास्कूनसँगका असल अभ्यासहरु, नीति योजना, व्यावसायिक अभ्यासहरु हस्तान्तरण गर्दै आन्तरिकीकरणमा सहयोग पुगेको विश्वास लिएका छौं ।’ 

भ्रमण सिकाइको ‘मोबाइल प्लेटफर्म’

यो भ्रमण साकोस अभियानबीच सम्बन्धमा प्रगाढता ल्याउने, जिल्ला संघहरुबीच भगिनी सम्बन्ध कायम गर्ने र असल अभ्यासहरु आदान प्रदान गर्ने ‘मोबाइल प्लेटफर्म’ बनेको उहाँको भनाइ थियो । प्रारम्भिक समीक्षा, जिल्ला संघका सञ्चालक तथा व्यवस्थापन समूहसँगको औपचारिक अनौपचारिक छलफलबाट प्राप्त प्रतिक्रियाले अध्यक्ष पनेरुको नेतृत्वको जिल्ला संघ पनि कम उत्साहित छैन ।

‘तुलनात्मक रुपमा माथिका ३ जिल्लाहरुमा सहकारीसम्बन्धी जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका आयामहरु प्रबल नभइसेकोले पनि आफुले जानेका बुझेका विषयहरुमा सहजीकरण गर्दा सहकार्य, समन्वय र सहकारिता फस्टाउने भएकाले हामीले रोजेका हौं, ’ कास्कून अध्यक्ष पनेरुले भन्नुभयो, ‘जिल्लामा बचत ऋण सहकारीहरुको संख्या, सदस्यता, पुँजी, कार्यक्रम आदि सबै सानो आकारमा भएकाले पनि तिनको जिल्लास्तरीय अभिभावक संघका साँघुराहरु सोधीखोजी गर्ने र सकेको सहयोग गर्ने मनसाय कास्कूनले राखेको हो ।’

सक्रियतालाई ‘सल्युट’

अड्चन र अफ्ठ्याराहरुबीच ३ वटै जिल्ला संघहरुले देखाएको सक्रियतालाई ‘सल्युट’ गर्न कास्कून देशका कुना काप्चामा पुगेको अध्यक्ष पनेरुले बताउनुभयो । ‘झोलाबाट कोठाहुँदै काठमाडौंका कुना काप्चामा पुगिसकेको कास्कून अब आफ्ना अनुभवहरु र उपलिब्धहरु देशका कुना काप्चामा बाढ्न लालायित छ, अध्यक्ष पनेरुले भन्नुभयो, ‘साँच्चै भन्ने हो भने ती जिल्ला संघहरुको भ्रमणले हिजोको कास्कूनको असहजतालाई पनि एकपटक स्मृतिमा ल्याउने काम गर्यो । हामी नस्ट्याल्जिक पनि भयौं ।’

यसैगरी, मुलुक संघीयतामा प्रवेश गरेपछि सहकारीको तहगत संरचना बेलाबखत प्रश्न बनेर उब्जिइरहेको सन्दर्भमा जिल्लास्थित संघहरुको भूमिकालाई महत्ता दिदैं दर्बिलो उपस्थिति कायम गराउन पनि भ्रमण सार्थक भएको कास्कून अध्यक्षको ठम्याइ छ ।

अध्ययन अवलोकन भ्रमण उर्जाको स्रोत हो । सहकारिताको अभ्यास हो । यस्ता भ्रमणहरु खर्च नभई लगानी हुन् जसको प्रतिफल अल्पकालीन कम दीर्घकालीन अधिक हुन्छ । कास्कूनले पनि यो भ्रमणलाई यही रुपमा लिएको छ । टोलीले बर्दिया जिल्लास्थित सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसको पनि भ्रमण गरी उनीहरुको काम कारबाही, उपलब्धि र चुनौतीहरुबारे गहिरो चासोसहित जानकारी हासिल गरेको थियो ।

कास्कून भ्रमणको निम्तो

भ्रमणका क्रममा नेफ्स्कून–जिल्ला संघ साझेदारी कार्यक्रमको उदाहरणीय जिल्ला संघ कास्कूनको टोलीले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सञ्जालीकरणलाई मजबूत बनाउनुपर्ने विषय पनि राखेको उहाँले जानकारी गराउनुभयो । नेफ्स्कूनका कोषाध्यक्ष समेत रहनुभएका कास्कूनका अध्यक्ष पनेरु नेफ्स्कूनको जिल्ला संघ साझेदारी कार्यक्रम संयोजकको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

‘म जिल्ला संघ साझेदारी कार्यक्रमको संयोजक पनि भएकाले यो विषयमा पनि ३ वटै जिल्ला संघहरुसँग छलफल हुनु स्वाभाविक हो, ’अध्यक्ष पनेरुले भन्नुभयो, ‘जिल्ला संघ साझेदारी कार्यक्रम नेफ्स्कून र जिल्ला संघ दुबैका लागि नै विनविन कार्यक्रम हो । यसको लाभ दुबै पक्षलाई हुने गरी अघि बढ्नुको विकल्प छैन ।’ यसैबीच, अध्यक्ष पनेरुले तीनवटै जिल्ला संघलाई कास्कून भ्रमणको निम्तो पनि दिइएको जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप