महासंघद्वारा सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान गर्ने घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा सिको साकोसलाई  ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान गर्ने घोषणा

पुरस्कारले उर्जा थपेको छः अध्यक्ष अधिकारी

ललितपुर । राष्ट्रिय सहकारी महासंघले ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७८’ अन्तर्गत लुम्बिनी प्रदेशबाट बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मानित गर्ने घोषणा गरेको छ । 

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजना गरेको बिशेष समारोहमा उक्त घोषणा गरेको हो । उक्त पुरस्कार आगामी अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिनेछ । यसअघि सिको साकोसले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नेपालको उत्कृष्ट सहकारी सम्मान स्वरुप २ लाख रुपैयाँ नगद सहित सम्मान पत्र समेत प्राप्त गरेको थियो भने अन्य थुप्रै पुरस्कार र सम्मानहरु पनि संस्थाले प्राप्त गरिसकेको छ ।

यसैबीच, महासंघबाट पुरस्कृत घोषित भए लगत्तै साकोस आवाजसँगको संक्षिप्त कुराकानीमा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले पुरस्कारबाट उत्साह र प्रेरणा थपिएको भन्दै सदस्यहरुको सेवामा थप प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । ‘यो पुरस्कार सदस्यहरुको विश्वास र भरोसाको प्रमाण हो, ’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनका) महासचिव समेत रहनुभएका अध्यक्ष अधिकारीले भन्नुभयो, ‘असल नियतका साथ सदस्यहरुको इच्छा र अपेक्षानुसार काम गर्दै जाँदा सम्मानित हुने अवसर अवश्य पाइन्छ । आज घोषित पुरस्कारको हकदार सिको साकोसको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन समूह र सबैभन्दा बढी हाम्रा सदस्यहरु हुनुहुन्छ ।’ उहाँले सिङ्गो सिको साकोसको टीमलाई धन्यवाद दिनुभयो ।

‘सुशासनलाई केन्द्रमा राखेर वित्तीय अनुशासन र कानुनको परिपालनासहित काम गर्दा मिलेको धापले उर्जा सिञ्चन गरेको छ, ’ अध्यक्ष अधिकारीले भन्नुभयो, ‘राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा प्राप्त सुखद समाचारको बलमा भोलिका दिनहरुलाई थप सदस्यमुखी बनाउने प्रण गर्दछौं ।’ पुरस्कार घोषणा कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत हरिहर पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

 उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुनुहुने भएको छ । उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत घोषणा गरिएको छ । पुरस्कार छनोट उपसमिति संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ संस्थाको नाम घोषणा गर्नुभएको थियो । 

महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो जसमध्ये प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएका हुन् ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप