‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न

सुनसरी । ‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आज सम्पन्न  भएको छ । बचत तथा ऋण सहकारी संघ लि., सुनसरी को आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने गोष्ठीले साकोस सुदृढीकरणका लागि दीर्घकालिन रणनीतिक मार्गचित्र तय गर्ने विश्वास सहभागीहरुले लिएका छन् ।

प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले हिजो उद्घाटन गर्नुभएको गोष्ठी राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् सुनसरी बचत संघकी उपाध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो । 

विशिष्ट अतिथि, अतिथि एवम् स्थानीय साकोस प्रतिनिधिहरु सम्मिलित गोष्ठीमा ५६ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । दुई दिने गोष्ठीमा सहकारी अभियानका समसामयिक विषय, विद्यमान तरलता संकट, साकोसको प्रभावकारी सञ्चालनका लागि सञ्चालक व्यवस्थापक बीचको सम्बन्ध, सहकारीमा आयकर सम्बन्धी कानुनी व्यवस्थाहरुको विषयमा विस्तृत अन्तरक्रिया भएको थियो । 

गोष्ठीको पहिलो दिन नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले वित्तीय संकट र तरलता व्यवस्थाप र राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत राम सुदन तिमिल्सिनाले सञ्चालक र व्यवस्थापन बीचको सम्बन्ध विषयक  प्रस्तुतीकरण  गर्नुभएको थियो । आज नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेबाट सहकारीमा रणनीतिक व्यावसायिक योजना र आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यबाट सहकारी संघ संस्था सम्बद्ध आयकरका कानुनी व्यवस्थाहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी साकोस व्यवस्थापकहरुबाट साकोसको रणनीतिक योजना निर्माणको प्रतिवद्धता समेत जाहेर भएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराउनुभयो । दुइ दिवसीय गोष्ठी साकोस सुदृढीकरणका लागि कोशेढुङ्गा बन्ने विश्वास लिइएको उहाँले व्यक्त गर्नुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप