‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न

सुनसरी । ‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आज सम्पन्न  भएको छ । बचत तथा ऋण सहकारी संघ लि., सुनसरी को आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने गोष्ठीले साकोस सुदृढीकरणका लागि दीर्घकालिन रणनीतिक मार्गचित्र तय गर्ने विश्वास सहभागीहरुले लिएका छन् ।

प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले हिजो उद्घाटन गर्नुभएको गोष्ठी राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् सुनसरी बचत संघकी उपाध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो । 

विशिष्ट अतिथि, अतिथि एवम् स्थानीय साकोस प्रतिनिधिहरु सम्मिलित गोष्ठीमा ५६ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । दुई दिने गोष्ठीमा सहकारी अभियानका समसामयिक विषय, विद्यमान तरलता संकट, साकोसको प्रभावकारी सञ्चालनका लागि सञ्चालक व्यवस्थापक बीचको सम्बन्ध, सहकारीमा आयकर सम्बन्धी कानुनी व्यवस्थाहरुको विषयमा विस्तृत अन्तरक्रिया भएको थियो । 

गोष्ठीको पहिलो दिन नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले वित्तीय संकट र तरलता व्यवस्थाप र राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत राम सुदन तिमिल्सिनाले सञ्चालक र व्यवस्थापन बीचको सम्बन्ध विषयक  प्रस्तुतीकरण  गर्नुभएको थियो । आज नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेबाट सहकारीमा रणनीतिक व्यावसायिक योजना र आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यबाट सहकारी संघ संस्था सम्बद्ध आयकरका कानुनी व्यवस्थाहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी साकोस व्यवस्थापकहरुबाट साकोसको रणनीतिक योजना निर्माणको प्रतिवद्धता समेत जाहेर भएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी गराउनुभयो । दुइ दिवसीय गोष्ठी साकोस सुदृढीकरणका लागि कोशेढुङ्गा बन्ने विश्वास लिइएको उहाँले व्यक्त गर्नुभयो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप