ललितपुर । सहकारी व्यवसाय मर्यादित एवम् प्रविधियुक्त बन्नुको विकल्प नरहेकोमा सरोकारवालाहरुले जोड दिनुभएको छ । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने यस वर्षको सहकारी दिवसको आर्दश वाक्यले सुशासन र प्रविधिलाई जोड दिएको भन्दै वक्ताहरुले मर्यादित सहकारी प्रविधियुक्त हुने र प्रविधियुक्त सहकारी नै मर्यादित हुने भन्दै दुबैबीच अन्योन्याश्रित सम्बन्ध रहेको स्पष्ट पार्नुभयो ।
महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायतको आतिथ्यतामा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आर्दश वाक्यको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियन्ताको आचरण, व्यवहार र आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधियुक्त सहकारी सुशासन र प्रविधि साक्षरतालाई जोड दिनुपर्ने बताउनुभयो । सहकारी दिवको अववसरमा भएको कार्यक्रममा सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा उहाँको प्रस्तुतिकरण समेटिएको थियो ।
सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गदैै दण्ड र जरिवानाको काम सुरु गरिनेमा सचेत गराउनुभयो । उहाँले सहकारी संघ संस्थालाई गोएएमएलमा आवद्ध हुने आग्रह गदैै कोपोमिसको प्रभावकारी कार्यान्वयनले प्रविधिको अवलम्बन सहित सहकारीमा सुशासन कायम हुने दाबी गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दीलबहादुर गुरुङले गुणात्मक सहकारी विकासका लागि थिम सार्थक रहेको बताउँदै विचौलियाको अन्त्य गर्दै उत्पादन र उपभोक्तालाई जोड्ने सहकारी उत्कृष्ट व्यवसाय भएको बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले नविन प्रविधिलाई समयमा नै ग्रहण गर्नुपर्ने बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले प्रविधिमा जोड दिदैं संघले इआरपी विकासमा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले विश्व ऋण परिषद्ले प्रविधिलाई समेटेर च्यालेन्ज–२०२५ जारी गरेको भन्दै त्यसैलाई आधार मानेर नेफ्स्कूनले सदस्यहरुलाई सहज र उन्नत प्रविधि उपलब्ध गराउन समय, स्रोत र साधन खर्च गरिरहेको बताउनुभयो ।
महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको १० बर्षे रणनीतिक योजनामा सहकारीलाई मर्यादित बनाउन र प्रविधिमा जोड्न के के गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको जानकारी गराउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका मित्रराज दवाडी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सल्लाहकार दीपक प्रकाश बाँस्कोटा, भरत प्रधान, डा. उषा झा, रविन्द्र केसीले सहकारीलाई मर्यादित बनाउन पनि आधुनिक प्रविधिको अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि