आज ६५ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ६५ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै

काठमाडौं । आज ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिक संस्थादेखि, जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा समेत विविध सप्ताहव्यापी कार्यक्रमहरु सहित दिवस मनाइदैछ । 

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा राष्ट्रिय सहकारी महासंघले नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम गर्दै आएको छ । महासंघले गत वर्षकै निरन्तरता स्वरुप ६५औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा)  ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको छ । मुलुक कोभिड १९ बाट तंग्रिदै गर्दा सहकारी क्षेत्र पनि प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा ६४ औं राष्ट्रिय सहकारी दिवसमा तय भएको नाराले सार्थकता पनि पाउँदैछ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरिसकेका छन् भने नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्था गरेको छ ।

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने धेरैजसो दिवस लक्षित कार्यक्रमहरु सम्पन्न पनि भइसकेका छन् । 

आज भन्दा ६४ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप