टुगा आस्था विकास साकोस स्थिरीकरण कोषमा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 टुगा आस्था विकास साकोस स्थिरीकरण कोषमा आवद्ध

रुपन्देही । स्थिरीकरण कोष संचालन समिति तथा नेफ्स्कूनको सक्रियतामा बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा संचालन कार्यविधि (२०७६) बमोजिम साकोसहरुको कोषमा आवद्धता अभियानमा टुगा आस्था बिकास साकोस रुपन्देही पनि सहभागी हुँदै आबद्ध भएको छ । नेफ्स्कून संचालक सदस्य सन्दिप सापकोटा तथा बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमलाको बिशेष उपस्थितिमा साकोसको तर्फबाट अध्यक्ष डिबि थापाले कोषमा छुट्टाएको रकम बराबरको चेक हिजो हस्तान्तरण गर्नु भएको थियो ।

स्थिरीकरण कोषको लक्ष्य, उद्धेश्य र अवधारणा बारे संचालकहरुसंग अन्तरक्रियात्मक छलफल गर्दै नेफ्स्कून संचालक सापकोटाले बचत ऋणको कारोबार गर्ने क्षेत्रमा सदैव जोखिम भैरहने हुदाँ कोष कम्तिमा सुशासनमा चलेको संस्थाको रक्षाकवचको रुपमा आएको बताउनु भयो । साकोस र साकोसको सदस्यको लगानी प्रति दीर्घकालीन सुरक्षा हेतु नेफ्स्कूनको पहलमा राज्यले कोष स्थापना गरेको उहाँले बताउनु भयो । अहिले तत्कालको लागि पैसा गुमेको जस्तो लागेता पनि सहभागिताको आधारमा १०औ गुणा वित्तीय सुरक्षाको ग्यारेन्टी गरेको बताउँदै सहकारी अभियानमा जोडिएका सहकारीकर्मीले अरु साकोसहरुलाई पनि सहभागिताका लागि पक्षपोषण गर्नुपर्ने सञ्चालक सापकोटाले आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा प्रोबेसन कार्यदल पदाधिकारी लगायत अन्य संचालकहरुको समेत उपस्थिति रहेको थियो । टुगा आस्था विकास साकोस पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत लुम्बिनी क्लस्टर चौथो समूहमा रहेको साकोस हो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप