एकीकृत जनभावना साकोसको संस्थागत विकास तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत जनभावना साकोसको संस्थागत विकास तालिम सम्पन्न 

धनकुटा । एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि। लेटाङ–२, मोरङको चैत्र २६ देखि २८ गते सम्म संचालित संस्थागत विकास तालिम धनकुटाको नाम्जेमा सम्पन्न भएको छ । साकोसका अध्यक्ष हेरम्बराज भट्टराईको अध्यक्षतामा आयोजित तीन दिवसीय तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी ३० जनाको सहभागिता थियो ।

कार्यक्रमको दौरान संस्थाका सल्लाहकार, नेफ्स्कूनका पूर्व महासचिब साथै मोरङ क्षेत्र नं १ का संघिय सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौला र संस्थाका सल्लाहकार साथै लेटाङ नगरपालिका २ नं वडाका वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाको उपस्थिति थियो ।

कार्यक्रममा वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले एकीकरणलाई तार्किक निष्कर्षमा पु¥याउन सदस्यको हितमा काम गर्न संचालकहरु दक्ष बन्नु पर्ने सहकारीले प्रदान गर्ने सेवालाई परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनु भएको थियो भने लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोख्रेल निरौलाले सहकारी मार्फत जनताको आर्थिक सबलीकरण गर्न सकिने भएकाले सहकारीहरु सक्षम हुनुपर्ने, सहकारीकर्मी इमान्दार र पारदर्शी बन्न सके सदस्य आकर्षण बढ्ने साथै स्थानीय पालिकाहरुमा सहकारीका नीति, विधि एकै किसिमका भए अझ प्रभावकारी हुनेमा जोड दिनुभयो ।

सोही क्रममा संस्थाका सल्लाहकार, नेफ्स्कूनका पूर्व महासचिब साथै मोरङ क्षेत्र नं १ का संघीय सांसद घनश्याम खतिवडाले बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखापर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्ने, संचालक समिति र लेखा सुपरिवेक्षण समितिले स्वःमुल्याङ्कन गरी सोको आधारमा आफुलाई थप ससक्त बनाउने पर्ने, सहकारी संस्थाहरु नीति, बिधि र प्रबिधिको आधारमा चल्नु पर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा सभाध्यक्ष भट्टराईले सहकारीको गुणात्मक विकास, स्थायित्व तथा दीगोपनका लागि बहस, पैरवी गर्न, विद्यमान अवस्थामा सहकारी संस्थाहरूको तरलता व्यवस्थापन लागि ठोस कदम चाल्न आग्रह गर्दै संस्थागत बिकास तालिमको सिकाइलाई सहकारीको विकासमा पूर्ण रूपमा कार्यान्वयन गर्न जोड दिनु भएको थियो । कार्यक्रम सञ्चालन सचिव सुरेश अधिकारीले गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य सन्जयराज तिमिल्सेना र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो ।
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप