काठमाडौं । मुलुकको जेठो सहकारी चितवनको शारदानगरस्थित बखान बहुउद्देश्यीय सहकारी संस्था लि.मा बिशेष साधारण सभामार्फत नयाँ सञ्चालक समिति चयन गरिएको छ । गत चैत १९ गते सम्पन्न विशेष साधारण सभाले भक्त गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो । पूर्व कोषाध्यक्ष रहनुभएका नवनिर्वाचित अध्यक्ष गुरुङका अनुसार निवर्तमान अध्यक्ष रेशमराज गुरुङको निष्कृयताका कारण १ वर्ष कार्यकाल बाँकी रहँदै बिशेष साधारण सभा गर्नुपरेको हो । सबै सहमतिमा नयाँ समिति चुनिएको उहाँले बताउनुभयो । २०१३ साल चैत २० गते बखान ऋण सहकारी समितिका रुपमा स्थापित उक्त सहकारी पछि बहुउद्देश्यीय सहकारीमा परिणत भएको थियो । स्वर्गीय बखान सिंह गुरुङको अग्रसरतामा स्थापित उक्त संस्थालाई मुलककै जेठो सहकारी मानिन्छ । अध्यक्ष गुरुङ सहकारीका संस्थापक स्वर्गीय बखानसिंह गुरुङका सालीपट्टीको नाति हुनुहुन्छ ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१८ दिन अगाडि
३६ दिन अगाडि
२४ दिन अगाडि
९ दिन अगाडि
२७ दिन अगाडि
२७ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
३४ दिन अगाडि