बखान बहुउद्देश्यीय सहकारीको बिशेष साधारण सभा, भक्त गुरुङको अध्यक्षता नयाँ सञ्चालक समिति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बखान बहुउद्देश्यीय सहकारीको बिशेष साधारण सभा, भक्त गुरुङको अध्यक्षता नयाँ सञ्चालक समिति

काठमाडौं । मुलुकको जेठो सहकारी चितवनको शारदानगरस्थित बखान बहुउद्देश्यीय सहकारी संस्था लि.मा बिशेष साधारण सभामार्फत नयाँ सञ्चालक समिति चयन गरिएको छ । गत चैत १९ गते सम्पन्न विशेष साधारण सभाले भक्त गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो । पूर्व कोषाध्यक्ष रहनुभएका नवनिर्वाचित अध्यक्ष गुरुङका अनुसार निवर्तमान अध्यक्ष रेशमराज गुरुङको निष्कृयताका कारण १ वर्ष कार्यकाल बाँकी रहँदै बिशेष साधारण सभा गर्नुपरेको हो । सबै सहमतिमा नयाँ समिति चुनिएको उहाँले बताउनुभयो । २०१३ साल चैत २० गते बखान ऋण सहकारी समितिका रुपमा स्थापित उक्त सहकारी पछि बहुउद्देश्यीय सहकारीमा परिणत भएको थियो । स्वर्गीय बखान सिंह गुरुङको अग्रसरतामा स्थापित उक्त संस्थालाई मुलककै जेठो सहकारी मानिन्छ । अध्यक्ष गुरुङ सहकारीका संस्थापक स्वर्गीय बखानसिंह गुरुङका सालीपट्टीको नाति हुनुहुन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप