फ्रान्सेली (फ्रेञ्च) सहकारीहरुले विश्व सहकारी अभियानको २५ प्रतिशत कारोबार हिस्सा ओगटेका छन् । हालै सार्वजनिक तथ्याङ्क अनुसार फ्रेञ्च सहकारीहरुले संयुक्त रुपमा ३४४.७५ विलियन अमेरिकी डलरको बार्षिक कारेबार गर्दछन् । कारोबारका आधारमा फ्रेञ्च, अन्य युरोपेली मुलुकहरुसँगै विश्वका १ सय ठूला सहकारीहरुको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो । युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरुको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको पाइएको छ । युरोपका १ सय ठूला सहकारीहरुमा २३ वटा फ्रेञ्च, १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् ।
विश्वका १ सय ठूला सहकारीहरुले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् जसमध्ये २५ लाख बढी (८० प्रतिशत) त युरोपेली सहकारीहरुमै खपत भएको छ । रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ । जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । फ्रान्सेली सहकारीहरुले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन् । स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ । जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत तथा अमेकिारले १०.१ प्रतिशत कारोबार योगदान गरेको पाइएको छ ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९५५ दिन अगाडि
९५९ दिन अगाडि
९६३ दिन अगाडि
२८३ दिन अगाडि
२८९ दिन अगाडि
३२७ दिन अगाडि
३३६ दिन अगाडि
३४१ दिन अगाडि