पूनर्गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूनर्गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं । संविधान एवम् प्रशासनविद् काशिराज दाहालको अध्यक्षतामा पूनर्गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहिलो बैठक आज बसेको छ । बैठकले ११ वटा समस्याग्रस्त सहकारीको सम्पति तथा दायित्व बारे जानकारी लिने काम गरेको सदस्य सचिव केशव पौडेलले साकोस आवाजलाई बताउनुभयो । 

गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई समितिको अध्यक्ष  र पूर्व सहसचिव केशवराज आचार्यलाई सदस्य नियुक्त गरेको थियो । सहकारीविज्ञका रुपमा राष्ट्रिय सहकारी महासंघले सञ्चालक डी.बी. बस्नेतलाई मनोनित गरेको थियो । यसअघि महासंघबाट सञ्चालक टीका बुढाथोकीले समितिमा प्रतिनिधित्व गर्नुभएको थियो । समितिमा दुई सहकारी विज्ञको पद अझै रिक्त छ ।

सहकारी ऐन २०७४ को दफा १०५ मा समस्याग्रस्त घोषित सहकारी संघसंस्थाको व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सरकारले व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था उल्लेख छ । सोही अनुसार २०७४ माघ ८ गते गौरीबहादुर कार्कीको अध्यक्षतामा समिति गठन भएको थियो  । त्यसयता युवराज सुवेदी र कुमारप्रसाद पोखरेलले समितिको नेतृत्व गर्नुभएको थियो ।
 
सरकारले २०७० मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त सहकारीको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । जसले १ सय ५३ वटा सहकारी समस्याग्रस्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप