बर्दियाको विश्वासिलो साकोसको एकीकरण अभियानमा थप ३ सहकारीको साथ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियाको विश्वासिलो साकोसको एकीकरण अभियानमा थप ३ सहकारीको साथ

भुरिगाउँ (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मढेलामा केन्द्रीय कार्यालय रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थामा थप ३ वटा सहकारी एकीकरण भएका छन् । सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा रिजालका अनुसार लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी दर्ता अधिकारीको कार्यालय दाङको स्वीकृतिमा गत ४ वैशाखमा विश्वासिलो, बारबर्दिया नगरपालिका ६ को निगरानी महिला कृषि सहकारी संस्था लि., बारबर्दिया नगरपालिका १० को दिया महिला कृषि सहकारी संस्था लि. र मधुवन नगरपालिका १ को पारिजात महिला कृषि सहकारी संस्था लि.बीच एकीकरण भएको हो । यसअघि १ असोज ०७६ मा पनि ३ वटा सहकारीबीच एकीकरण भएको थियो । बचत र ऋण जिल्लाकै सबैभन्दा ठूलो सहकारी विश्वासिलोको गत वर्षदेखि जिल्लाका सबै ८ वटै स्थानीय तहमा गरी २० सेवा केन्द्र छन् । सहकारीले ६० करोड ५७ लाख २६ हजार रुपैयाँको कारोबार गरेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिनुभयो । सहकारीमा १९ हजार ७ सय १५ सदस्य छन् । ३ जेठ २०५२ मा स्थापना भएको यो सहकारी २८ जना मात्र शेयर सदस्य र २८ हजार शेयर पूँजीबाट सुरु भएको हो । संस्थाले बढीमा ५० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । सहकारीमा ६५ जना कर्मचारी कार्यरत छन् । विश्वासिलोले सदस्यलाई मोबाइल एप्स, इन्टरनेट बैकिङ, एसएमएस अलर्ट सेवा प्रदान गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप