न्यू धौलागिरि साकोसको रणनीतिक व्यावसायिक योजना निमार्ण कार्यशाला 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
न्यू धौलागिरि साकोसको रणनीतिक व्यावसायिक योजना निमार्ण कार्यशाला 

म्याग्दी । जिल्लाको बेनी नगरपालिका ८ स्थित न्यू धौलागिरि साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला बैशाख ८ गते देखि १० गते सम्म धौलागिरी गाउँपालिका वडा नं.३ को सभाहलमा सञ्चालनरत छ । कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्षले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख आतिथ्यता धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गर्नुभएको थियो भने बिशिष्ट आतिथ्यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर खत्री तथा आतिथ्यता नेफ्स्कूनका सहजकर्ताद्वय बिदुर खड्का र सुमनराज घिमिरे एवं संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल र संस्थाका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो । 

उदघाटन कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सूपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति, व्यबस्थापन र सम्भावित सदस्यहरु तथा गाउँपालिकाका अध्यक्ष र प्रशासकिय अधिकृत सहित ४१ जनाको सहभागिता थियो । प्रमुख अतिथिले सहकारी संस्था स्वनियमनमा रहनु पर्ने, सदस्यमैत्री सेवा प्रवाह गर्नुपर्ने, संचालकहरु इमान्दार हुनुपर्ने, सहकारीले दुरदराजमा सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

संस्थाका सचिव चन्द्र कुमार के.सी.ले संचालन गर्नु भएको कार्यक्रम संस्थाका संचालक सदस्य भिम बिक्रम मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कार्यशालाको महत्व सहभागीहरुको भूमिका आदि बिषय प्रष्ट पार्नुभएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले शुभकामना मन्तव्यका क्रममा रणनीतिक व्यावसायिक योजनाको महत्व र औचित्य स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा सम्भावित सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम नेफ्स्कूनका सहजकर्ताद्वयले सञ्चालन गनुभएको थियो । संस्थाका कार्यबाहक अध्यक्ष रामजी प्रसाद सुबेदीले सदस्य सेवा बिस्तारको लागि धौलागिरि गा.पा. वडा नं. ३ मा सेवाकेन्द्र स्थापना गर्न लागेको जानकारी गराउदै कार्यक्रम समापन गर्नुभएको थियो । तीन दिवसीय कार्यशाला गोष्ठीको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्का र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप