गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकासँग आधारशिला कार्यक्रममा आज सम्झौता भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास आदिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम हो आधारशिला । गाउँपालिकाको कार्यालयमा आज भएको सम्झौता कार्यक्रममा पालिकाकी कार्यवाहक अध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सहकारी शाखा प्रमुख नवराज घिमिरे र नेफ्स्कूनका तर्फबाट संघको पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला लगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष भण्डारीले नेफ्स्कूनले सञ्चाललन गरेको आधारशिला कार्यक्रमले पालिकाका सहकारीहरुको संस्थागत विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । गुल्मीदरबार गाउँपालिका भर हाल विभिन्न प्रकृतिका गरी २१ वटा सहकारीहरु सञ्चालनरत छन् ।
६ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
३४ दिन अगाडि
८ दिन अगाडि
२३ दिन अगाडि
२६ दिन अगाडि
२६ दिन अगाडि
२६ दिन अगाडि
२४ दिन अगाडि
३९ दिन अगाडि