कोपोमिसमा डाटा प्रविष्टि नगर्ने सहकारीको करचुक्ता प्रमाणपत्र रोकिनेः रजिष्ट्रार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोपोमिसमा डाटा प्रविष्टि नगर्ने सहकारीको करचुक्ता प्रमाणपत्र रोकिनेः रजिष्ट्रार

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन नगर्ने सहकारीहरुले करचुक्ता प्रमाणपत्र नपाउने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को संयुक्त आयोजनामा आज विभागमा आयोजित कोपोमिस अभिलेखिकरण अभिबृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा रजिष्ट्रार पण्डितले आगामी असारभित्र सम्पूर्ण सहकारीले कोपोमिसमा अफ्ना डाटा प्रविष्टि गर्नुपर्नेमा जोडदिनुभएको हो । उहाँले कोपोमिसमा डाटा प्रविष्टि गर्न अटेरी गर्ने सहकारी संघ संस्थाको करचुक्ता प्रमाणपत्र साथै सरकारले उपलब्ध गराउँदै आएका अनुदान सहयोग समेत रोक्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । 

सहकारी क्षेत्र सुदृढीकरणका लागि सरकारले २०७५ सालदेखि कोपोमिस कार्यान्वयमा ल्याएको भएपनि हालसम्म सहकारीहरुले सो को कार्यान्वयनमा दतारुकता नदेखाउँदा  सहकारी क्षेत्रको बास्तविक डाटा पहिचान हुन नसकेको उहाँले बताउनुभयो । कोपोमिसभन्दा पछि सुरु भएका अन्य सफ्टवेयरहरु पूर्ण कार्यान्वयमा आइसक्दा समेत कोपोमिस पूर्ण प्रयोगमा नआउनु विडम्बना भएको उहाँले जिकिर गर्नुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारले अगाडि सारेको कोपोमिस अत्यन्त प्रभावकारी विषय रहेको बताउँदै यसको सफल कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहको भूमिकामा प्रष्ट हुनुपर्ने विचार राख्नुभयो । जबसम्म तीन तहबीच साझा बुझाई र एकीकृत कार्यप्रणाली विकास हुँदैन तबसम्म कोपोमिस मात्र होइन सहकारी क्षेत्रका अन्य गतिविधिहरु पनि प्रभावकारी रुपले अगाडि बढ्दैनन्, उहाँले जोड्नुभयो । 

सुशासित र सुदृढ सहकारी संस्था निर्माणका लागि अब डिजिटलाइजेशन, डिजिटल इन्क्लूजन र क्यासलेस सोसाइटिको विषय निर्विकल्प भएको विचार राख्दै नेफ्स्कूनले यी विषयलाई लक्षित गरेर सृजनात्मक काम अगाडि बढाएको चर्चा गर्नुभयो । अध्यक्ष पौड्यालले भन्नुभयो, “सहकारी अभियानलाई सुशासित, एकीकृत र गुणस्तरीय बनाउन नेफ्स्कूनले एकीकृत प्राविधि व्यवस्थापनमा जोड दिएको छ, जहाँ एउटै संरचनामा एकसाथ १६ वाट विषयहरुको समाधान गर्न सकिन्छ, यसमार्फत कोपोमिस प्रणाली व्यवस्थापनका लागि समेत स्पेस छुट्याइन्छ ।” हिजोमात्रै स्थिरीकरण कोष पूर्ण सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको जानकारी सहित अब नेफ्स्कूनले कोपोमिस कार्यान्वयन र कर्जा सूचना केन्द्रको कामलाई पहिलो प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । 
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी अभियानको तर्फबाट कोपोमिस कार्यान्वयका लागि सहजीकरण गर्ने बचतबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीमार्फत अयोजना हुने हरेक तालिम तथा कार्यक्रमहरुमा अनिवार्य रुपमा कोपोमिस कार्यान्वयका लागि प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । 

सहकारी मन्त्रालयका उपसचिव रामकुमार सापकोटाले सहकारी ऐन तथा नियमावलीमा स्पष्ट रुपमा उल्लेख भएको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा आबद्ध हुनुपर्ने भन्ने प्रावधान कसैका लागि पनि अमान्य हुन नहुने उल्लेख गर्नुभयो । सहकारी महासंघ, केन्द्रीय विषयगत संघहरु र प्रारम्भिक सहकारीहरुले कोपोमिसको प्रभावकारी कायान्वयनमा सन्दर्भमा राख्नुभएको सुधारात्मक सुझावहरुको प्रशंसा गर्दै सबैले हातमा हात र साथमा साथ मिलाए सृदुढ सहकारी निर्माणमा योगदान पुग्ने विचार राख्नुभयो । 

नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठकले यही वैशाख २९ गतेसम्म कोपोमिस कार्यान्वयन नगर्ने सहकारीलाई कारवाही गर्ने प्रक्रियामा पुगेको बताउनुभयो । उहाँले अब सहकारीको नाक देखाएर मात्र नहुने भन्दै गरिखाने संस्था निर्माणमा जोड दिन पनि कोपोमिसलाई प्रभावकारी वनाउने, कर्मचारीहरुलाई प्राविधिक तालिमको व्यवस्थापन गर्ने र विद्यमान समस्याहरुको मसिनोसँग छलफल गरेर अगाडि बढ्न आवश्यक सहजीकरणका लागि विभागसमक्ष अनुरोध गर्नुभयो । 

कार्यक्रममा जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामहरी बजगाईं, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, मध्यपुर ठिमी नगरपालिकाका सहकारी शाखा प्रमुख, पत्रकार, प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुले कोपोमिसको प्रभावकाराी कार्यान्वयनका लागि गर्नुपर्ने सुधारहरुका सम्बन्धमा सुझाव राख्नुभएको थियो ।  

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विभागसँगको समन्वयमा नेफ्स्कूनले कोपोमिस तालिमहरु आयोजना गरेको, सदस्य संस्थाहरुलाई कोपोमिसमा आबद्ध हुन अभिप्रेरित गरिरहेको र संघले हरेक महिना कोपोमिसमा प्रतिवेदन अद्यावधिक गरिरहेको जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा कोपोमिस प्रणालीमा गरिएको सुधार, परिमार्जित विशेषताहरु, सहकारी विभागको अपेक्षा, सुधारका लागि प्रस्तावित कार्यहरु, चुनौतिहरु र अबको गन्तव्य सम्बन्धमा विभागबाट कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । 

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघ, जिल्ला बचत संघ, स्थानीय निकाय, प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि एवं व्यवस्थापकहरु र विभागका कर्मचारीहरुको  सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सिजेएनका कोषाध्यक्ष प्रयास श्रेष्ठले गर्नुभएको थियो । 
  
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप