‘साकोसले सदस्यको आर्थिक सबलतामा ध्यान दिनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसले सदस्यको आर्थिक सबलतामा ध्यान दिनुपर्छ’

काठमाडौं । ज्ञानज्योति महिला उत्थान साकोस, शंखमुल काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा ज्ञानज्योति महिला उत्थान साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । । आयोजक साकोसकी अध्यक्ष विना बुधाचार्यको अध्यक्षतामा आयोजित तालिमको समापन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले महिलाहरुमा अधिकारको हस्तान्तरणको विश्वव्यापी विकासक्रम तथा ईतिहासको चर्चा गर्दै सहकारीमार्फत महिलाहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न सहयोग पुगेको विचार व्यक्त गर्नुभयो । महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन साकोसले सिर्जनात्मक कार्यशैलीमार्फत उद्यमशीलता विकास र आय श्रृंखलामा जोड्न अहम् भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । 

सदस्यहरुलाई गुणस्तरीय जीवन जिउन, महिलाहरुको नेतृत्व विकास गर्न र महिलाहरुलाई प्रविधिमैत्री बनाउनको लागि साकोसले प्रविधि सम्बन्धी शिक्षा विकासमा जोड दिनुपर्छ भन्दै अध्यक्ष पौड्यालले सदस्यहरुको आर्थिक, समाजिक, सांस्कृतिक विकास साथै भावी पुस्ताका लागि पर्यावरण जोगाउने कुरामा समेत साकोसले कार्य गर्न अनुरोध गर्नुभयो । 

साकोसकी अध्यक्ष वुधाचार्यले समुदायमा आधारित महिलाद्वारा सञ्चालित ज्ञानज्योति साकोसले संस्थागत सुशासन कायम गर्दै निरन्तर सदस्य सेवामा केन्द्रीत रहेको साथै महिलाहरुको व्यक्तित्व तथा क्षमता विकासका लागि कार्यगरिरहेको स्पष्ट पार्नुभयो । नेफ्स्कूनले पनि सुदृढ साकोस निर्माणका लागि महत्पूर्ण कार्यक्रमहरु मार्फत सहयोग गर्दै आइरहेको र यस्ता कार्यक्रम तथा क्षमता विकासका गतिविधिहरु अझ बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । साकोसहरुको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष सञ्चालनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरी सहकारी विभाग समक्ष दस्तावेज बुझाएको विषयप्रति निकै खुसी लागेको अध्यक्ष वुधाचार्यले अभिव्यक्ति दिनुभयो ।  

वैशाख १० र ११ गते सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन गरी २३ जनाको सहभागिता रहेकोे थियो । तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप