भक्तपुर बचत संघद्वारा कर्मचारीहरुका लागि कर तथा कोष व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघद्वारा कर्मचारीहरुका लागि कर तथा कोष व्यवस्थापन तालिम सञ्चालन

भक्तपुर ।  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको छ । 

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको कर तथा कोष व्यवस्थापन उच्च व्यवस्थापनका कर्मचारीको काम भएकोले सोबारे क्षमता बृद्धिमा तालिमले टेवा पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संघ संस्था बीचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशत लागु हुुनु अव्यवहारिक र अन्यायपूर्ण रहेको भन्दैं सुधारको लागि सम्बन्धित निकायमा अवाज उठाउदैं आएको बताउनुभयो । सहकारी संस्थाहरुमध्ये ७० प्रतिशत सहकारी संस्था स्थानीय तह अन्र्तगत सञ्चालनमा रहेकोले स्थानीय चुनावमा सहकारीको विकासका एजेन्डाबारे सहकारीकर्मी सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाले कर तथा कोष व्यवस्थापन सहितको आर्थिक विवरणबारे अध्ययन तथा जानकारी राख्नसकुन् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पुर्याउने विचार व्यक्त गर्नुभयो ।

उपसमितिका सदस्य विकुलाल सुवालले धन्यवाद मन्तव्य दिदैं सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राख्नुभयो । सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाले कोष व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो । 

तालिमको समापन समारोह संचालन उपसमितिका सदस्य चन्डिका छुंकाले गर्नुभएको थियो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिएस, कोष बाँडफाँड, कोषको उपयोगिता लगायतका विषयहरु सिकेको बताउनुभयो । 

तालिममा संस्थामा कार्यरत ३२ जना कर्मचारीहरुको सहभागिता थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप