अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

नवलपरासी । गैडाकोट–१६ अमरापुरीमा रहेको अमर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष प्रजापति कंडेलको अध्यक्षतामा सुरु भएको तालिममा सचिव श्यामसुन्दर लामिछाने र कोषाध्यक्ष आनन्दकुमार पंगालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

साकोसका सचिव लामिछानेले तालिमलाई बढीभन्दा बढी अन्र्तक्रियात्मक बनाएर तालिमबाट प्राप्त ज्ञान सीपको उपयोगितामा जोड दिन सहभागीहरु समक्ष अनुरोध गर्नुभयो । कोषाध्यक्ष पंगालीले तालिम कर्मचारीहरुको क्षमता विकासमार्फत संस्थागत विकास र सफलतासँग जोडिने हुँदा तालिमबाट भरपुर लाभ हासिल गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष कंडेलले तालिम प्रभावकारी बनाउन र कर्मचारीहरुलाई पुनर्ताजगीकरण समेत होस् भन्ने हेतुले कार्यालयभन्दा बाहिर तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कर्मचारी संस्था सञ्चालनको मेरुदण्ड भएकोले सक्षम र क्षमतावान् कर्मचारी विकासमा जोड दिनुपर्ने विचार राख्दै तालिम पश्चात् संस्थागत गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।  

वैशाख १७ र १८ गते चितवनको कविलास रिसोर्टमा  सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिममा साकोसका १४ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन साकोसका सञ्चालक सदस्य चन्द्र प्रसाद पराजुलीले गर्नुभएको थियो । 

कर्मचारीहरुलाई तालिम प्रदान गरेसँगै वैशाख १९ गते साकोस नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम -प्रोबेसनमा आबद्ध भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप