युगको गन्तव्य :  वि. स. २१०० सम्ममा वित्तीय सहकारी अभियानका प्राथमिकताहरू 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युगको गन्तव्य :  वि. स. २१०० सम्ममा वित्तीय सहकारी अभियानका प्राथमिकताहरू 

गौरवपूर्ण इतिहासका तीन दशकमा बचत ऋण सहकारी अभियानले हासिल गरेका अनुभव, उपलब्धी, आन्तरिकीकरण गरेका उच्च प्रविधि र कुशल अभ्यासका माध्यमबाट जुन शक्ति सञ्चय भएको छ, यसको जगमा टेकेर अर्थराजनीतिक रुपान्तरणको आयामलाई पूर्णता दिनु युगको माग हो । समुन्नत, स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको पुर्वाधारका लागि वर्तमान तीन खम्वे अर्थराजनीति महत्वपूर्ण र अनिवार्य संवैधानिक आयाम हो । समावेशी लोकतन्त्रका आधारभूत विषयमा सहकारी अभियानले विकास गरेका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय लोकतन्त्रका विषयमा सहकारी अभियान उत्तरदायी र जवाफदेही हुनु पर्दछ । समाजवादी आधार तयार गर्न उत्पादन सम्वन्धको वैज्ञानिक आधारको रुपमा वित्तीय सहकारी अभियान मार्फत सहकारीका सदस्यहरुको आर्थिक विकास र गुणस्तरीय जीवनको प्रवर्धन गर्नु पर्दछ । यसको लागि वचत ऋण सहकारी संघ र संस्थाहरु सम्पूर्ण वित्तीय समाधानको रुपमा वृद्धि र विकसित हुनु पर्दछ ।

वित्तीय सहकारी अभियानलाई समृद्ध नेपालका ४ लक्ष्यहरु (उच्च समतामुलक राष्ट्रिय आय, मानव पुँजी निर्माण र सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता र उच्च र दिगो उत्पादन र उत्पादकत्व) र सुखी नेपालीका ६ लक्ष्यहरु (परिस्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, सुशासन,  सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान)  र गन्तव्यसँग जोडनु पर्दछ । वित्तीय सहकारीले व्यावसायिक रुपमा राज्यले तोकेका रुपान्तरणका सम्वाहक पक्षसँग जोडेर आफ्ना क्रियाकलापलाई केन्द्रित गर्नु पर्दछ । २१०० सम्मको युगीन कार्यभार पुरा गर्न वित्तीय अभियानले प्रस्तुत प्राथमिकताहरु परिभाषित गर्नु पर्दछ ।

वित्तीय सहकारीलाई आर्थिक लोकतन्त्रको सौन्दर्यको रुपमा वृद्धि र विकास गर्नु  

नेफ्स्कून तीन दशकको ऐतिहासिक उपलब्धी र गरिमाकासाथ वित्तीय सहकारीको अभियानको मार्गदर्शकको रुपमा स्थापित छ । न्युन अवस्थावाट उच्च अवस्थामा र सरलतावाट जटिलता तर्फको यात्राको यो संगीन मोडमा हामी उभिएका छौ । पुर्वाधार, सामाजिक पूँजी र उच्च प्रविधिको आधारमा दिगो विकास गन्तब्यलाई संवोधन गर्न नेफ्स्कूनको नेतृत्वले सैद्धान्तिक पक्षको गतिशीलता, नैतिक पक्षको नेतृत्व र प्राविधिक पक्षको सामथ्र्यमा जोड दिदै आएको छ । यो युगको कार्यभार पुरा गर्न समय सापेक्षित नवसिर्जना, स्रोत र साधनको प्रभावकारी उपयोग र मानव संशाधनको कुशल व्यवस्थापनका लागि आगामी कार्यदिशा परिभाषित गर्नु पर्दछ । 

सहकारी संस्थामा सदस्यको स्वामित्व, नियन्त्रण र फाइदाको लागि मानिसहरु संगठीत भई व्यवसायमा संलग्न हुन्छन् । विनियम र नीति निर्माण मार्फत सहकारी संस्थामा सञ्चालित सेवा उपभोग गर्ने सदस्यहरुले निर्णय प्रक्रियामा स्वामित्व र अपनत्वको अनुभूति गर्दछन । संस्थाको वृद्धि र विकासका लागि वित्तीय सहकारी संस्थाहरु समुदायमा आधारित र सदस्य केन्द्रित भई वित्तीय समाधानको लागि विधि, नीति र प्रविधिको अभ्यासले जीवनस्तर विकास गर्दछन । 

संस्थाहरुले आफ्नो सञ्जाल व्यवस्थापनको स्वामित्व लिन सञ्जालमा अनिवार्य आवद्ध हुन्छन् । संस्थामा एक व्यक्ति एक मतको आधारमा निर्वाचित सञ्चालक समिति र लेखा समितिको आवधिक निर्वाचन हुन्छ । सञ्चालक समितिमा समावेशी सहभागिता, सञ्चालक समितिमाथि अविश्वासको प्रस्ताव राख्न पाउने व्यवस्था र महत्वपूर्ण विषयमा साधारणसभाको निर्णय गर्ने प्रावधान र संस्था सञ्चालनका प्रक्रियाले सहकारीलाई लोकतन्त्रको उत्तम अभ्यासको थलोको रुपमा प्रमाणित गर्दछ । साधारणसभाको सर्वोच्चता, आवधिक प्रतिवेदन, सञ्चालक समितिको मातहतमा व्यवस्थापन, साधारण सभाको मातहतमा सञ्चालक समिति रहने व्यवस्था तथा नीति, कार्यक्रम र वजेटको अनुमोदन साधारण सभावाट हुने व्यवस्थाले सहकारीलाई लोकतन्त्रको सुन्दर नमुनाको रुपमा स्थापित गरेको छ । यीनै मुल्य, मान्यता र सिद्धान्तको मार्गदर्शनमा सहकारी संस्थाको, स्तरीकरण, नियमन र प्रवर्धन आउने युगको माग हो ।

वौद्धिक औजार र उच्च प्राविधिक उपकरण मार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान  

वौद्धिक औजारको रुपमा वित्तीय समावेशीकरण अविष्ट पुरा गर्न लक्ष्य र उद्देश्य सहित साकोसहरुको स्थायित्व र सुरक्षाको प्रत्याभूति दिन वित्तीय सक्षमतामा अवको ध्यान केन्द्रित हुन पर्दछ । उच्च र समतामुलक राष्ट्रिय आयको गन्तव्य पुरा गर्न कमजोर वर्ग र कम आय भएको समुहलाई सुफथ मुल्यमा वित्तीय सेवा र उत्पादनको प्रभावकारिता साकोेसको आधारभूत र मुख्य  हो । सदस्यहरुको जीवनस्तर विकासको लागि आवश्यक प्रविधि र मानव संशाधनको विकासमा सहकारी अभियानको लक्ष्य निर्देशित हुनु पर्दछ । अव आधुनिक वित्तीय वजारमा आफनो प्रतिस्पर्धात्मक स्थान र सदस्यको विश्वासलाई कायम राख्न सहकारी अभियानले ठुलो फड्को मार्नु पर्दछ । उच्च प्रविधिको विकास र विद्यूतीय प्रणालीको अपरिहार्यता, वेभ अनुप्रयोगहरुको विकासले हाम्रा सम्भावनालाई प्रचूर वनाएका छन । यी सम्भावनालाई सम्भव वनाउन हामीले हाम्रा अभियान्ता कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र आधुनिक मानवलाई दिनु पर्ने सम्पूर्ण सम्मान दिन सक्षम हुनु पर्दछ । उन्नत मानवको रुपमा विकास गर्न समय सापेक्षित ज्ञान, सीप र धारणाको विकास गर्न उनीहरुलाई प्रशिक्षित गर्नु पर्दछ ।  सदस्यको सन्तुष्टिनै वित्तीय सहकारी अभियानको अनिवार्य र महत्वपूर्ण सर्त हो । सदस्यको सम्पत्तीको सुरक्षा, उनिहरुको विकास र उन्नत समुदायको निर्माणमा सहकारी अभियानले संस्थामा सुशासनको महत्वपूर्ण भुमिका हुन्छ । 

संघीय संरचनामा परिभाषित कार्यक्षेत्रमा सम्वन्धित कानुनी संहीताको पालना गर्ने, नीतिको नेतृत्वमा संस्थाको सञ्चालन, व्यवस्थापन र विकास गर्ने र सदस्यको उच्च प्राविधिक उपकरण र  अनुप्रयोगलाई प्रयोग गर्न सक्षम वित्तीय अनुशासन कायम राख्न सक्ने सदस्यको विकास गरि राष्ट्र निर्माणमा योगदान पुर्याउनु पर्दछ । आउने दिनहरुमा अभियानलाई मार्गदर्शन गर्ने नेतृत्वदायी परिकल्पनाको सामर्थ्य भएका अभियान्ताहरुको विकासमा हाम्रो जोड पुग्नु पर्दछ । उच्च र दिगो उत्पादन र उत्पाकत्व वृद्धि गर्न सहकारीका सदस्यहरुलाई दिगो वित्तीय सेवा दिनु पर्दछ । आधुनिक सेवामा पहुँचका लागि संस्थाले वित्तीय सक्षमताको विकास, विद्युतीय समाधानको विकास मार्फत ज्ञान विज्ञानका पछिल्ला उपलब्धिलाई आत्मसात गर्नु पर्दछ । 

सहकारीले वित्तीय क्षेत्रमा उत्पादनका साधनको प्रभावकारी सञ्चालन गर्नसक्ने, उच्च प्राविधिक र सन्तुष्ट कर्मचारी पङ्तीको निर्माण मार्फत सदस्यहरुको सन्तुष्टिलाई सम्बोधन गर्नु पर्दछ । विश्वव्यापी रुपमा विकास र अभ्यास भएका औजार, उपकरणको प्रयोगमा सहकारी सदस्यहरुलाई अभ्यस्त बनाउनु पर्दछ । सदस्यहरुमा वित्तीय पहुँच र वित्तीय अवसरको खोज गर्न सक्षम बनाउने विषय नै वित्तीय समावेशीकरण हो । मानिसमा धन सिर्जना, निस्कृय आयको वृद्धि, पूँजीको चक्रवृद्धि, समाजमा पिछडिएका समुदाय देखी अगुवा वर्गसम्मलाई सम्पूर्ण वित्तीय समाधान दिन सक्षम तथा अन्तरसम्वन्धि अभियानको निर्माणमा नेफ्स्कूनले मार्ग प्रशस्त गर्नु पर्दछ । 

मानव पूँजी निर्माण र सम्भावनाको पूर्ण उपयोग मार्फत सदस्यको लाभावृद्धि नै सहकारी संस्थाको मुल लक्ष्य हो । वचत प्रोत्साहनको माध्यमवाट ऋण लगायतका सेवाको प्रतिस्पर्धात्मक व्याजदर निर्धारण गर्नु पर्दछ । संस्थाको वित्तीय सक्षमता संगै संस्थाले सेवाका सर्त र सेवाका दरलाई प्रतिस्पर्धात्मक वनाई सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय अधिकारको प्रत्याभूति गर्न पहल गर्नु पर्दछ । आर्थिक लाभावृद्धिको लागि नीजि लगानीको प्रवर्धन, चुनौतिपूर्ण आयोजनाको प्रवर्धन, स्वरोजगारको सिर्जना, साना उद्योगमा सहयोग, रोजगारीको पहूँचमा प्रगति, सम्पत्तिको मुल्यमा वृद्धि, आर्थिक अनिश्चिताको समयमा स्थिरता कायम राख्न केन्द्रिय वित्त प्रणालीको सशक्तीकरण र उर्जाको मुल्यलाई स्थिर राख्न सहयोग प्रदान गर्दछ । 

राष्ट्र निर्माण र समुदायको इच्छा, आवश्यकता र चाहना पुरा गर्न सामाजिक उद्देश्यहरु 

नागरिक समृद्ध नभई मुलुक समृद्ध वन्दैन, नागरिक समृद्ध वनाउन उनीहरुलाई औपचारिक शिक्षाको अतिरिक्त अनौपचारिक शिक्षाको पनि आवश्यकता पर्दछ । सहकारी अभियानले वित्तीय संस्थाका सदस्यलाई वित्तीय स्रोतका विषयमा सूचित हुने र व्यक्तिगत वित्तीय प्रवाहका विषयमा प्रभावकारी निर्णय लिन सक्ने क्षमताको लागि ज्ञान, सीप र क्षमताको शिक्षा वित्तीय हो । मानिसले आफ्ना असिमित इच्छा, आवश्यकता र चाहना पुरा गर्न र सदस्यको आर्थिक, सामाजिक, लोकतान्त्रिक र व्यावसायिक विकासको लागि वित्तीय शिक्षा आवश्यक पर्दछ । व्यक्तिगत वित्त, धन सिर्जना, वचत, ऋण र लगानी सम्वन्धित विषय, सहित विभिन्न वित्तीय क्षेत्रको शिक्षा र समझ वित्तीय साक्षरता हो । वित्त शिक्षाको तालिम र प्रशिक्षण मानव जीवनको अपरिहार्यता हो । समयको सापेक्षतामा विकास भएका वचत वृद्धि, ऋणको वृद्धि, निस्कृय आयको वृद्धि, ऋणको वृहत्तर प्रयोग, वित्तीय योजना र व्यक्तिगत तथा पारिवारिक वजेटको माध्यमवाट नागरिकको आर्थिक विकासमा जोड दिनु पर्दछ । यसले प्रतिव्यक्ति आयमा वृद्धि गर्नमा योगदान पुर्याउँछ । प्रतिव्यक्ति आयले राष्ट्रिय आयमा वृद्धि र राष्ट्रिय आयको वृद्धिले कुल ग्राह्स्थ उत्पादन वृद्धिमा सहयोग पुर्याउनु पर्दछ । 

सहकारी संस्थाले हरेक सदस्यलाई आफ्नो वित्तीय स्रोत र आवश्यकताको लागि वित्त परिचालनको प्रभावकारी निर्णय लिने कौशलता, ज्ञान भण्डार, शिक्षा, तालिम र सूचना दिनु पर्दछ । संस्थाले सदस्यलाई आधारभूत अधिकार, समाजका आधाभूत मान्यता र व्यक्तिका मुख्य दायित्वको शिक्षा पनि प्रदान गर्नु पर्दछ । समाज विकासका लागि आवश्यक पर्ने प्रशिक्षण, पुर्वाधार विकास, सामाजिकीकरण र मानविकीकरणको प्रक्रिया मार्फत समाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्दछ । यी प्रक्रियाले समुदायको सदस्यको आत्मनिर्भरता, आर्थिक वृद्धि र वित्तीय स्थिरताको लागि सहयोग पुग्छ । सदस्यको जीवनमा वित्तीय मार्गचित्र प्रस्तुत हुन्छ । व्यक्तिगत वित्तसम्वन्धी विषयलाई कुशल तरिकाले व्यवस्थापन गर्न सदस्यलाई सहयोग पुग्दछ । व्यक्तिगत वित्तपोषण, बीमा, अचल सम्पत्ति, सेवानिवृत, करयोजनाको भूक्तानी, पूँजी बजारको ज्ञान र लगानी प्रवर्धन जस्ता व्यक्तिगत निर्णय गर्ने क्षमताको विकास गर्दछ । लाभमा आधारित बचत, मुद्राको समयको मुल्य लगायतका विषयमा वित्तीय निर्णय लिन नागरिकहरु सक्षम बन्छन । 

प्रस्तुत विषय अभियानको प्राथमिकतामा राखेर युगको गन्तव्य २१०० सम्म पुग्दा वित्तीय सहकारी अभियानले मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्नु पर्दछ । सामाजिक पूँजी मार्फत सदस्यको जीवनस्तर परिवर्तनका लागि सदस्यहरुले उत्पादनका साधन र उत्पादन शक्तिलाई उच्च स्तरोन्नती गरि समृद्ध नेपाल र सुखी नेपालीको निर्माण, सामाजिकीकरणको सम्वर्धन र मानविकीकरणको आधारमा नयाँ संस्कृतिको जगेर्ना गरि वैज्ञानिक समाजवादको निर्माणमा सहकारीले योगदान पुर्याउनु पर्दछ ।  


 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप