सहकारीको कारोबार संघमै गर्नुपर्छ : पूर्व अध्यक्ष प्रधानाङ्ग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको कारोबार संघमै गर्नुपर्छ : पूर्व अध्यक्ष प्रधानाङ्ग

स्थापना दिवसका अवसरमा जिल्लाका ८ सहकारी पुरस्कृत, अन्य ५ सहकारी पुरस्कृत घोषित

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८ औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर पार्टी भेन्यूमा आज सम्पन्न भएको छ । 

नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांङ्घ प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि प्रधानाङ्गले सहकारी संघ संस्थाको वित्तीय कारोबार सहकारी संघमै हुनुपर्ने विचार राख्दै सम्पूर्ण सहकारी संस्था र संघले यस विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो । सहकारी संस्थाले संघमा कारोबार गर्दा संरक्षित पूँजी फिर्ता, ऋणको सुविधा, सेयरमा लाभांश, बचतमा अधिक्तम व्याज तथा समान सहयोगको अवसर प्राप्त गर्ने भएकोले बैंक वित्तीय संस्थामा भन्दा सहकारी संघमै कारोबार गर्न आव्हान गर्नुभयो । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनका लािग सरकार र अभियान सँगसँगै मिलेर अघि बढ्नुको विकल्प छैन । उहाँले भन्नुभयो, “सहकारीको वास्तविक विकास गर्ने हो भने एक अर्काको विरोध र प्रतिस्पर्धाको कुनै अर्थ रहँदैन ।” पूर्व अध्यक्ष प्रधानाङ्गले संस्था स्थापनाकाल देखि प्रारम्भिक संस्था जिल्ला संघमा, जिल्ला संघ केन्द्री संघमा आबद्ध हुर्ने पर्ने तीन तह संरचनाको वकालतमा आफू निरन्तर लागिरहेको बताउनुभायो । संघले अन्तरलगानी, तालिम शिक्षा र बहस पैरबीको कामलाई निरन्तरता दिदैं आएको कुरा उहाँले उल्लेख गर्नुभयो । 

संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्थामा ८८ हजार भन्दा बढी कर्मचारीहरु भएता पनि संगठित सञ्जाल नहुदाँ सहकारी कर्मचारीको वृद्धि विकास र रोजगारीको आकर्षक क्षेत्र हुन नसकेको विचार राख्नुभयो । सहकारी संस्थामा एकीकृत कर्मचारी प्रशासन नियमावली लागु गरि सहकारीका कर्मचारीहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघले १८ बर्षको अवधिमा आफ्नै गौरवशाली इतिहास बाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड जारी भएता पनि कर्जा सूचना केन्द्र, कालो सुचीको व्यवस्था लगायतका व्यवस्था कार्यान्वनमा सरकार उदासिन देखिएको बताउनुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको सञ्चालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको प्रदेश सरकारले जारी मापदण्ड, २०७७ को प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघका सदस्य संस्थाहरुबाट १०३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ४, राममन्दिर, शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ६, सुर्यविनायक,  नवज्योति बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ७., गुण्डु, किवाचोक, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. ९, च्याम्हासिंह, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४, शंखधरचोक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २, व्यासी, सजिलो बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ५, चपाचो र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा २, इताछेंलाई पुरस्कृत गरिएको थियो । 

संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि, २०७८ बमोजिम आगामी साधारण सभामा पुरस्कार दिने गरी जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कारभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्याम्हासिंह ९, चाँगुनारायण  र नगरस्तरीय सहकारी व्यवसाय पुरस्कारबाट युवा बचत तथा ऋण सहकारी संस्था लि.,नगरकोटफेदी, भक्तपुर, सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., राममन्दिर, सुर्यविनायक, बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि., बालकोट र मध्यपुरथिमी   र उपकार बचत तथा ऋण सहकारी संस्था लि., बहाखाबजारलाई पुरस्कृत गरिने घोषणा गरेको छ । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

९ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप