जनजागरण महिला साकोसको नवनिर्मित भवन उद्घाटन   
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनजागरण महिला साकोसको नवनिर्मित भवन उद्घाटन   

सिन्धुली । जिल्लाको खुर्कोटमा रहेको जनजागरण महिला बचत तथा ऋण सहकारी संस्था लि. आफ्नै नवनिर्मित दुई कोठे भवनमा सरेको छ । 

२०६७ सालमा स्थापित उक्त साकोसको कुल कारोबार ५ करोड रहेको छ । विगत ११ बर्षदेखि कोठा भाडामा लिएर सञ्चालनमा रहेको साकोसको कार्यालय आफ्नै भवनमा सार्न पाउँदा निकै खुसी लागेको छ,  साकोसकी अध्यक्ष चन्द्रकला देवकोटाले भन्नुभयो, “४ लाख रुपैंया गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोटबाट, ३ लाख रुपैंया गोलन्जोर गाउँपालिकाबाट र सहकारीको आफ्नो लगानी रु. २५ हजार गरी कुल जम्मा ७ लाख २५ हजारमा २ कोठे साकोस भवन निर्माण सम्पन्न भएको हो ।”

साकोसकी अध्यक्ष देवकोटाको अध्यक्षतमा आयोजित भवन उद्घाटन समारोहकी प्रमुख अतिथि गोलन्जोर गाउँपालिकाकी अध्यक्ष गंगादेवी श्रेष्ठले बुधबार नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटनका क्रममा प्रमुख अतिथि श्रेष्ठले व्यक्तिगत रुपमा कार्यालयका लागि २ वटा फ्यान (पंखा) उपलब्ध गराउने वचनबद्धता समेत व्यक्त गर्नुभएको थियो । उहाँले गाउँपालिकाको अध्यक्षको कार्यकाल समाप्त भएपनि जीवनरहेसम्म जनजागरण साकोसलाई आवश्यक सहयोग र सल्लाह सुझाव प्रदान गरिनैरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी वक्ताहरुले जनजागरण साकोसले समुदायमा सहकारी शिक्षा, वित्तीय साक्षरता, जनचेतना अभिवृद्धि साथै सदस्यहरुको आयआर्जन र जीवनस्तर सुधारका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आइरहेको बताएका थिए । कार्यक्रममा गोलन्जोर गाउँपालिकाका निवर्तमान अध्यक्ष पुष्प कार्की, भिमज्योति क्याम्पस खुर्कोटका प्रमुख यज्ञ राई, नेक्सस साकोसका अध्यक्ष नवराज श्रेष्ठ, समाजसेवी ज्वाला प्रसाद न्यौपाने पुकार र सहकारी सल्लाहकार रन्जना कार्कीले आ आफ्नो  क्षेत्र र तहबाट सहकारीको लागि निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभएको थियो । 

सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत शारदा पहाडीले सहकारी संस्थाका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरुको विषयमा चर्चा गर्दै आगामी दिनमा संस्थागत विकास र सदस्य सेवा विस्तारमा गर्नुपर्ने कार्यहरुका सम्बन्धमा सुझाउनुभएको थियो । 

कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक नम्रता राई  र स्वागत कोषाध्यक्ष  इन्दिरा थापाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप