कोपोमिसमा अनिवार्य आबद्ध हुन सदस्य संघ संस्थाहरुलाई नेफ्स्कूनको अनुरोध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोपोमिसमा अनिवार्य आबद्ध हुन सदस्य संघ संस्थाहरुलाई नेफ्स्कूनको अनुरोध 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा सहकारीको समष्टिगत विवरण भर्न आवद्ध सदस्य संघ संस्थाहरुमा अनुरोध गरेको छ । संघको केन्द्रीय कार्यालय सहित सम्पूर्ण फिल्ड कार्यालय मार्फत आफ्ना सदस्य संस्थाहरुलाई कोपोमिसमा आबद्धताका लागि सहजीकरण गर्न गराउन आव्हान गरेको छ । 

संघीय सहकारी विभागले कोपोमिसमा सहकारीको समष्टिगत विवरण भर्न सहकारीका शीर्ष संघहरुमा पत्राचार गरेसँगै नेफ्स्कूनले आफ्ना सदस्यहरुलाई कोपोमिसमा आबद्ध गराउन सघाउने प्रतिवद्धता व्यक्त गरेको छ । संघमा आबद्ध सहकारीहरुमध्ये कोपोमिसमा नआएका सहकारीहरुको डाटा पहिचानका लागि समेत नेफ्स्कूनले प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

विभागले सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरु र अन्य सरोकारवाला संघ संस्थाका कर्मचारीहरुलाई आफ्ना सदस्यहरुको समष्टिगत विवरण भर्न सहजीकरण होस् भन्ने उद्देश्यसहित जेठ ५ र ६ गते दुई दिवसीय प्रशिक्षक प्रशिक्षण (ToT) तालिम समेत गराएको थियो । नेफ्स्कूनबाट सो तालिमका लागि ३ जना कर्मचारी सहभागी हुनुहुन्थ्यो । 

विभागले कोपोमिस कार्यान्वयन प्रभावकारीताका लागि सोमबार राष्ट्रिय सहकारी महासंघ लगायत सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई असार मसान्तसम्म आबद्ध हुन भनि निर्देशन पत्राचार गरेको थियो ।  विभागले युजर नेम नलिएका सहकारीले पनि सम्बन्धित नियामक निकायबाट लिएर कोपोमिसमा सूचना प्रविष्ट गर्न भनेको छ । 

विभागले तोकिएको समयभित्र कोपोमिसमा नआउने सहकारीलाई सहकारी ऐन २०७४ अनुसार कारवाही गर्ने तथा सहकारीका सेवा सुविधा रोक्न सकिने पनि जनाएको छ । सहकारीले हरेक महिनाको ७ गतेभित्र मासिक विवरण, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिन भित्र चौमासिक र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ भने ऐनले कोपोमिसमा नआउने सहकारीलाई तीन लाख सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

विवरणमा सहकारी संस्थाको नाम, फोन, सम्पर्क ठेगाना, सदस्य, सेयरपुँजी, कर्मचारी, बचत, कर्जा लगानी लगायतको समष्टिगत विवरण राख्नुपर्ने छ ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बुधबार कोपोमिस प्रणालीमा सहकारी संघ संस्थाहरुले बार्षिक रुपमा अनिवार्य प्रविष्टि गर्नुपर्ने समष्टिगत विवरण भर्ने तरिका समेत सार्वजनिक गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप