सीपलाई आधार मानेर लगानी गर्न सक्ने नीति बनाउनुहोसः नगरप्रमुख केसी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीपलाई आधार मानेर लगानी गर्न सक्ने नीति बनाउनुहोसः नगरप्रमुख केसी

सहकारीको लगानीमात्र सुरक्षित खोजेर हुदैन्, जनताको बचत पनि सुरक्षित हुने वातावरण तयार गर्नुहोस् 

म्याग्दी । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत म्याग्दीको बेनीमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज सम्पन्न भएको छ । न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कूनमा आवद्ध १२ साकोसका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको गुणस्तर सुधारका उपायहरु र जोखिम न्यूनीकरण सम्वन्धी सिकाई ब्यवस्थापन कार्यशाला गरिएको हो । 

न्यू धौलागिरी साकोसका कार्यवाहक अध्यक्ष रामजीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन बेनी नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरत केसीले गर्नुभएको थियो । 

प्रमुख अतिथि नगरप्रमुख केसीले उत्पादनसँग जोडिएका र जोडिन चाहने युवाहरुको लागि विना धितो सीपलाई धितो मानेर लगानी गर्ने वातावरण सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले धितो विना सीपलाई आधार मानेर लगानी गर्ने नीति निर्माण गर्न आग्रह गर्दै सीपलाई आधार मानेर लगानी गरेको रकमलाई सुरक्षित गर्न स्थानीय सरकार पनि जिम्मेवार बन्ने प्रतिवद्धता जनाउनुभयो । 
उहाँले सहकारीले लगानीमात्र सुरक्षित खोजेर हुदैन्, जनताको बचत पनि सुरक्षित हुने वातावरण तयार गर्न सहकारीलाई आग्रह गर्नुभएको छ ।

सहकारीका कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, सञ्चालक सदस्य यामबहादुर जिसिको स्वागत तथा कार्यक्रम संयोजक ठकराज बरुवालको सञ्चालनमा भएको कार्यक्रममा नवनिर्वाचित मेयर केसी र वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्मचार्यलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

सिकाई ब्यवस्थापन कार्यशालाको सहजीकरण गर्दै नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानले सहकारी संस्थाको दिगो विकास, ब्यवस्थापन, ब्यावसायिकरण र गुणस्तर सुनिश्चित गर्न राज्यको सहकारी नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्नेमा जोडदिनुभएको थियो । उहाँले सहकारी सञ्चालन मात्र भएर हुदैन् जोखिम न्युनिकरण र सेवाहरु विश्वासिलो छ वा छैन भन्ने विषयमा सञ्चालक र कर्मचारीले ध्यान दिन समेत आग्रह गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप