विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तार गर्दै पोखरा रोयल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तार गर्दै पोखरा रोयल

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तारको अभियान अगाडि बढाएको छ । पोखरा महानगरपालिका–१०, रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयका कक्षा नौ र दश मा अध्ययनरत छात्र तथा छात्रा गरी १७० जना विद्यार्थीहरुलाई मंगलबार वित्तीय तथा प्रविधी साक्षरता सम्वन्धी एकदिने तालिम प्रदान गरिएको हो । 

साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङले एक कार्यक्रमको बीच तालिमको शुभारम्भ गर्नुभएको थियो । उहाँले रोयलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “विद्यार्थीसँग रोयल” भन्ने मूल अभियानका साथ विधार्थीहरुमा वित्तीय ज्ञान प्रदान गर्दै बचत गर्ने बानी बसाल्न र प्रविधिको ज्ञान दिने उद्देश्यले विद्यार्थी लक्षित तालिमको आयोजना गरिएको बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले वित्तीय साक्षरता र सूचना प्रविधि सुपरिवेक्षक अविनाश पौडेलले प्रविधि साक्षरताको वारेमा प्रशिक्षण दिनुभएको थियो । 

“रोयल कालिका विद्यार्थी बचत क्लव” गठन

यसैबीच “विद्यार्थीसँग रोयल” कार्यक्रम अन्तर्गत सात सदस्यीय “रोयल कालिका विद्यार्थी बचत क्लव” समेत गठन गरिएको छ । कार्यक्रममा अध्यक्ष गुरुङ्गले क्लव सञ्चालनार्थ विउ पूँजी वापत रु.५०००/– सहायक प्राचार्य सूर्यमोहन ढकाललाई हस्तान्तरण गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले क्लवको माइन्युट र क्लव सञ्चालन गर्ने कार्यविधि प्रदान गर्नुभएको थियो । उक्त क्लबमा विद्यार्थीहरु रेखा थापा, खिममाया जलारी, शुभ गुरुङ, अनिस थापा मगर, सृजना गुरुङ, मिसेल परियार र अविन सुनार चयन भएका छन् । 

विद्यालयका सहायक प्राचार्य सूर्यमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक वसन्त सिग्देलले स्वागत र सहायक प्राचार्य श्रीराम आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिर बहादुर श्रेष्ठ, सञ्चालक कृष्ण ढकाल, शिक्षकद्वय श्रीराम गौली र कुल प्रसाद सुवेदीको समेत उपस्थिति रहेको सहकारीका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप